वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ। बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक १३ र १४ गते भारी वर्षा, चट्याङ तथा हावाहुरीको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ । प्राधिकरणले सूचना जारी गर्दै कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यम वर्षा तथा केही स्थानमा भारी वर्षा हुन सक्ने जनाएको छ । प्राधिकरणका प्रवक्ता रामबहादुर केसीका अनुसार जल तथा मौसम विज्ञान विभागले जारी गरेको मौसम पूर्वानुमानअनुसार चक्रवात ‘अरनब’को प्रभाव यही कात्तिक १३ गते शुक्रबारदेखि नेपालमा पर्न सक्ने अनुमान गरिएको छ । यसको प्रभावले कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा समेत वर्षा हुन सक्नेछ । त्यस्तै, उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेको प्राधिकरणले जनाएको छ । सम्भावित विपदबाट जोगिन उच्च पहाडी तथा हिमाली क्षेत्रमा यात्रा नगर्न, अत्यावश्यक कामबाहेक यात्रा नगर्न तथा नदी र खोलाका किनार एवम् बाढीको जोखिम भएका क्षेत्रमा नबस्न प्राधिकरणले अनुरोध गरेको छ । त्यसैगरी, मौसम पूर्वानुमान र आधिकारिक पूर्वसूचनालाई नियमित रूपमा अवलोकन गर्न तथा विपद्को जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा जान पनि प्राधिकरणले आग्रह गरेको छ । प्राधिकरणले आपतकालीन अवस्थामा आवश्यक सहयोग लिन मौसमसम्बन्धी जानकारीका लागि ११५५, विपद् सहायताका लागि १२३४, नेपाल प्रहरीको १०० र पर्यटक प्रहरीका लागि ११४४ मा सम्पर्क गर्न अनुरोध गरेको प्रवक्ता केसीले जानकारी दिए ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

माइक्रोसफ्टका ६० हजार कर्मचारीलाई स्वेच्छिक रूपमा जागिर छाड्ने प्रस्ताव
काठमाडौं । अमेरिकी प्रविधि कम्पनी माइक्रोसफ्टले कृत्रिम बौद्धिकतासम्बन्धी पूर्वाधारमा बढ्दो खर्च व्यवस्थापन गर्न करिब ६० हजार कर्मचारीलाई स्वेच्छिक रूपमा जागिर छाड्ने विकल्प अगाडी सारेको छ । अमेरिका, क्यानडा, भारत र बेलायतका कर्मचारीलाई लक्षित गरी सुरु गरिएको यो योजना कम्पनीको कुल २ लाख २३ हजार कर्मचारीमध्ये करिब २२ प्रतिशतसम्म पुग्न सक्ने बताइएको छ । कम्पनीले ‘स्वैच्छिक बहिर्गमन प्रस्ताव’ नाम दिएको योजनाअन्तर्गत उपाध्यक्ष तहसम्मका ...

सहकारीका मुद्दा हेर्न जिल्ला अदालतमा डेडिकेटेड इजलास गठन गर्न निर्देशन
काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश मनोजकुमार शर्माले सहकारीसम्बन्धी मुद्दा हेर्न जिल्ला अदालतमा समर्पित इजलास (डेडिकेटेड बेन्च) गठन गरी सुनुवाइको व्यवस्था मिलाउन निर्देशन दिएका छन्। सर्वोच्च अदालतबाट २०८२ माघ ११ मा सहकारी क्षेत्रको पीडितहरुको न्याय सुनिश्चित गर्न र सहकारी कसुरसम्बनी मुद्दाहरुको छिटो किनारा लगाउन जिल्ला अदालतहरुमा आवश्यकताअनुसार डेडिकेटेड इजलास स्थापना गरी कार्यन्वयन गर्न निर्देशनात्मक आदेश जारी भएको थियो। सोही आदेश कार्यान्वनय गर्दै प्रधानन्यायाधीश ...

भिडियो : गुम्बाले १५ दिनमा खाली गर्न भनेपछि भोटेकोशी बाढीबाट बिस्थापित अन्योलमा
भोटेकोशीको प्रलयकारी बाढीपछि ८१२ प्रभावित अझै १३ वटा होल्डिङ सेन्टरमा बसिरहेका छन्, तर मुस्ताङ गुम्बाले १५ दिनपछि आश्रय दिन नसकिने जनाएको छ। ...

इजरायलको संसदीय निर्वाचनमा कसैको स्पष्ट बहुमत नआउने, नेतान्याहु र प्रमुख प्रतिद्वन्द्वी बहुमतभन्दा टाढा
काठमाडौँ । इजरायलको संसदीय निर्वाचनमा कुनै पनि पक्षले स्पष्ट बहुमत हासिल गर्न नसकेको प्रारम्भिक ‘एक्जिट पोलहरू’ले देखाएका छन् । हालका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र उनका प्रमुख प्रतिद्वन्द्वी तथा पूर्व सैनिक प्रमुख गादी आइजेनकोट नेतृत्वको गठबन्धन दुवै बहुमतभन्दा टाढा देखिएका छन् । सन् १९९९ पछिकै सबैभन्दा उच्च मतदान भएको भनिएको यस निर्वाचनमा नेतान्याहुको दक्षिणपन्थी गठबन्धन अग्रस्थानमा रहे पनि सरकार गठनका लागि आवश्यक ...


