विजयादशमीले सांस्कृतिक सम्बन्ध पुस्तान्तरणमा सहयोग पुर्याउँछ : मुख्यमन्त्री कार्की

काठमाडौं। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विजयादशमी पर्वले पारिवारिक आत्मीयता र आपसी सम्मान अभिवृद्धि गर्दै सांस्कृतिक सम्बन्धलाई पुस्तान्तरण गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् । विजयादशमीका अवसरमा सम्पूर्ण नेपालीलाई सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायुको शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री कार्कीले असत्यमाथि सत्यको विजयका रूपमा मनाइने यस पर्वले सबैलाई सत्यको मार्गमा अघि बढ्न प्रेरणा प्रदान गर्ने बताएका हुन् । विजयादशमीको अवसरमा जारी शुभकामना सन्देशमा उनले विविध जातजाति, भाषा, धर्म, संस्कृति र परम्पराले समृद्ध नेपाली समाजमा बडादसैँजस्ता चाडपर्वले आपसी सद्भाव, सहिष्णुता, प्रेम र एकताको भावना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याउँदै आएको उल्लेख गरेका छन् । मुख्यमन्त्री कार्कीले मौलिक चाडपर्व धार्मिक तथा सांस्कृतिक आस्थाका प्रतीक मात्र नभई सामाजिक एकता, राष्ट्रिय पहिचान र साझा नेपालीपनका आधारसमेत रहेको बताएका छन् । “हाम्रा मौलिक चाडपर्व केवल धार्मिक तथा सांस्कृतिक आस्थाका प्रतीक मात्र होइनन्, सामाजिक एकता, राष्ट्रिय पहिचान र साझा नेपालीपनका आधार पनि हुन्,” उनले सन्देशमा भनेका छन् । यस्ता पर्वले समाजमा सकारात्मक सोच, आपसी सहयोग र सहकार्यको भावना जागृत गराउँदै सुखी, समुन्नत र समृद्ध समाज निर्माणका लागि सबैलाई प्रेरित गर्ने मुख्यमन्त्री कार्कीको विश्वास छ । विविधतायुक्त नेपाली समाजमा चाडपर्वले पारस्परिक सद्भाव र सामाजिक एकतालाई बलियो बनाउनुका साथै मौलिक संस्कृति, परम्परा र सांस्कृतिक मूल्य–मान्यतालाई नयाँ पुस्तासम्म पुर्याउन सहयोग गर्ने उनको सन्देशको आशय छ ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

दसैँको टीका र जमराको धार्मिक महत्व के हो?
काठमाडौं। विजयादशमी हिन्दू धर्मावलम्बीहरूको प्रमुख पर्व मात्र नभई नवरात्रभर गरिएको देवीको पूजा-आराधनाको प्रसाद र आशीर्वाद ग्रहण गर्ने विशेष दिन हो। धार्मिक मान्यताअनुसार यो पर्व भगवान् श्रीरामले रावणमाथि विजय प्राप्त गरेको प्रसङ्गसँग जोडिएको छ। उपप्राध्यापक डा. नारायणप्रसाद निरौलाका अनुसार विजयादशमीको मूल भाव देवी भगवतीको प्रसाद ग्रहण गर्नु र मान्यजनबाट आशीर्वाद लिनु हो। नवरात्रभर गरिने पूजा-आराधनाको समापन दशमीमा विसर्जनसँगै हुने र त्यसपछि टीका ...

देशभर बिहानै टीकाको चटारो, त्रिपुराकोटमा भने देवीको पूजापछि मात्रै टीका
• डोल्पाको त्रिपुराकोटमा दशैंको टीका लगाउने समय मन्दिरको पूजा सम्पन्न भएपछि मात्र सुरु हुन्छ। • यहाँका स्थानीयले देवीको पूजाविधि पूरा नगरी टीका लगाउनु हुँदैन भन्ने परम्परा अनुसार टीका लगाउने गर्छन्। • त्रिपुराकोटको यो चलन अन्य क्षेत्रहरूबाट फरक छ, जहाँ शुभ साइतमा टीका लगाउने गरिन्छ। ...

दसैंको टीका नलगाई विदेशिनु करनको बाध्यता
रोजगारीका लागि घरबाहिर रहेकाहरू दसैं मनाउन गाउँ फर्किरहेका छन्। तर, बैतडीको मेलौली नगरपालिका–५ का करन भट्ट भने दसैंको टीका नै नलगाई विदेशिएका छन्। ...

जीवनको अस्तित्वसँग जोडिए भौतिकशास्त्रका आधारभूत नियम
वासिङ्टन । ब्रह्माण्डमा जीवनको अस्तित्व सम्भव हुनुमा पानी, अक्सिजन र कार्बनजस्ता आवश्यक तत्त्वको उपलब्धता मात्र पर्याप्त नहुन सक्छ । तरल पदार्थको प्रवाहलाई प्रभावित गर्ने भौतिकशास्त्रका आधारभूत स्थिरताहरू पनि जीवनका लागि अनुकूल हुनुपर्ने वैज्ञानिकहरूको अध्ययनले देखाएको छ । ब्रह्माण्डमा तारा चम्किने, ग्रह बन्ने र पानी अस्तित्वमा रहने अवस्था भए पनि तरल पदार्थ अत्यधिक बाक्लो भएर बग्न […] ...


