Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

लागूऔषधसहित चार जना पक्राउ

Share:WhatsAppFacebookX (Twitter)Telegram
लागूऔषधसहित चार जना पक्राउ
Photo / Coverage: नेपालन्युज

झापा। झापामा लागूऔषध ब्राउन सुगरको कारोबारमा संलग्न रहेको आरोपमा दुई युवतीसहित चार जना पक्राउ परेका छन्। मेचीनगर–६ काँकडभिट्टास्थित एक होटलबाट तीन जना र बिर्तामोड–५ जिराइत टोलबाट शनिबार साँझ एक महिला पक्राउ परेकी हुन्। सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले काँकडभिट्टाको होटलमा छापा मार्दा तीन ग्राम ७२० मिलिग्राम ब्राउन सुगर बरामद भएको थियो। त्यस्तै, बिर्तामोडमा पक्राउ परेकी पार्वता राजवंशीको साथबाट १८ ग्राम ४८० मिलिग्राम ब्राउन सुगर बरामद भएको थियो। उनको कोठाबाट डिजिटल तराजु, छुरी, कैँची र नगद रु १३ लाख ३९ हजार पनि बरामद भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीका अनुसार पक्राउ पर्नेमा मेचीनगर–२ का २३ वर्षीय सचिन राई, दमक–७ की ३० वर्षीया मिना राई, सोही ठाउँकी २६ वर्षीया प्रतिमा राई र मेचीनगर–१५ की ३६ वर्षीया पार्वता राजवंशी रहेका छन्। उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
डब्लूडब्लूई स्टार रे मिस्टीरियोले अर्को वर्ष सन्यास लिने, मेक्सिको सिटीमा हुनेछ अन्तिम खेल
Latest NewsJust now

डब्लूडब्लूई स्टार रे मिस्टीरियोले अर्को वर्ष सन्यास लिने, मेक्सिको सिटीमा हुनेछ अन्तिम खेल

काठमाडौं । डब्लूडब्लूईका चर्चित रेसलर रे मिस्टीरियोले अर्को वर्ष व्यावसायिक रेसलिङबाट सन्यास लिने घोषणा गरेका छन्। ३५ वर्षभन्दा लामो रेसलिङ करियरलाई बिट मार्दै उनले आफ्नो अन्तिम खेलको मिति र स्थानसमेत सार्वजनिक गरेका हुन्। मिस्टीरियोले नोभेम्बर २७ मा अमेरिकाको टेक्सासस्थित ह्युस्टनमा आयोजित डब्लूडब्लूईको ‘सर्भाइभर सिरिजः वारगेम्स’पछि भएको पोस्ट शोमा सन्यास घोषणा गरेका हुन्। उनका अनुसार करियरको अन्तिम खेल सन् २०२७ जुन १२ ...

केन्द्रबिन्दु
बंगलादेशमा हसिनाको अवामी लिगद्वारा दुईदिने बन्द आह्वान, ठाउँठाउँमा आगजनी र सडक अवरोध
Latest NewsJust now

बंगलादेशमा हसिनाको अवामी लिगद्वारा दुईदिने बन्द आह्वान, ठाउँठाउँमा आगजनी र सडक अवरोध

शेख​ हसिनाको नेतृत्वमा रहेको अवामी लिगले आइतबारदेखि दुईदिने देशव्यापी बन्द आह्वान गरेको छ । बन्दका क्रममा विशेषगरी दक्षिणी क्षेत्रका विभिन्न स्थानमा सडक अवरुद्ध गर्ने र आगजनीका घटना भएका छन् । सरकारले दक्षिणी जिल्लामा थप प्रहरी परिचालन गर्नुका साथै सीमा सुरक्षा बल बङ्गलादेश (बीजीबी) का १२० प्लाटुन देशभर खटाएको छ । बीजीबीका अनुसार फरिदपुरको नौदोबा-भाङ्गा-भाटियापारा राजमार्गमा रुख ढालेर सडक अवरुद्ध गरिएको थियो । ...

फरकधार
नेपाली कांग्रेसले जिल्ला अधिवेशन दुई चरणमा गर्ने
Latest NewsJust now

नेपाली कांग्रेसले जिल्ला अधिवेशन दुई चरणमा गर्ने

नेपाली कांग्रेसले जिल्ला अधिवेशन दुई चरणमा गर्ने भएको छ। सभापति गगन थापाले आइतबार केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममार्फत दुई चरणमा जिल्ला अधिवेशनबारे बताए। थापाका अनुसार हिमपात हुने हिमाली जिल्लामा मंसिर २४ र २५ गते अधिवेशन हुनेछ। यस्तै पुस ४ र ५ गते बाँकी जिल्ला अधिवेशन हुने बताए। प्रदेशको अधिवेशन भने पुस १२ देखि १८ को बिचमा गर्ने तयार... ...

नेपालखबर
अफगानिस्तानको बल्ख प्रान्तमा सरकारी कागजातहरुमा महिलाको नाम प्रयोग गर्न प्रतिबन्ध
Latest NewsJust now

अफगानिस्तानको बल्ख प्रान्तमा सरकारी कागजातहरुमा महिलाको नाम प्रयोग गर्न प्रतिबन्ध

तालिबानी शासनको ५ वर्षको अवधिमा महिला र बालिकाहरूले आफ्नो अस्तित्व र अधिकार क्रमशः खतरामा परेको महसुस गरेका छन् ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement