वामपन्थी नेता लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

काठमाडौं । ब्राजिलका वामपन्थी राष्ट्रपति लुइज इनासियो लुला डा. सिल्भा कडा प्रतिस्पर्धाबीच चौथो कार्यकालका लागि पुनः निर्वाचित भएका छन् । निर्वाचन अधिकारीहरूले उनको विजयको औपचारिक घोषणा गरेका बीबीसीले जनाएको छ । सन् १९८८ मा प्रजातन्त्र पुनःस्थापना भएयता पहिलो चरणमा पछि परेका उमेदवारले दोस्रो चरणमा पुनरागमन गर्दै राष्ट्रपति निर्वाचन जितेको यो पहिलो घटना भएको बताइएको छ । लुलालाई ५१.७५ प्रतिशत मत ब्राजिलको निर्वाचन आयोगका अनुसार ९८ प्रतिशतभन्दा बढी मतगणना हुँदा लुलाले ५१.७५ प्रतिशत मत प्राप्त गरेका छन् । फ्ल्याभियो बोल्सोनारोले ४८.२५ प्रतिशत मत पाएका छन् । कडा प्रतिस्पर्धाबीच लुलाले दोस्रो चरणमा निर्णायक अग्रता हासिल गरेका हुन् । यस महिनाको सुरुमा भएको पहिलो चरणको निर्वाचनमा पूर्वराष्ट्रपति जायर बोल्सोनारोका छोरा तथा दक्षिणपन्थी सिनेटर फ्ल्याभियो बोल्सोनारोले करिब दुई प्रतिशत भोटको अग्रता लिएका थिए । तर, दोस्रो चरणमा लुलाले उनलाई पराजित गरेका हुन् । पहिलो चरणको निर्वाचनमा बोल्सोनारोले कुल खसेको मतको ४७ प्रतिशत मत ल्याएका थिए भने लुलाले ४५ प्रतिशत मत ल्याएका थिए । ८० वर्षीय लुलाले चुनावलाई राष्ट्रिय सार्वभौमसत्तासँग जोड्दै ब्राजिलको झण्डा चुम्ने र अमेरिकी झण्डा चुम्ने व्यक्तिमध्ये जनताले रोज्नुपर्ने बताएका थिए । बीबीसी
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

एनपीएल उद्घाटन गर्न प्रधानमन्त्री शाह कीर्तिपुर जाने
उद्घाटनअघि शुभकामना दिँदै प्रधानमन्त्री शाहले एनपीएललाई नेपालको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता र भव्य उत्सवका रूपमा प्रशंसा गरेका छन् । ...

एनपीएलको तेस्रो संस्करण आजदेखि
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आज सोमबारदेखि सुरु हुदैछ। उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स भिड्दै छन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल अपरान्ह ५ बजेदेखि सुरु हुनेछ। लुम्बिनी रोहित पौडेल र सुदुरपश्चिम दिपेन्द्रसिंह ऐरिको कप्तानीमा मैदानमा उत्रनेछ। एनपीएलका लागि सम्पूर्ण ... ...

एनपीएललाई प्रधानमन्त्री शाहको शुभकामना
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण सुरु हुनु केही घण्टाअघि शुभकामना दिएका छन् । सामाजिक सञ्जालमार्फत् प्रधानमन्त्री शाहले एनपीएल नेपालको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता भएको र केही वर्षकै छोटो अवधिमा यसले एउटा भव्य खेलकुद उत्सवको रूप लिन सफल भएको बताएका छन् । प्रधानमन्त्रीको स्टाटसमा लेखिएको छ– ‘लिगमा सहभागी हुन आएका सबै अन्तर्राष्ट्रिय खेलाडी तथा कमेन्टेटरहरूलाई हार्दिक ...



