कोप–३१ मा सत्तापक्ष र प्रतिपक्षका प्रतिनिधि सहभागी गराउने सरकारको तयारी

संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१ औँ सम्मेलन (कोप–३१) मा विभिन्न राजनीतिक दलका प्रतिनिधिको सहभागिता सुनिश्चित गर्न सरकारले तयारी गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहको चाहनाअनुसार जलवायु परिवर्तनका विषयमा साझा धारणा निर्माण गरी अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व प्रभावकारी बनाउन प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सत्तारुढ र प्रतिपक्षी दलका प्रतिनिधिलाई सहभागी गराउने तयारी गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । यसै विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हिजो विभिन्न दलका प्रमुख सचेतक तथा प्रतिनिधिसँग छलफल भएको थियो। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहको उपस्थितिमा भएको छलफलमा आगामी नोभेम्बर ९ देखि २० सम्म टर्किएमा आयोजना हुने कोप–३१ मा नेपालको सहभागिता, सम्मेलनमा उठाउनुपर्ने प्राथमिकताका विषय र राष्ट्रिय हितका सवाललाई प्रभावकारी रूपमा प्रस्तुत गर्ने विषयमा छलफल भएको थियो । नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेकाले हिमाली क्षेत्रको संरक्षण, जलवायुजन्य विपद्, जलवायु न्याय, ऊर्जा र जलवायु वित्तका विषयलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष उठाउनुपर्नेमा सरकारले जोड दिएको छ ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

पहिलो त्रैमासमा नेपाल बैंकको नाफा ८३ करोड, गत वर्षभन्दा ४१ प्रतिशत बढी
काठमाडौं । नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा ८३ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद नाफा ४१.४५ प्रतिशतले बढेको हो । गत वर्षको पहिलो त्रैमासमा बैंकले ५८ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो […] ...

नेपालमा सुरक्षित खानेपानी पाउने जनसंख्या ४७.५ प्रतिशत मात्रै
नेपालमा सुरक्षित खानेपानी पाउने जनसंख्या ४७.५ प्रतिशत मात्रै रहेको एक अध्ययनले देखाएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको ‘नेपालमा खानेपानी तथा सरसफाईको अवस्था’ विषयक प्रतिवेदनले नेपालमा ९० प्रतिशत जनसंख्याको घरपरिसरमै सुधारिएको खानेपानीको पहुँच पुगेपनि सुरक्षित रूपमा व्यवस्थापन गरिएको खानेपानी सेवा पाउने भने ४७.५ प्रतिशत मात्रै रहेको उल्लेख गरेको छ । राष्ट्रिय जनगणना तथा नेपाल बहुसूचक सर्वेक्षणमा आधारित प्रतिवेदनले खानेपानीको पहुँच विस्तार ...

सर्वोच्चमा गोला तान्दा गम्भीर त्रुटि, न्यायाधीशबीच हल्लीखल्ली
गोला तान्दा समावेश नभएको दीपक भट्टको मुद्दा एकाएक पेशीमा प्रकाशित ...

‘हाम्रो जीवन नै माटो हो, भविष्यको चिन्ता छ’
कुम्हाल समुदायको पुस्तौंदेखिको माटाका भाँडा बनाउने पेसा रेडिमेट सामग्रीको बढ्दो प्रयोगका कारण संकटमा पर्दैगएको छ । ...


