बर्दिया।वनमौरीको घारबाट निस्किएका मौरीले टोकेर वीरबहादुर थारुको मृत्यु भएको छ। घरकै सिलिङमा रहेको वनमौरीको टोकाइबाट ठाकुरबाबा नगरपालिका–४ खैलार निवासी ४३ वर्षीय वीरबहादुर थारुको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक रेशम बोहराले कार्तिक २४ गते दिउँसो करिब १ः०० बजे मौरीले टोकेपछि बेहोस अवस्थामा उपचारका लागि ठाकुरबाबा नगर अस्पताल, नेउलापुर भुरीगाउँ पुर्याइएको थियो। उपचारकै क्रममा सोही दिन दिउँसो ३ः०० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक बोहराले जानकारी दिए। वीरबहादुरको घरको सिलिङमा करिब दुई महिनादेखि पाँच वटा वनमौरीका घार रहेका थिए। मौरीको टोकाइबाट मृत्यु भएका थारुको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल बर्दिया ल्याइएको छ।
वनमौरीको टोकाइबाट थारुको मृत्यु

Read Complete Original Article
Published originally on नेपालन्युज






