लामो समयदेखि गैरहाजिर ११ प्रहरीलाई सात दिनभित्र हाजिर हुन निर्देशन

लामो समयदेखि आफूखुसी गैरहाजिर रहेका ११ जना प्रहरी कर्मचारीलाई नेपाल प्रहरी प्रधान कार्यालयले सात दिनभित्र सन्तोषजनक स्पष्टीकरणसहित हाजिर हुन सार्वजनिक सूचना जारी गरेको छ। कार्यालयले मंगलबार सूचना जारी गर्दै सूचना प्रकाशित भएको मितिले बाटोको म्यादबाहेक सात दिनभित्र गैरहाजिर रहनुको चित्तबुझ्दो कारणसहित प्रहरी प्रधान कार्यालय वा सूचना जारी गर्ने सम्बन्धित कार्यालयमा उपस्थित हुन निर्देशन दिएको हो। तोकिएको अवधिभित्र उपस्थित नभए प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम ११३ को उपनियम (१) को खण्ड (च) बमोजिम नियम १०९ को देहाय (ख) (१) अनुसार सेवाबाट हटाउने कारबाही अघि बढाइने सूचनामा उल्लेख गरिएको छ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

विपद् प्रभावित वडाका क्षतिको विस्तृत विवरण माग्दै संसदीय विशेष समिति
राष्ट्रिय सभा अन्तर्गतको भोटेकोशी एवं कालीगण्डकी कोरिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले विपद् प्रभावित वडामा पुगेको राहत र भएको क्षतिको विस्तृत विवरण सरकारसँग माग्ने भएको छ । समितिको मंगलबार बसेको बैठकमा सभापति कृष्णप्रसाद पौडेलले राहत वितरणको समग्र तथ्याङ्क मात्र पर्याप्त नहुने भन्दै प्रभावित पालिका र वडागत विवरण उपलब्ध गराउन सरकारसँग माग गर्ने बताउनुभएको हो । उहाँका अनुसार प्रभावित प्रत्येक वडामा ...

चलचित्र निर्माणका लागि सरकारले साढे तीन करोड अनुदान दिने, कसले पाउँछन्?
सरकारले चलचित्र निर्माणका लागि विभिन्न विधामा साढे तीन करोड रुपैयाँसम्मको अनुदान दिने भएको छ । सूचना तथा सञ्चार मन्त्रालयले आज सूचना जारी गर्दै इच्छुक व्यक्ति एवं संस्थालाई आवेदन दिन आह्वान गरेको छ । सूचना जारी भएको मितिले २१ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिनुपर्नेछ । मौलिक चलचित्र निर्माणलाई प्रोत्साहन गर्न यो विशेष अनुदान दिन लागिएको बताइएको… ...

‘ऊनको स्वीटर’ को सिक्वेल बन्दै, सिक्किमबाट छायांकन सुरु
१० कार्तिक, काठमाडौं । गत वर्ष रिलिज भएको नेपाली फिल्म 'ऊनको स्वीटर' को सिक्वेल 'कलेजी – ऊनको स्वीटर' को छायांकन सुरु भएको छ । सिक्किमको युमथाङ उपत्यकाबाट फिल्मको छायांकन शुभारम्भ गरिएको निर्देशक नवीन चौहान जानकारी दिए । चौहानका अनुसार सोमबार छायांकनको पहिलो दिन अभिनेता पीयूष मिश्रा र एलेक्स पारसका दृश्यहरू खिचिएको थियो । छायांकनको शुभारम्भ… ...

गोलबजारका पूर्वमेयरसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१० कात्तिक, सिरहा । सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख (पूर्वमेयर) देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमेयर तेली, उपमेयर रेशमकुमारी थापा, प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसी, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामनारायण महतो, राजस्व शाखा प्रमुख दिनेश कुमार सहनी र ठेकेदार वीरेन्द्र कुमार यादव लगायतविरुद्ध मुद्दा दायर… ...

