Friday, October 30, 2026||
MultiKhabarMultiKhabar
Home/Politics/पछिल्लो २४ घण्टामा काभ्रेको रोसीमा सबैभन्दा धेरै वर्षा

पछिल्लो २४ घण्टामा काभ्रेको रोसीमा सबैभन्दा धेरै वर्षा

10/30/2026, 10:34:01 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
पछिल्लो २४ घण्टामा काभ्रेको रोसीमा सबैभन्दा धेरै वर्षा

पछिल्लो २४ घण्टामा काभ्रेपलाञ्चोक जिल्लाको रोसी मौसम मापन केन्द्रमा सबैभन्दा धेरै वर्षा मापन भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबार बिहान ६ः ४२ बजेसम्म रोसीमा ३३ मिलिमिटर वर्षा मापन भएको हो । विभागका अनुसार पछिल्लो २४ घण्टामा कोशी, बागमती र मधेस प्रदेशका धेरै स्थानमा मध्यम वर्षा भएको छ । त्यस्तै, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षा मापन भएको विभागले जनाएको छ । वर्षाका कारण जनजीवन प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

नेपाली खेलाडीको दबदबा, सुरुवाती ६ खेलका सबै उत्कृष्ट खेलाडी स्वदेशी
राजनीतिJust now

नेपाली खेलाडीको दबदबा, सुरुवाती ६ खेलका सबै उत्कृष्ट खेलाडी स्वदेशी

नेपाल प्रिमियर लिग (एनपिएल) को नयाँ सिजनमा नेपाली खेलाडीले आफ्नो क्षमता प्रमाणित गर्न थालेका छन् । प्रतियोगिताका सुरुवाती खेलमै विदेशी खेलाडीको उपस्थितिका बीच घरेलु खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो प्रभाव जमाएका छन् । लिगका पहिलो ६ खेलमा ६ जना फरक-फरक नेपाली खेलाडी ‘प्लेयर अफ द म्याच’ घोषित हुनुले प्रतियोगितामा नेपाली खेलाडीको शानदार सुरुवातलाई देखाएको छ । एनपिएलमा विदेशी खेलाडीको सहभागिता, अन्तर्राष्ट्रिय स्तरका ...

फरकधार
म ढुङ्गो पुज्दिनँ, बलि दिन्नँ, चेतना मार्दिनँ
राजनीतिJust now

म ढुङ्गो पुज्दिनँ, बलि दिन्नँ, चेतना मार्दिनँ

मैले टीका ग्रहण नगर्नु पर्थ्यो हिन्दु अंहकारले लतपतिएको प्रतिक्रिया विहीन भएर  मौनता साँध्दै  परम्पराको नाममा मैले मारे मेरा आस्था र विचारहरु । मैले छेड्न सकिँन सांस्कृतिक क्रान्ति  चुँडाल्न सकिँन  सामाजिक बन्धन अन्ततोगत्वा  वुर्जुवाहरुले आफ्नो जित ठाने  खुशीको झ्याली पिटे मेरो विचार मरेको ठानी ।  यद्यपि  मैले मेरो जिजीविषा चिमोटें म मरेकै थिइनँ  मैले मेरो चेतनालाई सोधे  म मा सैद्धान्तिक विचलन आएकै थिएन ?  तथापि मैले क्रान्तिकारी छलाङ मार्न ... ...

फरकधार
मधेसमा नयाँ सरकार गठन गर्न तीन दलबिच छलफल सुरु
राजनीतिJust now

मधेसमा नयाँ सरकार गठन गर्न तीन दलबिच छलफल सुरु

काठमाण्डु – मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि तीन दलले छलफल अघि बढाएका छन् । नयाँ सरकार गठन गर्ने विषयमा नेकपा (एमाले), जनता समाजवादी पार्टी (जसपा) नेपाल र जनमत पार्टीबिच छलफल अघि बढेको छ। नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव नेतृत्वको सरकारलाई एमालेले गत असोज २५ गते दिएको समर्थन फिर्ता लिएपछि तीन दल नयाँ […] ...

काठमाण्डुपाटी
इतिहास रचेको मलयालम फिल्म ‘बेथलेहेम कुटुम्ब युनिट’ अब डिगोमा
राजनीतिJust now

इतिहास रचेको मलयालम फिल्म ‘बेथलेहेम कुटुम्ब युनिट’ अब डिगोमा

एक फिल्मले मलयालम फिल्म क्षेत्रमा नयाँ इतिहास रचेको छ । २५ करोड भारतीय रुपैयाँको बजेटमा निर्माण भएको रोमान्टिक कमेडी फिल्म ‘बेथलेहेम कुटुम्ब युनिट’ले विश्वभरबाट करिब ३ सय ३० करोड भारतीय रुपैयाँ कमाइ गरेको छ । ४१ वर्षीय निविन पोली र २५ वर्षीया ममिथा बैजु मुख्य भूमिकामा रहेको यो फिल्म हालसम्मकै सर्वाधिक कमाइ गर्ने मलयालम फिल्म बनेको दाबी गरिएको छ ।  गिरिश एडिको ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play