Sunday, November 1, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/लागुऔषध कारोबार तथा ओसारपसारमा संलग्न भएको आरोपमा १३ जना पक्राउ

लागुऔषध कारोबार तथा ओसारपसारमा संलग्न भएको आरोपमा १३ जना पक्राउ

11/1/2026, 7:25:42 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
लागुऔषध कारोबार तथा ओसारपसारमा संलग्न भएको आरोपमा १३ जना पक्राउ

काठमाडौं – प्रहरीले लागुऔषधविरुद्ध देशका विभिन्न जिल्लामा सञ्चालन गरेको कारबाहीका क्रममा १३ जनालाई पक्राउ गरेको छ । शुक्रबार र शनिबार गरिएको छुट्टाछुट्टै कारबाहीमा ब्राउनसुगरजस्तो देखिने पदार्थ, चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने नियन्त्रित औषधि, नगद तथा मोटरसाइकल बरामद गरिएको प्रहरीले जनाएको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौँका दुई स्थानबाट तीन जना, झापा र सुनसरीबाट दुई–दुई जना तथा पर्सा, लमजुङ र बर्दियाबाट एक–एक जना पक्राउ परेका छन् । त्यस्तै, कैलालीका दुई स्थानबाट तीन जना पक्राउ परेका हुन् । प्रहरीका अनुसार काठमाडौँ महानगरपालिका–६ चुच्चेपाटीबाट ब्राउनसुगरजस्तो देखिने चार ग्राम २५० मिलिग्राम पदार्थ र २० हजार २०० रुपैयाँ नगदसहित सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–३ का ३९ वर्षीय छिरीङ शेर्पा पक्राउ परेका छन् । काठमाडौँ महानगरपालिका–३२ जडिबुटीबाट पनि छ ग्राम ७४० मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थसहित दुई जना पक्राउ परेका छन् । पूर्वी नेपालमा पनि प्रहरीले लागुऔषधसहित चार जनालाई नियन्त्रणमा लिएको छ। झापाको झापा गाउँपालिका–५ खयरबारीबाट एक ग्राम ९५ मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थसहित बाह्रदशी गाउँपालिका–२ का २४ वर्षीय खड्ग राजवंशी र वडा नं। १ का २५ वर्षीय चैतन हेमरम पक्राउ परेका छन् । सुनसरीको कोशी गाउँपालिका–१ लौकही केराबारीबाट दुई ग्राम १७० मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थसहित दुहबी नगरपालिका–३ का ३४ वर्षीय दीपक परियार र उदयपुरको बेलका नगरपालिका–३ का ३२ वर्षीय बलबहादुर थापा पक्राउ परेका छन् । वीरगञ्जमा प्रहरीले चिकित्सकको सिफारिसमा मात्र प्रयोग गर्न पाइने नियन्त्रित औषधिसहित एक जनालाई पक्राउ गरेको छ । पर्साको वीरगञ्ज महानगरपालिका–१६ बसपार्कबाट डाइजेपाम २७ एम्पुल, फेनारगन २९ एम्पुल र बुप्रेनोर्फिन २८ एम्पुलसहित धादिङको ज्वालामुखी गाउँपालिका–२ का २० वर्षीय निमा लामा शेर्पा पक्राउ परेका हुन् । कैलालीको धनगढी उपमहानगरपालिका–४ चटकपुरस्थित गोकुलेश्वर चौलानी होटलको कोठा तलासी गर्दा १२७ मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थ बरामद भएको छ । उक्त पदार्थसहित डोटीको जोरायल गाउँपालिका–२ का २५ वर्षीय अमरबहादुर कुँवर पक्राउ परेका छन्। त्यस्तै, भजनी नगरपालिका–३ कुसुमघाटबाट एक ग्राम ५० मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थसहित दुई जना पक्राउ परेका छन् । उनीहरूमध्ये रोशन सार्कीले प्रयोग गरेको मोटरसाइकलसमेत प्रहरीले नियन्त्रणमा लिएको छ । गण्डकी प्रदेशको लमजुङमा पनि नियन्त्रित औषधिसहित एक जना पक्राउ परेका छन्। बेँसीसहर नगरपालिका–१ देउरालीडाँडाबाट डाइजेपाम, बुप्रेनोर्फिन र फेनारगन १०–१० एम्पुलसहित बेँसीसहर नगरपालिका–८ भुलभुलेका ३० वर्षीय सुजन तामाङ पक्राउ परेको प्रहरीले जनाएको छ । त्यसैगरी, बर्दियाको बढैयाताल गाउँपालिका–७ कर्णाली पुलबाट दुई ग्राम ७१० मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थसहित बाँकेको कोहलपुर नगरपालिका–९ का २१ वर्षीय सुशील परियार पक्राउ परेका छन्। प्रहरीले पक्राउ परेका सबैमाथि लागुऔषधसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on विश्वखबर

Visit Publisher Site →

Related News

कोलम्बियाली विद्रोही शिविरमा भेनेजुएलाको आक्रमण, ९ जनाको मृत्यु
ताजा खबरJust now

कोलम्बियाली विद्रोही शिविरमा भेनेजुएलाको आक्रमण, ९ जनाको मृत्यु

भेनेजुएलाको सेनाले सीमा क्षेत्रमा रहेको कोलम्बियाली वामपन्थी विद्रोही समूहको शिविरमा आक्रमण गर्दा कम्तीमा नौ जनाको मृत्यु भएको एक गैरसरकारी संस्थाले जनाएको छ । फन्डारेड्स नामक गैरसरकारी संस्थाका निर्देशक जेभियर टाराजोनाले शनिबार... ...

रातोपाटी
बाढीपहिरोबाट मङ्गलाका १६६ परिवार प्रभावित
ताजा खबरJust now

बाढीपहिरोबाट मङ्गलाका १६६ परिवार प्रभावित

म्याग्दी । बाढीपहिरोबाट मङ्गला गाउँपालिकामा १६६ घरपरिवार प्रभावित भएका छन् । बाढीपहिरोले १७ घरमा पूर्ण क्षति भएको छ भने ७७ घर उच्च जोखिममा र ७२ घर जोखिममा छन् । गाउँपालिकाका अनुसार विपद्बाट ५७२ रोपनी खेतबारीमा क्षति पुगेको छ । यसैगरी, १२ वटा गोठ पूर्ण र १८ वटा आंशिक क्षति भएको छ भने २० वटा सडकमा पनि क्षति भएको छ । गाउँपालिका अध्यक्ष ...

केन्द्रबिन्दु
मण्डनदेउपुरमा निःशुल्क आँखा शिविर
ताजा खबरJust now

मण्डनदेउपुरमा निःशुल्क आँखा शिविर

• मण्डनदेउपुर नगरपालिका–९ लाकुरेधारमा निःशुल्क आँखा शिविरमा १५० जना लाभान्वित भएका छन्, जहाँ आँखाका रोगीको उपचार र परामर्श दिइएको थियो। • मोतिबिन्दु पहिचान भएका बिरामीलाई निःशुल्क शल्यक्रिया गरिने र रेयुकाई मासुनागा आँखा अस्पतालले उपचार प्रदान गर्ने जानकारी दिइएको छ। • काभ्रेवासीको पोषण अवस्था सुधार गर्न स्थानीय तहबीच समन्वय र पोषण कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा जोड दिइएको छ। ...

नेपालबहस
भोलिदेखि सरकारी कार्यालय समय बिहान ९ देखि दिउँसो ४ बजेसम्म
ताजा खबरJust now

भोलिदेखि सरकारी कार्यालय समय बिहान ९ देखि दिउँसो ४ बजेसम्म

काठमाडौं । भोलि कात्तिक १६ गतेदेखि सरकारी कार्यालयको समय परिवर्तन हुने भएको छ । सरकारले जाडोयामको समयतालिकाअनुसार सरकारी कार्यालयको समय बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म कायम गरेको हो । यसअघि... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play