लालजी हत्या प्रकरणमा संलग्न ३ जना पक्राउ

मोरङ विराटनगर उपमहानगरपालिका–६ का ६९ वर्षीय लालजीप्रसाद गुप्ताको हत्यामा संलग्न रहेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीयवासी ३६ वर्षीय अफरोज आलम, १३ वर्षीय र १६ वर्षीय नवालक रहेको सुनसरीका प्रहरी उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए । पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले बुधबार पत्रकार सम्मेलनको आयोजना गरेर सार्वजनिक गरेको हो । गुप्ता धरान रोडमा ‘लाल ब्याट्री एण्ड सन्स ट्रेडर्स’ सञ्चालन गर्दै आएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । गुप्ताको कात्तिक ८ गते आइतबार बिहान बर्जू गाउँपालिकामा रहेको केशलीया खोलाको किनारमा बोरामा फालेको अवस्थामा शव फेला परेको थियो । पानी तान्ने मोटरको तार अफ्रोज आलमले चोरी गरेको भनी मृतक गुप्ताले हल्ला फैलाएको विषयमा बिबाद हुदा हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको सुनसरीका प्रहरी उपरीक्षक मल्लले बताए । सोही विवादका कारण गुप्तालाई घरमै बोलाएर हत्या गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

कोशी र बागमतीमा भारी वर्षाको सम्भावना, उच्च सतर्कतामा सरकार
आज अपराह्नदेखि रातिसम्म कोशी र बागमतीका धेरै ठाउँमा भारी वर्षाको सम्भावना छ । शनिबारदेखि भने क्रमश: कम हुने पूर्वानुमान छ । ...

डलर, युरो, पाउन्ड र स्वीस फ्र्यांकको भाउ बढ्यो
१३ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर, युरो, पाउन्ड र स्वीस फ्र्यांकको भाउ बढेको छ । राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ १२ पैसा र बिक्रीदर १५२ रुपैयाँ ७२ पैसा तोकेको छ । हिजो अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ६ पैसा… ...

इशान पाण्डे लण्डन इयर केयरको ब्रान्ड एम्बेसडर नियुक्त
१२ कात्तिक, काठमाडौं । नेपाली क्रिकेटर इशान पाण्डे बेलायतस्थित स्वास्थ्य सेवा प्रदायक संस्था लण्डन इयर केयरको ब्रान्ड एम्बेसडरमा नियुक्त भएका छन्। बिहीबार काठमाडौँमा आयोजित कार्यक्रममा पाण्डे र संस्थाका निर्देशक राजन खकुरेलबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो। कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द पनि उपस्थित थिए। चन्दले यस किसिमको सहकार्यले नेपाली खेलाडीलाई आर्थिक रूपमा… ...

कठिन परिस्थितिमा कप्तान सोमपालको उत्कृष्ट अलराउन्ड प्रदर्शन
सोमपाल कामीमा क्षमता छ, कठिन परिस्थितिमा पनि हार नमान्ने, अलराउन्ड प्रदर्शनबाट खेल जिताउने । त्यो कुरा बिहीबार विराटनगर किङ्स विरुद्धको खेलमा पनि देखियो । ...


