Wednesday, October 21, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/रौतहटमा असोजमा ९६ अपराधका घटना, ५८ लाखभन्दा बढी जरिवाना असुल

रौतहटमा असोजमा ९६ अपराधका घटना, ५८ लाखभन्दा बढी जरिवाना असुल

Share:WhatsAppFacebookX (Twitter)Telegram
रौतहटमा असोजमा ९६ अपराधका घटना, ५८ लाखभन्दा बढी जरिवाना असुल

रौतहट। रौतहटमा २०८३ साल असोज महिनामा विभिन्न प्रकृतिका ९६ वटा अपराधका घटना दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटले सार्वजनिक गरेको तथ्याङ्कमा असोज महिनाको अवधिमा १७ वटा गम्भीर प्रकृतिका घटनासहित उक्त आपराधिक घटना भएको हो। जिल्ला प्रहरी प्रमुख एसपी सिताराम रिजालका अनुसार असोज महिनामा ज्यानसम्बन्धी आठ, आत्महत्यासम्बन्धी १०, चोरीसम्बन्धी १६, सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी २३, सामाजिक अपराधसम्बन्धी १६, महिला तथा बालबालिकासम्बन्धी आठ, सवारी ज्यानसम्बन्धी छ र अन्य प्रकृतिका ९ वटा घटना दर्ता भएका छन् ।सो अवधिमा जिल्ला प्रशासन कार्यालयबाट समेत गरी कुल ३८९ ठाडो उजुरी परेको थियो। सो मध्ये ३४२ उजुरीको छलफलको माध्यमले फर्छ्यौट भएको र ४७ वटा उजुरी प्रक्रियामा रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ। त्यस्तै महिला बालबालिका तथा ज्येष्ठ नागरिक सम्बन्धी ५५ वटा उजुरी परेको र अधिकांश फर्छ्यौट भएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटको मासिक प्रगति विवरणअनुसार एक महिनाको अवधिमा चालु मुद्दाका ५९ जना प्रतिवादी पक्राउ परेका छन् भने फैसला कार्यान्वयनका क्रममा थप ५४ जना पक्राउ परेका छन् । त्यस्तै अनुचित लेनदेन मिटर ब्याज सम्बन्धी २८ वटा उजुरी परेको तथा सो बारे अनुसन्धान जारी रहेको छ। फैसला कार्यान्वयनतर्फ पक्राउ परेकाहरूबाट आठ वर्ष तीन महिना २० दिन कैद तथा ५८ लाख ८१ हजार १५० रुपैयाँ जरिवाना कार्यान्वयन गर्नुपर्ने विवरणमा उल्लेख छ । प्रहरीले लागुऔषधसम्बन्धी चार वटा मुद्दा दर्ता गरी पाँच जनालाई पक्राउ गरेको छ । उनीहरूको साथबाट पाँच किलो १६५ ग्राम गाँजासहित विभिन्न प्रकारका नशालु इन्जेक्सन १४७ एम्पुल,लागुऔषध तथा प्रतिबन्धित ३४६ ट्याब्लेट बरामद गरिएको छ । यस्तै, परोहा नगरपालिका–८ पटेल चोकबाट १२ बोरको कटुवा पेस्तोलसहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । असोज महिनामा जिल्लाभर ६८ वटा सवारी दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने ९३ जना घाइते भएका छन् । ट्राफिक नियम उल्लङ्घन गर्ने ६७४ वटा सवारीसाधनलाई कारबाही गरी ७ लाख १४ हजार ५०० रुपैयाँ जरिवाना गरिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर राजेन्द्र थापामगरले बताएका छन्। सो मध्ये चालकको कारण ४३ , पैदल यात्रीको कारण २३ र २ अन्य कारण गरी ६८ सवारी दुर्घटना भएको इन्स्पेक्टर थापामगरले जानकारी दिएका छन्। यस अवधिमा विभिन्न विपद्का २७ वटा घटना भएका छन् । ती घटनामा चार जनाको मृत्यु र सात जना घाइते भएका छन् । आगलागी, हावाहुरी तथा चौपाया क्षतिसमेत गरी कुल ५९ लाख २२ हजार ७७८ रुपैयाँ बराबरको क्षति भएको विवरणमा उल्लेख छ । राजस्व चुहावट तथा भन्सार छली नियन्त्रणका क्रममा १४ लाख ८८ हजार ५४५ रुपैयाँ बराबरका सामान बरामद गरिएको छ । सो क्रममा ६ जना तस्कर पक्राउ गर्नुका साथै तस्करीमा प्रयोग भएको ३ थान सवारी साधन बरामद भएको उल्लेख गरिएको छ। वन पैदावार नियन्त्रणतर्फ ८१ घनफिट काठसहित सवारीसाधन बरामद गरी तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । त्यस्तै, नागरिकको मोबाइल बैंकिङ विवरण दुरुपयोग गरी रकम चोरी गर्ने आरोपमा तीन जना पक्राउ परेका छन् । प्रहरीले हराएका तथा चोरी भएका २३ वटा मोबाइलसमेत फेला पारेर सम्बन्धित धनीलाई बुझाएको जनाएको छ । दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी जिल्लामा ८९० जना प्रहरी परिचालन हुने गरी विशेष सुरक्षा योजना कार्यान्वयन गरिएको छ । समुदाय केन्द्रित ८८ वटा सचेतनामूलक कार्यक्रममार्फत एक हजार ६७५ जनालाई लाभान्वित गराइएको विवरणमा उल्लेख छ । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बसन्त गौतमद्वारा हस्ताक्षरित विज्ञप्तिमा अपराध नियन्त्रण, फरार प्रतिवादी पक्राउ, फैसला कार्यान्वयन तथा शान्ति सुरक्षा व्यवस्थापनलाई प्राथमिकतामा राखेर प्रहरी गतिविधि सञ्चालन गरिएको उल्लेख छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

जब ट्रम्पलाई भान्सकै अगाडि सोधियो- उनलाई राष्ट्रपति उम्मेदवारमा समर्थन गर्नुहुन्छ?
ताजा खबरJust now

जब ट्रम्पलाई भान्सकै अगाडि सोधियो- उनलाई राष्ट्रपति उम्मेदवारमा समर्थन गर्नुहुन्छ?

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो उत्तराधिकारी (आगामी राष्ट्रपति) बारे अहिले छलफल गर्नु हतार हुने बताएका छन्।  मंगलबार ओभल अफिसमा पत्रकारहरूले ट्रम्पलाई सोधे, ‘उपराष्ट्रपति जेडी राष्ट्रपतिको उम्मेदवार बने भने तपाईं उनलाई समर्थन गर्नुहुन्छ कि हुन्न?  रोचक कुरा के छ भने ट्रम्पलाई यो प्रश्न गर्दा भान्स उनको ठिक पछाडि उभिरहेका थिए। त... ...

नेपालखबर
ठमेलमा विदेशी पर्यटकले पनि लगाए बडादसैँको टीका
ताजा खबरJust now

ठमेलमा विदेशी पर्यटकले पनि लगाए बडादसैँको टीका

नेपाल भ्रमणमा रहेका विदेशी पर्यटकले पनि नेपाली संस्कृति र परम्पराप्रति उत्साह देखाउँदै हर्षोल्लासका साथ बडादसैँको टीका र जमरा लगाएका छन्।   नेपालीको महान् पर्व बडादसैँका अवसरमा विदेशी पर्यटकले ठमेलस्थित काठमाडौँ इको होटलमा नेपाली परम्पराअनुसार रातो टीका र जमरा ग्रहण गर्दै दसैँको खुसी साटासाट गरेका हुन्।   नेपाली संस्कृति, मौलिक परम्परा र चाडपर्वको विश... ...

नेपालखबर
दसैँको टीकापछि लिङ्गे पिङमा रमाउँदै सर्वसाधारण
ताजा खबरJust now

दसैँको टीकापछि लिङ्गे पिङमा रमाउँदै सर्वसाधारण

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँको मुख्य दिन विजयादशमीमा टीका तथा जमरा ग्रहण गरेपछि लिङ्गे पिङ खेल्ने परम्पराले निरन्तरता पाएको छ । दसैँको उल्लाससँगै देशका विभिन्न स्थानमा बालबालिकादेखि वृद्धवृद्धासम्म पिङ खेलेर रमाइरहेका छन् । ‘दसैँमा एक पटक भए पनि धर्ती छोड्नुपर्छ’ भन्ने जनविश्वासअनुसार टीका लगाएपछि पिङ खेल्ने चलन नेपाली समाजमा लामो समयदेखि रहँदै आएको छ । यही परम्परालाई निरन्तरता दिँदै गाउँघर ...

कर्पोरट खबर
भक्तपुरमा मोहनी नखःको रौनक
ताजा खबरJust now

भक्तपुरमा मोहनी नखःको रौनक

भक्तपुर।भक्तपुरका नेवार समुदायले आज मोहनी नखः उल्लासमय रूपमा मनाएका छन्। विजयादशमीका दिन मान्यजनको हातबाट मोहनी सिःनं अर्थात् कालो टीका, रातो टीका र जमरा ग्रहण गरी उनीहरूले मोहनी नखः मनाएका हुन्। यहाँका नेवार समुदायले नवदुर्गा भवानीको पूजा गर्ने क्रममा महानवमीका दिन घरघरमा पालामा दियो बालेर त्यसलाई अर्को पालाले छोप्ने गर्छन्। यसरी जम्मा भएको कालो ध्वाँसोलाई मोहनी सिःनं अर्थात् कालो टीकाका रूपमा प्रयोग ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play