माइक्रोसफ्टका ६० हजार कर्मचारीलाई स्वेच्छिक रूपमा जागिर छाड्ने प्रस्ताव

काठमाडौं । अमेरिकी प्रविधि कम्पनी माइक्रोसफ्टले कृत्रिम बौद्धिकतासम्बन्धी पूर्वाधारमा बढ्दो खर्च व्यवस्थापन गर्न करिब ६० हजार कर्मचारीलाई स्वेच्छिक रूपमा जागिर छाड्ने विकल्प अगाडी सारेको छ । अमेरिका, क्यानडा, भारत र बेलायतका कर्मचारीलाई लक्षित गरी सुरु गरिएको यो योजना कम्पनीको कुल २ लाख २३ हजार कर्मचारीमध्ये करिब २२ प्रतिशतसम्म पुग्न सक्ने बताइएको छ । कम्पनीले ‘स्वैच्छिक बहिर्गमन प्रस्ताव’ नाम दिएको योजनाअन्तर्गत उपाध्यक्ष तहसम्मका योग्य कर्मचारीले जागिर छाड्न सक्नेछन् । माइक्रोसफ्टले कृत्रिम बौद्धिकतासम्बन्धी सेवा सञ्चालन गर्न विशाल तथ्याङ्क केन्द्रमा लगानी बढाइरहेको छ । कम्पनीले गत जुलाईमा चालु आर्थिक वर्षको सेप्टेम्बर त्रैमासिकमा पुँजीगत खर्च ५० अर्ब अमेरिकी डलरभन्दा बढी हुने अनुमान गरेको थियो । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत खर्च र वित्तीय भाडाको कुल रकम ३४ अर्ब ९० करोड डलर थियो । कम्पनीले यसअघि पनि कर्मचारी सङ्ख्या व्यवस्थापनका लागि विभिन्न कदम चालेको थियो । अप्रिलमा अमेरिकाका कर्मचारीका लागि स्वैच्छिक अवकाश योजना ल्याइएको थियो भने जुलाईमा ४ हजार ८०० कर्मचारी कटौती गर्ने योजना सार्वजनिक गरिएको थियो । अघिल्लो स्वैच्छिक अवकाश योजनामा योग्य कर्मचारीमध्ये ३० प्रतिशतभन्दा बढी सहभागी भएको कम्पनीले जनाएको थियो । माइक्रोसफ्टकी कार्यकारी उपाध्यक्ष तथा प्रमुख मानव संसाधन अधिकारी एमी कोलम्यानले नयाँ योजनाले कर्मचारीलाई आफ्नो करिअरको आगामी दिशा आफैँ छनोट गर्ने अवसर दिने बताएकी छन् । कम्पनीले कृत्रिम बौद्धिकताका नयाँ अवसर उपयोग गर्दै खर्च नियन्त्रण गर्ने र आवश्यक दक्ष जनशक्ति कायम राख्ने लक्ष्य लिएको छ । कम्पनीले आफ्ना प्रोग्रामर, बिक्री तथा आपूर्ति व्यवस्थापनसम्बन्धी कर्मचारीलाई कृत्रिम बौद्धिकताका उपकरण प्रयोग गर्न प्रोत्साहित गरिरहेको छ । समाचारअनुसार योग्य कर्मचारीले डिसेम्बरको सुरुआतसम्ममा प्रस्ताव स्वीकार गर्ने वा नगर्ने निर्णय गर्नुपर्नेछ । प्रस्ताव स्वीकार गर्ने कर्मचारीको जागिर डिसेम्बर ३१ मा समाप्त हुनेछ । यद्यपि, माइक्रोसफ्टले कति कर्मचारीले यो प्रस्ताव स्वीकार गर्नुपर्ने भन्ने निश्चित लक्ष्य तय गरेको छैन । कम्पनीको यो कदम कृत्रिम बौद्धिकतामा बढ्दो लगानी र बदलिँदो व्यावसायिक मोडेलसँग जोडिएको बताइएको छ । The post माइक्रोसफ्टका ६० हजार कर्मचारीलाई स्वेच्छिक रूपमा जागिर छाड्ने प्रस्ताव appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News
.jpg)
भोटेकोशी बाढी : बेपत्ता भएको दुई महिनापछि कुशको शव बनाएर अन्त्येष्टि
नवराज नेपाली गलकोट (बागलुङ), कात्तिक ११ गते । भोटेकोशीमा आएको भीषण बाढीमा परी दुई महिनादेखि बेपत्ता रहेका बागलुङका रमेश सुनारको शव नभेटिएपछि कुशको शव बनाएर अन्त्येष्टि गरिएको छ । ब... ...

बटुवाले माग्दैनन् पानी
गोकर्ण पौडेल तुलसीपुर, कात्तिक ११ गते । दाङको तुलसीपुर उपमहानगरपालिकाको दुर्गम बस्ती खुमखानी पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षण बन्दै गएको छ । दाङ उपत्यकाका विभिन्न स्थानबाट लेकको... ...

भिडियो : घर फर्किने वातावरण बनाउन धर्ना र आन्दोलनको तयारीमा भोटेकोशी बाढीपीडित
सर्वस्व गुमाएका उनीहरू भत्किएको सडक, बगेका बस्ती र पुनर्निर्माणको अनिश्चितताबीच तत्काल घर फर्कन नसक्ने अवस्थामा छन्। ...



