बाढीपहिरोबाट मङ्गलाका १६६ परिवार प्रभावित

म्याग्दी । बाढीपहिरोबाट मङ्गला गाउँपालिकामा १६६ घरपरिवार प्रभावित भएका छन् । बाढीपहिरोले १७ घरमा पूर्ण क्षति भएको छ भने ७७ घर उच्च जोखिममा र ७२ घर जोखिममा छन् । गाउँपालिकाका अनुसार विपद्बाट ५७२ रोपनी खेतबारीमा क्षति पुगेको छ । यसैगरी, १२ वटा गोठ पूर्ण र १८ वटा आंशिक क्षति भएको छ भने २० वटा सडकमा पनि क्षति भएको छ । गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाका अनुसार वडा नं ५ को छिसवाङ, वडा नं २ को भाइवाङ र वडा नं ४ को महेशलाई जोखिमयुक्त बस्तीका रूपमा पहिचान गरिएको छ । विपद्बाट प्रभावित परिवारलाई राहत वितरण तथा अस्थायी बसोबासको व्यवस्था गर्नुका साथै क्षतिको विवरण सङ्कलन भइरहेको छ । बाढीपहिरोबाट विस्थापित परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । पहिरोबाट विस्थापित गाउँपालिका–३ बरञ्जाका गङ्गाप्रसाद पुर्जा र कृष्णलाल सापकोटा बस्ती संरक्षण र पहिरो नियन्त्रणका निम्ति स्थानीय तह सक्रिय हुनुपर्नेमा जोड दिँदै त्यसो नगरे आगामी वर्षायाममा अझ क्षति हुने बताउछन् । छिसवाङ, सहस्रधारा, तोराखेत र सेराफाँट क्षेत्रमा म्याग्दी नदीको कटानले बस्ती जोखिममा पारेको छ । सिँचाइ तथा खानेपानी आयोजनामा भएको क्षतिको विवरण सङ्कलन भइरहेको गाउँपालिकाले जनाएको छ ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

जर्मनी घुम्न जाँदै हुनुहुन्छ ? बिल तिर्दा यस्तो चलन नबिर्सनुहोस् !
• जर्मनीमा साथीहरूसँग रेस्टुरेन्ट वा बारमा खानपिन गर्दा प्रत्येक व्यक्तिले आफ्नो बिल आफैँ तिर्ने चलन प्रचलित छ। • यो परम्परा निष्पक्षता र आर्थिक हिसाबमा स्पष्टता कायम राख्ने चाहनाका कारणले हो। • जर्मनी भ्रमण गर्ने विदेशीहरूले पनि आफ्नो खर्च आफैँ तिर्ने अपेक्षा गर्नु उपयुक्त मानिन्छ। ...

रास्वपाले अघि बढाउन खोजेको महाभियोग : पदमुक्तसम्म कसरी अगाडि बढ्छ प्रक्रिया ?
काठमाडौँ । एकल बुहमतको सरकार चलाइरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठकले शनिबार न्यायालयभित्रका विकृतिलाई संसद्बाट विधिसम्मत तवरले निरुपण गर्न निर्णायक कदम चाल्न पार्टीको संसदीय दललाई निर्देशन दिएको छ । बैठकपछि... ...

प्राचीन शास्त्रको कर-नीति र आजको नेपाल
चालु आर्थिक वर्ष २०८३/८४ मा सरकारले १५ खर्ब ८० अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको छ। असोज ७ सम्म २ खर्ब २ अर्ब ७२ करोड रुपैयाँ उठिसकेको छ, जुन गत वर्षको सोही अवधिभन्दा १५.४ प्रतिशत बढी हो। गत वर्षको अनुभव भने सजिलो थिएन। आर्थिक वर्ष २०८२/८३ मा सरकारले लक्ष्यको करिब ८४ प्रतिशत मात्र राजस्व उठायो, र पुँजीगत खर्च लक्ष्यको आधा ...

नेपालमा पहिलोपटक ‘बीसाइड्स’ साइबर सुरक्षा सम्मेलन हुँदै
नेपालमा पहिलोपटक साइबर सुरक्षा सम्मेलन ‘बीसाइड्स काठमाडौँ २०२६’ आयोजना हुने भएको छ। सम्मेलन आगामी नोभेम्बर २१ मा बिहान १० बजेदेखि साँझ ६ बजेसम्म काठमाडौँको बुढानीलकण्ठस्थित लेमन ट्री प्रिमियर होटलमा सम्मेलन आयोजना गरिने भएको हो। साइबर सुरक्षाको क्षेत्रमा काम गरिरहेका विज्ञ, अनुसन्धानकर्ता र यस क्षेत्रमा रुचि राख्ने व्यक्तिहरूको सामुदायिक प... ...


