Wednesday, October 21, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/विजयादशमीको शुभकामना दिँदै प्रम बालेन भन्छन् – ‘भ्रष्टाचार, कुशासन र विभेदविरुद्ध एकजुट बनौँ’

विजयादशमीको शुभकामना दिँदै प्रम बालेन भन्छन् – ‘भ्रष्टाचार, कुशासन र विभेदविरुद्ध एकजुट बनौँ’

Share:WhatsAppFacebookX (Twitter)Telegram
विजयादशमीको शुभकामना दिँदै प्रम बालेन भन्छन् – ‘भ्रष्टाचार, कुशासन र विभेदविरुद्ध एकजुट बनौँ’

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले विजयादशमीको अवसरमा भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता र राजनीतिक विकृति अन्त्य गर्न सबै नेपाली एकजुट हुनुपर्ने बताएका छन् । उनले परिवर्तनका लागि सोच मात्र नभई व्यवहारसमेत बदल्न आवश्यक रहेको सन्देश दिएका छन् । विजयादशमीको शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले चाडपर्वलाई परम्परागत उत्सवमा मात्र सीमित नराखी समाज र राज्यमा रहेका विकृति हटाउने अवसरका रूपमा लिनुपर्नेमा जोड दिएका छन् । हरेक नागरिकले राज्य आफ्नो साथमा रहेको महसुस गर्ने वातावरण निर्माण गर्नु आवश्यक रहेको उनको सन्देश छ । उनले विजयादशमीले मानिसमा रहेका अहंकार, लोभ, ईष्र्या, हिंसा र विभेदजस्ता नकारात्मक प्रवृत्ति त्याग्न प्रेरित गर्ने उल्लेख गरेका छन् । पौराणिक मान्यताअनुसार दुर्गा भवानीले महिषासुर र भगवान् रामले रावणमाथि विजय प्राप्त गरेको प्रसङ्ग स्मरण गर्दै उनले सत्य र सत्कर्मको विजयको कामना गरेका छन् । प्रधानमन्त्री शाहको सन्देशले चाडपर्वको धार्मिक र सांस्कृतिक महत्त्वसँगै सुशासन, सामाजिक न्याय र सार्वजनिक उत्तरदायित्वको विषयलाई पनि जोड दिएको छ । भ्रष्टाचार र कुशासनजस्ता विकृतिलाई आधुनिक समाजका आसुरी प्रवृत्तिका रूपमा व्याख्या गर्दै उनले तिनको अन्त्यका लागि इमानदार प्रयास, दृढ अठोट र सामूहिक मेहनत आवश्यक रहेको बताएका छन् । उनले विजयादशमीलाई सामाजिक सद्भाव, राष्ट्रिय एकता र पारिवारिक आत्मीयता अभिवृद्धि गर्ने अवसरका रूपमा समेत चित्रण गरेका छन् । भौगोलिक, सांस्कृतिक र भाषिक विविधताबीच सबै वर्ग, समुदाय र क्षेत्रका नागरिकलाई एउटै सूत्रमा बाँध्न यस पर्वले महत्त्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ । वर्षौँदेखि टाढिएका आफन्त, साथीभाइ र मान्यजनसँग पुनर्मिलन गर्ने अवसरका रूपमा रहेको विजयादशमीले आपसी सम्मान, माया र सद्भाव बढाउने विश्वास पनि उनले व्यक्त गरेका छन् । अन्त्यमा प्रधानमन्त्री शाहले सबै नेपालीलाई आफ्नो क्षमता र परिस्थितिअनुसार विजयादशमी मनाउँदै एकता, सद्भाव, सम्मान र प्रेम साटासाट गर्न आह्वान गरेका छन् । उनको शुभकामना सन्देशले दसैँको टीका, जमरा र आशीर्वादसँगै मुलुकमा व्याप्त विकृति अन्त्य गर्ने सामूहिक संकल्पलाई समेत प्राथमिकता दिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

विजया दशमीले पारिवारिक आत्मीयता र सामाजिक सद्भाव सुदृढ बनाउने राष्ट्रपति पौडेलको विश्वास
ताजा खबरJust now

विजया दशमीले पारिवारिक आत्मीयता र सामाजिक सद्भाव सुदृढ बनाउने राष्ट्रपति पौडेलको विश्वास

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमी पर्वले पारिवारिक आत्मीयता, आपसी सद्भाव, एकता र सामाजिक सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन्। विजया दशमी, २०८३ का अवसरमा बुधबार शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सु-स्वास्थ्य र समृद्धिको कामना गरेका छन्। उनले विजया दशमीका दिन दुर्गा भवानीको पूजाअर्चना गरी गुरु, पुरोहित ...

केन्द्रबिन्दु
आज कालीमाटीमा यस्तो छ यी तरकारी र फलफूलको मूल्य
ताजा खबरJust now

आज कालीमाटीमा यस्तो छ यी तरकारी र फलफूलको मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज कात्तिक ४ गतेका लागि तरकारी तथा फलफूलको थोक मूल्य सूची सार्वजनिक गरेको छ।  जसअनुसार न्यूनतम थोक मूल्य प्रतिकेजी बन्दा (लोकल) रु ४०, स्थानीय काउली रु ६०, रातो मूला रु ३०, सेतो मुला (हाइब्रिड) रु ५० र तराई गाजर रु ८० रुपैयाँ छ।  प्रमुख तरकारीको थोक मूल्य (प्रति केजी) ... ...

नेपालखबर
दशैंले विपत्तिबाट नवनिर्माणतर्फ लम्किन नवऊर्जा प्रदान गरोस् : लामिछाने
ताजा खबरJust now

दशैंले विपत्तिबाट नवनिर्माणतर्फ लम्किन नवऊर्जा प्रदान गरोस् : लामिछाने

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले दशैं पर्वले निराशाबाट आशातर्फ र विपत्तिबाट नवनिर्माणतर्फ लम्किन नव ऊर्जा प्रदान गरोस् भन्ने कामना गरेका छन्। विजया दशमीको अवसरमा उनले सकारात्मक ऊर्जा र नयाँ आशासहित, बडादशैँको शुभकामना दिएका हुन्। बडादसैंको अवसरमा शुभकामना दिँदै सभापति लामिछानेले पर्वले हामी सबैमा सकारात्मक ऊर्जाको सञ्चार गर्दै सिङ्गो नेपाली समाजलाई विगतभन्दा […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play