वर्षाका कारण कीर्तिपुर मैदानमा खेल गराउन कठिन, टिकटको रकम फिर्ताबारे छलफल हुने

नेपाल क्रिकेट संघ (क्यान) का उपाध्यक्ष रोशन सिंहले लगातारको वर्षाका कारण कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेल सञ्चालन गर्न कठिन भएको बताएका छन् । उनका अनुसार बिहानदेखि नै मैदानमा पानीको निकास व्यवस्थापनका लागि प्रयास भइरहेको छ । तर, बाहिरबाट ठूलो मात्रामा पानी मैदानभित्र प्रवेश गरेपछि समस्या थपिएको हो । निर्माण कार्यका क्रममा ड्रेनेज अवरुद्ध हुँदा पानी निकासमा समेत कठिनाइ भएको उनले बताए । उनले भने, ‘बाहिरबाट ठूलो मात्रामा पानी मैदानभित्र प्रवेश गरेपछि समस्या भएको हो। निर्माण कार्यका क्रममा ड्रेनेजसमेत अवरुद्ध हुँदा पानी निकासमा कठिनाइ भएको छ । बिहानैदेखि पानी निकासका लागि आवश्यक प्रयास गरिरहेका छौँ । तर लगातारको वर्षाका कारण मैदानलाई खेल्न योग्य बनाउन चुनौती भइरहेको छ ।’ पानीको निकास सहज बनाउन जेसीभी प्रयोग गरी तीन नम्बर गेटतर्फको अवरोध हटाइएको र मैदानभित्र जमेको पानी बाहिर निकाल्न खाल्डो खनेर निकासको व्यवस्था गरिएको सिंहले जानकारी दिए। त्यसैगरी, पाँचदेखि छवटा मोटर प्रयोग गरेर मैदानमा जमेको पानी बाहिर फाल्ने तयारी गरिएको छ । उनका अनुसार मुलपानी र अन्य स्थानबाट समेत आवश्यक उपकरण तथा सुपर सोपर मगाइएको छ । तर, मैदानको बनावट र बाहिरबाट निरन्तर पानी आइरहेकाले मैदान सुकाउन चुनौती रहेको उनको भनाइ छ । ‘आजको खेल सञ्चालन गर्न निकै गाह्रो छ । सम्भावना पनि न्यून छ,’ उनले भने, ‘मौसम सफा भएर पाँचदेखि सात घण्टासम्म समय पाए भोलिको खेलका लागि मैदान तयार पार्ने प्रयास गर्न सकिन्छ।’ सिंहले आज दिनभरि र रातिसम्म वर्षा भइरहे भोलिको खेल सञ्चालनमा समेत समस्या हुन सक्ने बताए । मैदानमा पानी निकाल्ने उपकरण प्रयोग गरे पनि बाहिरबाट पानी आइरहे अवस्था सहज नहुने उनको भनाइ छ । यसैबीच, खेल रद्द भएपछि टिकटको रकम फिर्ता गर्नुपर्ने भन्दै समर्थकहरूले उठाएको विषयमा पनि उनले प्रतिक्रिया दिएका छन् । खेल हेर्न नपाएका दर्शकको माग जायज रहेको उल्लेख गर्दै टिकटसम्बन्धी विषयमा आयोजकले आवश्यक निर्णय लिनुपर्ने उनले बताए । तेस्रो चरणको नेपाल प्रिमियर लिग(एनपीएल) कात्तिक ९ गतेदेखि जारी छ ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

कोप–३१ मा सत्तापक्ष र प्रतिपक्षका प्रतिनिधि सहभागी गराउने सरकारको तयारी
संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१ औँ सम्मेलन (कोप–३१) मा विभिन्न राजनीतिक दलका प्रतिनिधिको सहभागिता सुनिश्चित गर्न सरकारले तयारी गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहको चाहनाअनुसार जलवायु परिवर्तनका विषयमा साझा धारणा निर्माण गरी अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व प्रभावकारी बनाउन प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सत्तारुढ र प्रतिपक्षी दलका प्रतिनिधिलाई सहभागी गराउने तयारी गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । यसै विषयमा प्रधानमन्त्री ...

जनार्दन शर्माको प्रश्न : सरकार कसले चलाइरहेको छ ?
१४ कात्तिक, काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले पत्रकारहरूको गिरफ्तारी आफैं संविधानविरोधी, प्रेस स्वतन्त्रता विरोधी हर्कत भएको बताएका छन् । ‘सँगसँगै त्यस्तो गिरफ्तारी भएको कुरा प्रधानमन्त्री र प्रधानमन्त्री कार्यालयलाई थाहा छैन भनेर आएको सार्वजनिक अभिव्यक्तिले अझ गम्भीर बनाएको छ,’ शर्माले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सरकार कसले चलाइरहेको छ ?’ उनी अगाडि लेख्छन्, ‘चेन… ...

पानी तर्काउने ड्रेन प्रणाली पुरानो हुँदा त्रिवि रंगशाला जलमग्न, खेल प्रभावित
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट रंगशालालाई गत वर्ष प्यारापिटसहित स्तरोन्नती गरिएपनि मैदानमा परेको पानी तर्काउने ड्रेन पुरानै भएका कारण मैदान र वरीपरीको भाग समेत जलमग्न हुन पुगेको छ । शुक्रबारदेखि भइरहेको वर्षाका कारण मैदानमा प्यारापिट तर्फबाट बगेको पानी समेत छिरेपछि आजका लागि तय भएका खेलहरु प्रभावित हुन भएका छन् । गत वर्ष त्रिवि क्रिकेट मैदानलाई रंगशालालाई स्तरोन्ती गर्दै १० हजार दर्शक अटाउने प्यारापिट ...

एनएमबि बैंकको नाफा २७ प्रतिशतले बढ्यो, तीन महिनामै कमायो १ अर्ब १६ करोड
काठमाडौं । एनएमबि बैंकको खुद नाफा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा २७.११ प्रतिशतले बढेको छ । बैंकले सार्वजनिक गरेको असोज मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा १ अर्ब १६ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ९१ करोड ५९ लाख ८३ हजार रुपैयाँ खुद नाफा […] ...


