लागुऔषधसहित देशका विभिन्न भागबाट १३ जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १३ जनालाई पक्राउ गरेको छ । अभियुक्तहरूबाट लागुऔषधका अतिरिक्त चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने औषधि, नगद २० हजार २ सय रुपैयाँ र एउटा मोटरसाइकलसमेत बरामद भएको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार शुक्रबार र शनिबार काठमाडौंका दुई स्थानबाट तीन, झापा र सुनसरीका एक–एक स्थानबाट दुई–दुई, पर्सा, लमजुङ र बर्दियाका एक–एक स्थानबाट एक–एक तथा कैलालीका दुई स्थानबाट तीन जनालाई पक्राउ गरिएको हो । काठमाडौं महानगरपालिका–६ चुच्चेपाटीबाट ब्राउनसुगरजस्तो देखिने पदार्थ चार ग्राम २५० मिलिग्राम र नगद २० हजार २ सय रुपैयाँ सहित सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–३ घर भएका ३९ वर्षीय छिरीङ शेर्पा पक्राउ परेका छन् । काठमाडौँ महानगरपालिका–३२ जडिबुटीबाट ब्राउनसुगरजस्तो देखिने पदार्थ छ ग्राम ७४० मिलिग्रामसहित दुई जना पक्राउ परेका छन् । झापाको झापा गाउँपालिका–५ खयरबारीबाट ब्राउनसुगरजस्तो देखिने पदार्थ एक ग्राम ९५ मिलिग्रामसहित बाह्रदशी गाउँपालिका–२ का २४ वर्षीय खड्ग राजवंशी र सोही गाउँपालिका–१ का २५ वर्षीय चैतन हेमरम पक्राउ परेका छन् । पर्साको वीरगञ्ज महानगरपालिका–१६ बसपार्कबाट नियन्त्रित लागुऔषध डाइजेपाम २७ एम्पुल, फेनारगन २९ एम्पुल र बुप्रेनोर्फिन २८ एम्पुलसहित धादिङको ज्वालामुखी गाउँपालिका–२ घर भएका २० वर्षीय निमा लामा शेर्पालाई पक्राउ गरिएको छ । कैलालीको धनगढी उपमहानगरपालिका–४ चटकपुरस्थित गोकुलेश्वर चौलानी होटलको कोठा तलासी गर्दा ब्राउनसुगरजस्तो देखिने पदार्थ १२७ मिलिग्रामसहित डोटीको जोरायल गाउँपालिका–२ का २५ वर्षीय अमरबहादुर कुँवर पक्राउ परेका छन् । यसैगरी, भजनी नगरपालिका–३ कुसुमघाटबाट एक ग्राम ५० मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थसहित दुई जना पक्राउ परेका छन् । उनीहरूमध्ये रोशन सार्कीले प्रयोग गरेको मोटरसाइकल पनि बरामद प्रहरीले नियन्त्रणमा लिएको छ । लमजुङको बेँसीसहर नगरपालिका–१ देउरालीडाँडाबाट डाइजेपाम, बुप्रेनोर्फिन र फेनारगन १०–१० एम्पुलसहित बेँसीसहर नगरपालिका–८ भुलभुलेका ३० वर्षीय सुजन तामाङ पक्राउ परेका हुन् । सुनसरीको कोशी गाउँपालिका–१ लौकही केराबारीबाट दुई ग्राम १७० मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थसहित दुहबी नगरपालिका–३ का ३४ वर्षीय दीपक परियार र उदयपुरको बेलका नगरपालिका–३ का ३२ वर्षीय बलबहादुर थापा पक्राउ परेका हुन् । बर्दियाको बढैयाताल गाउँपालिका–७ कर्णाली पुलबाट दुई ग्राम ७१० मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थसहित बाँकेको कोहलपुर नगरपालिका–९ का २१ वर्षीय सुशील परियार पक्राउ परेका हुन् ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

नौ जनाले जितिसके मोटरसाइकल र स्कुटर, म्याक्स टाइगरको अर्को भाग्यशाली को ?
काठमाडौं । कल्पना गर्नुहोस् त, तपाईंले सामान्य रूपमा किनेको एउटा इनर्जी ड्रिङ्कसले तपाईंलाई नयाँ मोटरसाइकल वा स्कुटरको मालिक बनायो भने कस्तो होला ? अझ, त्यही खरिदले कार जित्ने अवसरसमेत दिलायो भने ? सुन्दा अचम्म लाग्न सक्छ, तर म्याक्स टाइगर इनर्जी ड्रिङ्कसका नौ जना उपभोक्ताका लागि यस्तै सुखद संयोग जुरिसकेको छ । म्याक्स टाइगरको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानअन्तर्गत देशका विभिन्न स्थानका ...

सल्यानमा केशर खेतीको परीक्षण सफल, प्रतिग्राम हजारमा बिक्री
छोटो समयमै आम्दानी र उच्च बजार मूल्य देखिएपछि स्थानीय किसानहरू परम्परागत बाली छाडेर केशरको व्यावसायिक खेतीतर्फ आकर्षित भइरहेका छन्। ...

मर्मतमा ढिलाइले सल्यानका ग्रामीण सडकमा सास्ती
सडकमा पहिरो, खाल्डाखुल्डी र हिलो हुँदा स्थानीय जोखिम मोलेर यात्रा गर्न तथा बिरामीलाई स्ट्रेचरमा बोक्न बाध्य छन्। ...

नेपालको पर्यटन विश्वमाझ पुर्याउन ‘टिकटक’सँग पर्यटन बोर्डको सहकार्य
नेपालका पर्यटकीय गन्तव्यलाई अन्तरराष्ट्रिय सामाजिक सञ्जाललागतय विद्युतीय माध्यमबाट विश्वभर चिनाउने उद्देश्यले नेपाल पर्यटन बोर्ड र टिकटकको सहकार्यमा सात देशका पर्यटनसम्बन्धी सामग्री निर्माता (ट्राभल कन्टेन्ट क्रिएटर) नेपाल आएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सक्रियतामा फ्रान्स, पोर्चुगल, ट्युनिसिया, दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स (युएई), बङ्गलादेश र श्रीलङ्... ...


