लोकेशले छक्का वर्षाउँदा विराटनगरले कर्णालीलाई दियो १८७ रनको लक्ष्य

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किङ्सले कर्णाली याक्सविरुद्ध विशाल लक्ष्य प्रस्तुत गरेको छ । टियु इन्टरनेसनल क्रिकेट स्टेडियममा आज भएको दोस्रो खेलमा विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८६ रन जोडेको हो । यो तेस्रो संस्करणमा बनाइएको अहिलेसम्मकै ठूलो लक्ष्य हो । विराटनगरका लागि आक्रामक ब्याटर लोकेश बम चम्किए । बम ५१ बलमा ८७ रन बनाएर आउट भए । उनले ३ चाैका र ९ छक्का प्रहार गरे । उनले सम्हालिएर खेलेकाे भए एनपीएल इतिहासमा शतकीय पारी खेल्ने पहिलो नेपाली खेलाडी बन्ने गौरव हासिल गर्न सक्थे, तर चुके । उनी एनपीएलकाे एकै खेलमा सर्वाधिक रन बनाउने नेपाली ब्याटर बने । बमले विपक्षी बलरहरूमाथि पूर्ण रूपमा हावी हुँदै उत्कृष्ट र आक्रामक ब्याटिङ प्रर्दशन गरेका थिए । त्यस्तै, एन्जेलो म्याथ्युजले ३१ रन, आन्द्रे रसेलले २७ रन र बसिर अहमदले १३ रन जोड्दै टोलीको स्कोरलाई उकासेका छन्। कर्णाली याक्सका बलर सोमपाल कामीले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा ३३ रन खर्चेर ४ महत्वपूर्ण विकेट हात पारेका छन्। त्यसैगरी मार्क वाट र नन्दन यादवले समान १-१ विकेट लिएका छन्।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

श्रम संस्कृति पार्टीको आक्रामक अभियान
विराटनगर । २०८२ फागुन २१ गतेको निर्वाचनबाट देशभरमा पाँचौं र कोशी प्रदेशमा दोस्रो ठूलो दलको रुपमा उदाएको श्रम संस्कृति पार्टी (श्रसपा)ले स्थानीय तह निर्वाचन लक्षित अभियानलाई तीब्र बनाएको छ । फागुन २१... ...

एनपीएलमा कर्णालीको लगातार दोस्रो जित, विराटनगरको दोस्रो हार, सोमपालको अलराउन्ड प्रदर्शन
लिगको बिहीबार राति सम्पन्न छैटौँ खेलमा कर्णालीले विराटनगर किंग्सलाई ४ विकेटले पराजित गरेको हो । ...

सोमपाल कामीको अलराउन्ड प्रर्दशनमा कर्णालीको लगातार दोस्रो जित दर्ता
कप्तान सोमपाल कामीको अलराउण्ड प्रर्दशनमा विराटनगर किंग्सलाई पराजित गर्दै कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) को लगातार दोस्रो जित दर्ता गरेको छ। बिहीबारको दोस्रो खेलमा कर्णालीले विराटनगरलाई ४ विकेटले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको हो। विराटनगरले दिएको १ सय ८७ रनको विशाल लक्ष्य कर्णालीले . .बल अगावै भेट्टायो। कर्णालीले पहिलो खेलम... ...

कम्पनीले पुस मसान्तसम्म विवरण बुझाए पुरानो कर, ब्याज र जरिबाना मिनाहा हुने
काठमाडौं । कम्पनी ऐन, २०६३ बमोजिम दर्ता भएका कम्पनीले कर, शुल्क, दस्तुर, ब्याज तथा जरिबाना मिनाहाको सुविधा पाउने म्याद २०८३ पुस मसान्तसम्म थप गरिएको छ । यसअघि २०८३ असोज मसान्तसम्म कायम रहेको म्याद २०८३ कात्तिक ९ गतेको निर्णयअनुसार बढाएर पुस मसान्तसम्म पुर्याइएको हो । सम्बन्धित कानूनले तोकेको म्यादभित्र विवरण पेश नगरेका, नवीकरण नगरेका वा दाखिल गर्नुपर्ने कर, शुल्क, दस्तुर, ब्याज तथा जरिबाना ...


