Wednesday, October 21, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/निधन भएको हल्लाबीच स्वस्थ देखिएका किम जङ-अनका तस्वीर सार्वजनिक

निधन भएको हल्लाबीच स्वस्थ देखिएका किम जङ-अनका तस्वीर सार्वजनिक

Share:WhatsAppFacebookX (Twitter)Telegram
निधन भएको हल्लाबीच स्वस्थ देखिएका किम जङ-अनका तस्वीर सार्वजनिक

KCNA ब्रेन हेमरेजका कारण निधन भएको हल्लाबीच उत्तर कोरियाका सर्वोच्च नेता किम जङ-अन त्यहाँको सरकारी सञ्चारमाध्यममा एकदमै स्वस्थ अवस्थामा देखिएका छन्।सरकारी पत्रिका रोदोङ सिनमुनमा प्रकाशित तस्वीरहरूमा ४२ वर्षीय तानाशाह आफ्नी छोरीसँगै कपडा र जुत्तासम्बन्धी एउटा प्रदर्शनीको अवलोकन गरिरहेको देखिन्छ।अमेरिकामा बस्दै आएका एक चिनियाँ विपक्षीले कोमामा गएको अवस्थामा किमलाई बेइजिङस्थित एउटा अस्पताल पुर्‍याइएको र त्यहीँ उनको निधन भएको गरेको दाबीपछि ती तस्वीरहरू बाहिर आएका हुन्। ती चिनियाँ व्यक्तिले आफ्नो दाबीबारे कुनै प्रमाण पेस गरेका थिएनन्। आफ्नी आमाबारे किन किम जङ अन कहिल्यै केही बोल्दैनन् 'सम्भावित उत्तराधिकारी': उत्तर कोरियाली नेता किमकी छोरीबारे हामीलाई के थाहा छ उत्तर कोरियालाई नजिकबाट नियाल्नेहरूका लागि यो प्रकृतिका हल्लाहरू सामान्य जस्तै भइसकेको बताइन्छ।अड्कलबाजी भइरहन्छ KCNA विश्वका सबैभन्दा बढी रहस्यमय मुलुकमध्ये एक उत्तर कोरियामा के भइरहेको छ भन्नेबारे सत्यतथ्य पत्ता लगाउन प्रायः मुश्किल हुन्छ। सोही कारण त्यहाँको बारेमा अनेक किसिमका अड्कलबाजीहरू गरिन्छ।पछिल्लो दाबी वानजुन सीले गरेका हुन्, जसले आफूलाई 'चिनियाँ लोकतान्त्रिक पार्टी'का अध्यक्ष बताउँछन्। उक्त संस्था चीनमा प्रतिबन्धित छ।वानजुनले विगतमा पनि पुष्टि नभएका विभिन्न दाबीहरू गरेका उदाहरण छन्, जसमा चिनियाँ नेता सी जिन्पिङको मृत्युसम्बन्धी अनुमानहरू पनि समावेश छन्।वानजुनको दाबीअनुसार किमलाई गम्भीर ब्रेन हेमोरेज भएको थियो र उत्तर कोरियामा उपचारका लागि आवश्यक चिकित्सा सुविधा नभएकाले उनलाई उपचारका निम्ति बेइजिङ लगिएको थियो।उनले दाबी गरेअनुसार त्यसपछि किमको निधन भयो र उनको शव गोप्य रूपमा उत्तर कोरिया फिर्ता पठाइयो। त्यहाँको सत्ताले उनको निधनको खबर लुकाएको छ।तर तस्वीरहरूले अर्कै कथा भन्छन्। तस्वीरहरूमा किम जू-ए र सधैँझैँ उनीसँगै रहेका अधिकारीहरूको समूहका साथ किमले प्रदर्शनीका सामग्रीहरू अवलोकन गरिरहेको देख्न सकिन्छ। चीन र उत्तर कोरियाबीचको प्रेम र घृणाको 'रगतमा लेखिएको' कथासी जिन्पिङ र किम जङ अनबीच भेटघाट दाबीमाथि किन शङ्काती तस्वीरहरू कहिले खिचिएका हुन भन्ने कुरा निश्चित रूपमा भन्न नसकिए भए पनि यो दाबीमा शङ्का गर्नुपर्ने अन्य कारणहरू छन्।यदि किमको स्वास्थ्य अचानक बिग्रियो भने त्यसका सङ्केतहरू उत्तर कोरियाको सीमाभन्दा बाहिर पनि देखिने छन्।सम्भावित अस्थिरता अथवा शरणार्थीहरूको आगमनको तयारीस्वरूप चीनले आफ्नो सीमानामा सुरक्षा व्यवस्था कडा पारेको हुन सक्थ्यो। उत्तर कोरियाली कूटनीतिक नियोगहरू वरपरका गतिविधिहरू पनि बढेको हुन सक्थ्यो।दक्षिण कोरियामा बसोबास गर्ने उत्तर कोरियाली शरणार्थीहरूले प्रायः चीनको सीमाना नजिकका अनौपचारिक सञ्जालहरूमार्फत्‌ जानकारी प्राप्त गर्ने गर्छन्। तर त्यस्तो केही पनि भएको छैन।अर्कोतर्फ दक्षिण कोरियाली गुप्तचर अधिकारीहरूले योन्हाप समाचारसंस्थालाई बताएअनुसार उनीहरूले त्यस्ता समाचारहरूको पुष्टि हुने कुनै जानकारी प्राप्त गरेका छैनन्।पछिल्लो हल्ला विगतमा फैलिएका सोही प्रकृतिका गलत समाचारहरू स्मरण गराउने खालको छ।उत्तर कोरियाबाट भागेका एक चर्चित व्यक्तिले सन् २०२० मा किमको मुटुसम्बन्धी शल्यक्रियापछि निधन भएको कुरामा आफू "९९ प्रतिशत सुनिश्चित" रहेको दाबी गरेका थिए।उनले त्यस्तो दाबी गरेको केही समयपछि किम सार्वजनिक रूपमा देखा परे, जसले उक्त दाबी गलत भएको प्रमाणित गर्‍यो। किम जू एलाई उत्तराधिकारीका रूपमा स्थापित गर्न पोसाक र शैलीमार्फत् सन्देशकिम जङ-अनकी छोरीको पहिरनले उत्तर कोरियाबारे के बताउँछ? बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on बीबीसी नेपाली

Visit Publisher Site →

Related News

जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
ताजा खबरJust now

जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

काठमाडौं । स्वदेश र विदेशमा रहेका कतिपय नेपालीले चाहेर पनि आज परिवारसँगसँगै बसेर दसैँको टीका लगाउन पाउँदैनन् । कतिपय कार्यव्यस्तताले त कतिपय घरबाट टाढा भएकाले टीका थाप्नबाट बञ्चित हुने गरेका छन् । कतिपय नागरिक भने स्वदेशमै रहेर पनि सेवा अवरुद्ध गर्न नहुने भएकाले परिवारका साथमा बसेर दसैँ मनाउन पाएका हुँदैनन् । स्वास्थ्य, सुरक्षालगायत अत्यावश्यक वस्तुको सेवा प्रवाह गर्नेहरु यसरी बडादसैँको टीका ...

केन्द्रबिन्दु
एआईले खोल्दैछ इतिहासका पुराना रहस्य
ताजा खबरJust now

एआईले खोल्दैछ इतिहासका पुराना रहस्य

टोकियो।दुई सय वर्षभन्दा बढी समयदेखि रहस्य बनेको नेपोलियन बोनापार्टको युद्धकालीन गोप्य सन्देश कृत्रिम बौद्धिकता (एआई) को सहायताले केही घण्टामै पढ्न सकिएको छ। यसले ऐतिहासिक अभिलेखमा लुकेका रहस्य पत्ता लगाउने काम अब विद्वान् र अनुभवी संकेतविदमा मात्र सीमित नरहेको देखाएको छ। सन् १८०९ मा फ्रान्सेली सेनाका एक जनरललाई पठाइएको उक्त सन्देशमा प्रतीक, संख्या र अक्षर प्रयोग गरिएका दुई दर्जन पंक्ति थिए। अनलाइन ...

नेपालन्युज
उपेन्द्रमान सिंह: गोल पोस्टदेखि नेपाली फुटबलको सङ्कटका साक्षी
ताजा खबरJust now

उपेन्द्रमान सिंह: गोल पोस्टदेखि नेपाली फुटबलको सङ्कटका साक्षी

काठमाडौँ । उपेन्द्रमान सिंह भन्ने बित्तिकै पुरानो दशरथ रङ्गशाला, भरिभराउ दर्शक र निर्णायक क्षणमा रोकिएका गोल जो कोहीको पनि सम्झनामा आउँछ । आज उनी कहाँ छन् के गर्दै छन् धेरैलाई... ...

रातोपाटी
दसैँको टीका निधारमा, आँसु लुकाउँदै बैदेसिक यात्रामा नेपाली (तस्बिरहरू)
ताजा खबरJust now

दसैँको टीका निधारमा, आँसु लुकाउँदै बैदेसिक यात्रामा नेपाली (तस्बिरहरू)

काठमाडौँ। नेपालीहरूको महान् चाड विजया दशमीको दिन पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदेसिने नेपालीहरूको चहलपहल देखिएको छ। निधारमा रातो टीका र शिरमा जमरा लगाएर आफ्नो उज्ज्वल भविष्यको खोजीमा नेपालीहरू बिदेसिएका छन्। घरपरिवार... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play