Friday, October 30, 2026||
MultiKhabarMultiKhabar
Home/Politics/वराहक्षेत्रका मेयरले नै लगाइदिए प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला

वराहक्षेत्रका मेयरले नै लगाइदिए प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला

Share:WhatsAppFacebookX (Twitter)Telegram
वराहक्षेत्रका मेयरले नै लगाइदिए प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला

काठमाडौं, कात्तिक १३ । सुनसरीको वराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले प्रमुख प्रशासकीय अधिकृत राधिका गिरीको कार्यकक्षमा तालाबन्दी गराउनुभएको छ। कार्यपालिकाको निर्णयअनुसार गिरीको कार्यकक्षमा ताला लगाइएको मेयर कार्कीले बताउनुभएको छ। दसैँ बिदापछि कार्यालयमा हाजिर हुन ढिलाइ गरेको भन्दै मेयर कार्कीले गिरीले प्रयोग गर्दै आउनुभएको सवारीसाधनको सुविधा पनि खोस्नुभएको बताइएको छ। गिरीले गत चैतदेखि वराहक्षेत्र नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो। जिम्मेवारी सम्हालेदेखि नै नगरपालिकाको खर्च व्यवस्थापनका विषयमा मेयर कार्कीले गर्ने खर्चमा रोक लगाउन थालेपछि उहाँहरूबिच सम्बन्ध बिग्रिएको बताइएको छ। नगर कार्यपालिकाको २०८३ कात्तिक १० गते बसेको ७२औँ बैठकले गिरीलाई अब उप्रान्त कार्यालयमा हाजिर हुन नदिने र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा फिर्ता पठाउने निर्णय गरेको मेयर कार्कीको दाबी छ। मेयर कार्कीले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहनुभएकी गिरीको कार्यसम्पादन, प्रशासनिक कामकाज तथा समन्वयमा कमजोरी देखिएको आरोपसमेत लगाउनुभएको छ। यता, प्रमुख प्रशासकीय अधिकृत गिरीले भने कार्यालयमा हाजिर हुन आउँदा अवरोध गरिएको बताउनुभएको छ। काज फिर्ता गर्ने निर्णय भएको भन्दै आफूलाई हाजिर हुन रोक्न खोजिएको उहाँको भनाइ छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

नागरिकता प्रमाणपत्रको प्रतिलिपि अब अन्य जिल्लाबाट पनि लिन पाइने
राजनीतिJust now

नागरिकता प्रमाणपत्रको प्रतिलिपि अब अन्य जिल्लाबाट पनि लिन पाइने

सरकारले नागरिकता प्रमाणपत्रसम्बन्धी सेवा प्रवाहलाई सहज र प्रविधि मैत्री बनाउने उद्देश्यले नेपाल नागरिकता (पाँचौँ संशोधन) नियमावली, २०८३ जारी गरेको छ । गृह मन्त्रालयले बिहीबार जारी गरेको संशोधित नियमावलीले नागरिकता प्रमाणपत्रको प्रतिलिपि लिन, अभिलेख व्यवस्थापन गर्न तथा नागरिकतासम्बन्धी सेवा प्रवाहलाई सहज बनाउन नयाँ व्यवस्था गरेको छ । नयाँ व्यवस्थाअनुसार अब नेपाली नागरिकले आफूले नागरिकता लिएको जिल्लाभन्दा अर्को जिल्लाबाट पनि नागरिकता प्रमाणपत्रको प्रतिलिपि लिन ...

फरकधार
इजरायलमा सत्ता सङ्कट : नेतान्याहुको गठबन्धन बहुमतबाट टाढा
राजनीतिJust now

इजरायलमा सत्ता सङ्कट : नेतान्याहुको गठबन्धन बहुमतबाट टाढा

इजरायलको केन्द्रीय निर्वाचन समितिले चुनावको अन्तिम परिणाम सार्वजनिक गर्दै प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको नेतृत्वमा रहेको गठबन्धनले सरकार गठनका लागि आवश्यक बहुमत प्राप्त गर्न नसकेको जनाएको छ । नेतान्याहु समर्थक समूहले ५३ सिट जितेको छ भने नयाँ नेसेटले नोभेम्बर १० मा शपथ लिने कार्यक्रम छ । द टाइम्स अफ इजरायलका अनुसार नेतान्याहुको लिकुड पार्टी २७ सिटसहित सबैभन्दा ठूलो दल बनेको छ । गदी ...

फरकधार
पछिल्लो २४ घण्टामा काभ्रेको रोसीमा सबैभन्दा धेरै वर्षा
राजनीतिJust now

पछिल्लो २४ घण्टामा काभ्रेको रोसीमा सबैभन्दा धेरै वर्षा

पछिल्लो २४ घण्टामा काभ्रेपलाञ्चोक जिल्लाको रोसी मौसम मापन केन्द्रमा सबैभन्दा धेरै वर्षा मापन भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबार बिहान ६ः ४२ बजेसम्म रोसीमा ३३ मिलिमिटर वर्षा मापन भएको हो । विभागका अनुसार पछिल्लो २४ घण्टामा कोशी, बागमती र मधेस प्रदेशका धेरै स्थानमा मध्यम वर्षा भएको छ । त्यस्तै, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षा मापन ...

फरकधार
जादेखि सबै राजनीतिक शक्ति अटाउने व्यवस्था आवश्यक : कमल थापा
राजनीतिJust now

जादेखि सबै राजनीतिक शक्ति अटाउने व्यवस्था आवश्यक : कमल थापा

सर्लाही । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता कमल थापाले राजादेखि सबै राजनीतिक शक्तिहरू अटाउन सक्ने राजनीतिक प्रणाली... ...

सिंहदरबार न्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play