विजयादशमीमा प्रधानमन्त्री बालेनको सन्देश- भ्रष्टाचार र कुशासन अन्त्य गर्न एकजुट बनौँ

प्रधानमन्त्री बालेन्द्र शाहले विजयादशमीको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीलाई सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन्। विजयादशमीका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले यस पर्वले असत्यमाथि सत्यको विजयको सन्देश दिने उल्लेख गरेका छन्। पौराणिक मान्यताअनुसार दुर्गा भवानीले महिषासुरमाथि विजय प्राप्त गरेको तथा भगवान् रामले रावणको अन्त्य गरेको दिनका रूपमा विजयादशमी मनाइने उनले बताएका छन्। प्रधानमन्त्री शाहले विजयादशमीका अवसरमा मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्पराले सत्कर्ममा विजय प्राप्त गर्न प्रेरणा दिने बताएका छन्। टाढा रहेका मान्यजनलाई समेत भेटेर आशीर्वाद लिने यस परम्पराले पारिवारिक सम्बन्ध र आत्मीयतालाई थप सुदृढ बनाउने उनको भनाइ छ। उनले विजयादशमीले मानिसमा रहेका अहंकार, लोभ, ईर्ष्या, हिंसा र विभेदजस्ता नकारात्मक प्रवृत्ति त्याग्न प्रेरित गर्ने उल्लेख गरेका छन्। साथै, भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता र राजनीतिक विकृति अन्त्य गरी प्रत्येक नागरिकलाई सरकार आफ्नो साथमा रहेको अनुभूति गराउन सबै एकजुट हुनुपर्नेमा उनले जोड दिएका छन्। यस्ता विकृति हटाउन इमानदार प्रयास, दृढ अठोट र सामूहिक मेहनत आवश्यक रहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले परिवर्तनका लागि सोचसँगै व्यवहारमा पनि परिवर्तन गर्नुपर्ने बताएका छन्। विजयादशमीले भौगोलिक, सांस्कृतिक र भाषिक विविधतायुक्त नेपाली समाजका सबै वर्ग, समुदाय र क्षेत्रका नागरिकलाई एकताको सूत्रमा बाँध्ने तथा लामो समयदेखि टाढिएका साथीभाइ र आफन्तसँग आत्मीयता साटासाट गर्ने अवसर प्रदान गर्ने उनले बताएका छन्। प्रधानमन्त्री शाहले सबैलाई आ–आफ्नो क्षमता र परिस्थितिअनुसार विजयादशमी मनाउन तथा आपसमा सद्भाव, एकता, सम्मान र माया साटासाट गर्न आग्रह गरेका छन्।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

अस्ट्रेलियाको संसद् भवनमा पहिलोपटक नेपाली चलचित्र प्रदर्शन हुँदै
क्यानबेरा, अस्ट्रेलिया । अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल नेपाली चलचित्र ‘एलिफेन्ट इन द फग’ आगामी अक्टोबर २६, २०२६ मा अस्ट्रेलियाको राजधानी क्यानबेरास्थित केन्द्रीय संसद् भवनको थिएटरमा विशेष प्रदर्शन हुने भएको छ । अभिनाशविक्रम शाहको निर्देशनमा बनेको यस चलचित्रको विशेष प्रदर्शन अस्ट्रेलिया–नेपाल संसदीय मैत्री समूहको आयोजनामा हुन लागेको हो । कार्यक्रममा क्यानबेरास्थित नेपाली दूतावास, फेडेरेसन अफ नेपाली… ...

छथरको मौलोडाँडामा सेनकालीन निशान, बोक्नेले एक वर्षअघि नै बैना गर्नुपर्ने
४ कात्तिक, तेह्रथुम । धनकुटाको छथर जोरपाटी गाउँपालिका–३ स्थित मौलोडाँडामा हरेक वर्ष दसैँको महानवमीका दिन सेनकालीन निशान निकालेर पूजा गर्ने परम्परा छ । पुस्तौँदेखि चल्दै आएको यो परम्परा धार्मिक आस्था र लिम्बू समुदायको सांस्कृतिक पहिचानसँगै पूर्वी नेपालको ऐतिहासिक राज्य व्यवस्था र प्रशासनिक अभ्याससँग पनि जोडिएको छ । यो परम्पराको रोचक पक्ष हो, निशान बोक्ने व्यक्तिले… ...

बेलायतबाट दर्शकको माया बटुलेर सिक्किम फर्किइन् नायिका श्यामा श्री शेर्पा
लन्डन । ‘तारा–द लस्ट स्टार’ को बेलायत प्रिमियर सकेर नायिका श्यामा श्री शेर्पा सिक्किम फर्किएकी छन् । ‘तारा–द लस्ट स्टार’ की नायिका तथा निर्मात्री श्यामाले गत १८ अक्टोबर, आइतबार अल्डरसटस्थित एम्पायर ब्याङ्क्वेटिङ हलमा आयोजित प्रिमियर शोमा दर्शकको उल्लेख्य माया पाइन् । सन् २०२४ मा कान्स चलचित्र महोत्सवको ‘मार्शे दु फिल्म’ मा समेत प्रस्तुत उक्त चलचित्रले… ...

‘रामायण’मा यशको रौद्र रूप, शिव ताण्डव गीतमा यस्तो देखिए
बलिउडको बहुप्रतीक्षित फिल्म ‘रामायण’बाट अभिनेता यशको ‘रावण ताण्डव’ गीत सार्वजनिक भएको छ । दशैंको अवसर पारेर सार्वजनिक गरिएको गीतमा यशले रावणको रौद्र रूप र भगवान् शिवप्रतिको भक्तिलाई सशक्त रूपमा प्रस्तुत गरेका छन् । त्रिशूल र डमरु बोकेर ताण्डव गरिरहेको उनको अवतारले दर्शकको ध्यान खिचेको छ । नितेश तिवारीको निर्देशनमा बनेको ‘रामायण’को कलाकार छनोट, भीएफएक्स र… ...


