विजयादशमीमा प्रधानमन्त्री बालेनको सन्देश : भ्रष्टाचार र कुशासन हटाउन एकजुट बनौँ

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले विजयादशमीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन्। विजयादशमीका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले समाजमा व्याप्त भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता तथा राजनीतिक विकृति अन्त्य गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिएका छन्। उनले प्रत्येक नागरिकले सरकार आफ्नै साथमा रहेको अनुभूति गर्न सक्ने वातावरण निर्माण गर्न आवश्यक रहेको बताएका छन्। प्रधानमन्त्री शाहका अनुसार यस्ता विकृति र विसङ्गति अन्त्य गर्न इमानदार प्रयास, दृढ सङ्कल्प र सामूहिक मेहनत आवश्यक छ। उनले वास्तविक परिवर्तनका लागि सोचमा मात्र नभई व्यवहारमा समेत परिवर्तन ल्याउनुपर्नेमा जोड दिएका छन्। विजयादशमीलाई असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा उल्लेख गर्दै प्रधानमन्त्री शाहले पौराणिक मान्यताअनुसार दुर्गा भवानीले महिषासुरमाथि र भगवान् रामले रावणमाथि विजय प्राप्त गरेको प्रसङ्ग स्मरण गरेका छन्। उनले विजयादशमीमा मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्पराले सत्कर्मको मार्गमा अघि बढ्न तथा सत्यको पक्षमा उभिन प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्। साथै, टाढा रहेका आफन्त तथा मान्यजनसँग भेटघाट गर्ने यस पर्वको परम्पराले पारिवारिक सम्बन्ध र आपसी आत्मीयता थप प्रगाढ बनाउने बताएका छन्। प्रधानमन्त्री शाहले विजयादशमीले मानिसभित्र रहेका अहंकार, लोभ, ईर्ष्या, हिंसा र विभेदजस्ता नकारात्मक प्रवृत्ति त्याग्दै सकारात्मक सोच, सद्भाव र सहकार्यलाई आत्मसात् गर्न प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्। उनले चाडपर्वको यस पावन अवसरमा सबै नेपालीलाई आपसी एकता, सद्भाव र सहकार्यका साथ समुन्नत राष्ट्र निर्माणमा योगदान दिनसमेत आह्वान गरेका छन्।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

दसैँको टीका र जमराको धार्मिक महत्व के हो?
काठमाडौं। विजयादशमी हिन्दू धर्मावलम्बीहरूको प्रमुख पर्व मात्र नभई नवरात्रभर गरिएको देवीको पूजा-आराधनाको प्रसाद र आशीर्वाद ग्रहण गर्ने विशेष दिन हो। धार्मिक मान्यताअनुसार यो पर्व भगवान् श्रीरामले रावणमाथि विजय प्राप्त गरेको प्रसङ्गसँग जोडिएको छ। उपप्राध्यापक डा. नारायणप्रसाद निरौलाका अनुसार विजयादशमीको मूल भाव देवी भगवतीको प्रसाद ग्रहण गर्नु र मान्यजनबाट आशीर्वाद लिनु हो। नवरात्रभर गरिने पूजा-आराधनाको समापन दशमीमा विसर्जनसँगै हुने र त्यसपछि टीका ...

देशभर बिहानै टीकाको चटारो, त्रिपुराकोटमा भने देवीको पूजापछि मात्रै टीका
• डोल्पाको त्रिपुराकोटमा दशैंको टीका लगाउने समय मन्दिरको पूजा सम्पन्न भएपछि मात्र सुरु हुन्छ। • यहाँका स्थानीयले देवीको पूजाविधि पूरा नगरी टीका लगाउनु हुँदैन भन्ने परम्परा अनुसार टीका लगाउने गर्छन्। • त्रिपुराकोटको यो चलन अन्य क्षेत्रहरूबाट फरक छ, जहाँ शुभ साइतमा टीका लगाउने गरिन्छ। ...

दसैंको टीका नलगाई विदेशिनु करनको बाध्यता
रोजगारीका लागि घरबाहिर रहेकाहरू दसैं मनाउन गाउँ फर्किरहेका छन्। तर, बैतडीको मेलौली नगरपालिका–५ का करन भट्ट भने दसैंको टीका नै नलगाई विदेशिएका छन्। ...

जीवनको अस्तित्वसँग जोडिए भौतिकशास्त्रका आधारभूत नियम
वासिङ्टन । ब्रह्माण्डमा जीवनको अस्तित्व सम्भव हुनुमा पानी, अक्सिजन र कार्बनजस्ता आवश्यक तत्त्वको उपलब्धता मात्र पर्याप्त नहुन सक्छ । तरल पदार्थको प्रवाहलाई प्रभावित गर्ने भौतिकशास्त्रका आधारभूत स्थिरताहरू पनि जीवनका लागि अनुकूल हुनुपर्ने वैज्ञानिकहरूको अध्ययनले देखाएको छ । ब्रह्माण्डमा तारा चम्किने, ग्रह बन्ने र पानी अस्तित्वमा रहने अवस्था भए पनि तरल पदार्थ अत्यधिक बाक्लो भएर बग्न […] ...


