Friday, October 30, 2026||
MultiKhabarMultiKhabar
Home/Others/रौतहटमा ट्याक्टर र मोटरसाइकल ठोकिँदा प्रहरी जवान चौधरीको निधन, श्रीमती घाइते

रौतहटमा ट्याक्टर र मोटरसाइकल ठोकिँदा प्रहरी जवान चौधरीको निधन, श्रीमती घाइते

10/30/2026, 6:24:41 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
रौतहटमा ट्याक्टर र मोटरसाइकल ठोकिँदा प्रहरी जवान चौधरीको निधन, श्रीमती घाइते

फतुवा विजयपुर नगरपालिका–११ स्थित दुधिअवा–बालचनपुर सडकखण्डमा ट्याक्टर र मोटरसाइकल एकापसमा ठोकिँदा इलाका प्रहरी कार्यालय सिम्रौनगढ बारामा कार्यरत प्रहरी जवान सुभाष चौधरीको मृत्यु भएको छ । हिजो राति भएको सो दुर्घटनामा माटरसाइकल चालक प्रहरी जवान चौधरीको निधन भएको र गम्भीर घाइते भएकी उनकी पत्नी प्रहरी जवान निशा खड्काको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रमुख एवं प्रहरी निरीक्षक कृष्णदेव साहले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वसन्त गौतमका अनुसार रौतहटको फतुवा विजयपुर नगरपालिकाअन्तर्गत दुधिअवाबाट बालचनपुरतर्फ जाँदै गरेको ना२त ४७८६ नम्बरको ट्याक्टर र विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०२–०५३ प ८२०२ नम्बरको मोटरसाइकल एकापसमा ठोकिँदा प्रहरी जवान चौधरीको निधन भएको र घाइते अवस्थामा रहकी श्रीमती खड्काको उपचारपछि स्वास्थ्यमा सुधार भएको छ । मोटरसाइकलमा सवार दुवै जनालाई उपचारका लागि एम्बुलेन्समार्फत वीरगन्जस्थित बयोधा अस्पताल लगी उपचार गर्ने क्रममा प्रहरी जवान चौधरीको राति नै मृत्यु भएको प्रहरी नायब उपरीक्षक गौतमले जानकारी दिए । सो घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

पत्रकार पक्राउलाई रास्वपाले भन्यो- ‘विधिको शासनको ठाडो उल्लङ्घन’
OthersJust now

पत्रकार पक्राउलाई रास्वपाले भन्यो- ‘विधिको शासनको ठाडो उल्लङ्घन’

विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरूलाई समाचार लेखेकै आधारमा प्रहरीले कार्यालयमै पुगेर नियन्त्रणमा लिएको तथा खोजी जारी राखेको घटनाप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पार्टीका प्रवक्ता जगदीश खरेलद्वारा जारी विज्ञप्तिमा लोकतान्त्रिक प्रणालीमाथि प्रहार गर्ने यस्तो कार्यप्रति कडा आपत्ति जनाइएको छ । खरेलका अनुसार लोकतन्त्रको प्राण र सौन्दर्य नै यसका स्वायत्त, सक्षम र उत्तरदायी संस्था हुन् । नागरिकको आवाज ...

पर्दाफास
पक्राउ परेका सबै पत्रकार रिहा भएको सञ्चारमन्त्रीको भनाइ, प्रेस स्वतन्त्रताप्रति प्रतिबद्धता
OthersJust now

पक्राउ परेका सबै पत्रकार रिहा भएको सञ्चारमन्त्रीको भनाइ, प्रेस स्वतन्त्रताप्रति प्रतिबद्धता

सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमील्सीनाले शुक्रबार पक्राउ परेका सबै पत्रकार रिहा भएको बताएका छन्। विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारलाई प्रहरीले नियन्त्रणमा लिएको तथा पत्रकारको खोजी गर्दै सञ्चारगृहमा पुगेको घटनाप्रति विरोध भइरहेका बेला उनले सामाजिक सञ्जालमार्फत रिहाइको जानकारी दिएका हुन्। ‘पक्राउ परेका सबै पत्रकारहरू रिहा भएका छन्,’ सञ्चारमन्त्रीले लेखेका छन्। उनले सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै स्वतन्त्र प्रेस ...

पर्दाफास
पत्रकार पक्राउविरुद्ध रास्वपासहितका ठूला दलको एकस्वर
OthersJust now

पत्रकार पक्राउविरुद्ध रास्वपासहितका ठूला दलको एकस्वर

पत्रकारहरूलाई समाचार कक्षबाटै प्रहरीले नियन्त्रणमा लिएपछि सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)सहितका ठूला दलले विरोध गरेका छन् । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play