वाल स्ट्रिट जर्नलमाथिको ट्रम्पको मानहानि मुद्दा खारेज, न्यायाधीशले भने- दलिल निराधार

काठमाडौं । अमेरिकाको एक अदालतले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वाल स्ट्रिट जर्नल पत्रिका र यसका मालिक रुपर्ट मर्डकविरुद्ध हालेको अर्बौं डलरको मानहानि मुद्दा खारेज गरिदिएको छ। उक्त पत्रिकाले एक रिपोर्टमा ट्रम्पको सम्बन्ध बदनाम धनाढ्य व्यापारी जेफ्री एप्स्टिनसँग रहेको दाबी गरेको थियो। रिपोर्टका अनुसार, सन् २००३ मा एप्स्टिनको ५०औँ जन्मदिनको एउटा एल्बममा एउटा चिठी फेला परेको थियो, जसमा ट्रम्पको नाम लेखिएको थियो। उक्त चिठीमा एक निर्वस्त्र महिलाको स्केच कोरिएको थियो र अन्त्यमा जन्मदिनको शुभकामना दिइएको थियो। ट्रम्पले यसलाई झुटो भएको दाबी गर्दै आफूले त्यस्तो कुनै चिठी नलेखेको र यसले आफ्नो छविमा भारी नोक्सान पुर्याएको बताएका थिए। तर, मियामीका न्यायाधीश ड्यारिन गेल्सले यो मुद्दा रद्द गरिदिएका छन्। ट्रम्पले पत्रिकाले जानीजानी वा दुर्भावनापूर्ण तरिकाले उक्त समाचार छापेको थियो भनेर प्रमाणित गर्न नसेकको न्यायाधीशले तर्क गरेका छन् । उनका अनुसार, उनका दलीलहरू निराधार थिए। न्यायाधीशले यो पनि भने कि ट्रम्प जबरजस्ती पत्रिकाको खोजबिनमा कमीकमजोरी निकाल्ने प्रयास गरिरहेका थिए। अदालतले यो फैसला स्थायी रूपमा सुनाएको हो, जसको अर्थ अब ट्रम्पले यस मामिलालाई फेरि अदालतमा लैजान पाउने छैनन्। जेफ्री एप्स्टिन न्युयोर्कका करोडपति फाइनान्सर थिए। उनको ठूला नेता र सेलिब्रेटीहरूसँग मित्रता थियो। सन् २००५ मा उनीमाथि नाबालिग बालिकासँग यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो। सन् २००८ मा उनलाई नाबालिगसँग यौनसम्पर्कको माग गरेकोमा दोषी ठहर गरिएको थियो। त्यसपछि उनलाई १३ महिनाको जेल सजाय भएको थियो। सन् २०१९ मा जेफ्रीलाई सेक्स ट्राफिकिङको आरोपमा पक्राउ गरिएको थियो। तर, मुद्दाको सुनुवाइ हुनुअघि नै उनले जेलमा आत्महत्या गरेका थिए। उनकी पार्टनर घिस्लेन म्याक्सवेललाई सन् २०२१ मा उनलाई सहयोग गरेको आरोपमा दोषी ठहर गरिएको थियो। हाल उनी २० वर्षको जेल सजाय काटिरहेकी छन्। (एजेन्सीहरूको सहयोगमा)
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

नौ जनाले जितिसके मोटरसाइकल र स्कुटर, म्याक्स टाइगरको अर्को भाग्यशाली को ?
काठमाडौं । कल्पना गर्नुहोस् त, तपाईंले सामान्य रूपमा किनेको एउटा इनर्जी ड्रिङ्कसले तपाईंलाई नयाँ मोटरसाइकल वा स्कुटरको मालिक बनायो भने कस्तो होला ? अझ, त्यही खरिदले कार जित्ने अवसरसमेत दिलायो भने ? सुन्दा अचम्म लाग्न सक्छ, तर म्याक्स टाइगर इनर्जी ड्रिङ्कसका नौ जना उपभोक्ताका लागि यस्तै सुखद संयोग जुरिसकेको छ । म्याक्स टाइगरको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानअन्तर्गत देशका विभिन्न स्थानका ...

सल्यानमा केशर खेतीको परीक्षण सफल, प्रतिग्राम हजारमा बिक्री
छोटो समयमै आम्दानी र उच्च बजार मूल्य देखिएपछि स्थानीय किसानहरू परम्परागत बाली छाडेर केशरको व्यावसायिक खेतीतर्फ आकर्षित भइरहेका छन्। ...

मर्मतमा ढिलाइले सल्यानका ग्रामीण सडकमा सास्ती
सडकमा पहिरो, खाल्डाखुल्डी र हिलो हुँदा स्थानीय जोखिम मोलेर यात्रा गर्न तथा बिरामीलाई स्ट्रेचरमा बोक्न बाध्य छन्। ...

नेपालको पर्यटन विश्वमाझ पुर्याउन ‘टिकटक’सँग पर्यटन बोर्डको सहकार्य
नेपालका पर्यटकीय गन्तव्यलाई अन्तरराष्ट्रिय सामाजिक सञ्जाललागतय विद्युतीय माध्यमबाट विश्वभर चिनाउने उद्देश्यले नेपाल पर्यटन बोर्ड र टिकटकको सहकार्यमा सात देशका पर्यटनसम्बन्धी सामग्री निर्माता (ट्राभल कन्टेन्ट क्रिएटर) नेपाल आएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सक्रियतामा फ्रान्स, पोर्चुगल, ट्युनिसिया, दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स (युएई), बङ्गलादेश र श्रीलङ्... ...


