ललितपुरको कुसुन्तीमा लिफ्टसहितको आकाशे पुल सञ्चालनमा आउँदै [तस्वीरहरू]
![ललितपुरको कुसुन्तीमा लिफ्टसहितको आकाशे पुल सञ्चालनमा आउँदै [तस्वीरहरू]](https://kendrabindu.com/wp-content/uploads/2026/10/1792993159-VsUN8.jpg)
ललितपुर । ललितपुरको कुसुन्ती हाइटमा निर्माण भइरहेको लिफ्टसहितको आकाशे पुल सञ्चालनमा आउने तयारीमा छ। निर्माण कार्य अन्तिम चरणमा पुगेको पुललाई छठ पर्वअघि वा त्यसलगत्तै सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ। यद्यपि, पुल उद्घाटनको निश्चित मिति भने सार्वजनिक गरिएको छैन। ललितपुर महानगरपालिका–१३ अन्तर्गत चक्रपथ क्षेत्रमा निर्माण भइरहेको यो पुल करिब चार करोड ६८ लाख रुपैयाँ लागतमा तयार पारिँदै छ। लिफ्टको सुविधासहित निर्माण गरिएको पुल सञ्चालनमा आएपछि सडक वारपार गर्न पैदलयात्रीलाई सहज हुने अपेक्षा गरिएको छ। तस्बिरः घनश्याम श्रेष्ठ/रासस
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

घोडाघोडी ताल : चराले सुनाउँछन् प्रकृतिको कथा
चाँदनी आचार्यघोडाघोडी (कैलाली), कात्तिक ९ गते । बिहानीको शान्त वातावरण, तालमाथि फैलिएको कुहिरो, पानीमा पौडिरहेका जलपन्छी र रुखका हाँगामा बसेर चिरबिर गरिरहेका चराहरू भेटिन्छन् । प्र... ...

एनपीएललाई गगन थापाको शुभकामना
सहभागी टोली, नेपाल क्रिकेट सङ्घ (क्यान) तथा क्रिकेटप्रेमीहरूलाई हार्दिक शुभकामना सन्देश दिएका छन्। ...

भक्तपुरमा जुवातास खेल्दै गरेका १४ जना पक्राउ, झन्डै ३ लाख रुपैयाँ बरामद
काठमाडौं । भक्तपुरमा जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ परेका छन्। चाँगुनारायण नगरपालिका–४, हलचापस्थित धुर्व श्रेष्ठको घरमा तास खेलिरहेको अवस्थामा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। प्रहरी प्रधान कार्यालयका अनुसार ५४ वर्षीय श्रेष्ठसहितका व्यक्तिलाई आइतबार राति पक्राउ गरिएको हो। उनीहरूको साथबाट दुई लाख ९० हजार ७० रुपैयाँ नगद र तीन बुक तास बरामद गरिएको प्रहरीले जनाएको छ। ...

ग्लोबल आइएमई बैंकलाई तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’
ग्लोबल आइएमई बैंकले सन् २०२४ र २०२५ मा पनि सोही विधामा ग्लोबल फाइनान्सको उक्त अवार्ड प्राप्त गरेको थियो । ...


