रेडियोले जन्माएको बुलबुल

रेडियोमा एउटा आवाज बोल्छ। दृश्य छैन। अनुहार छैन। हात हल्लाउने कलाकार छैन। न कुनै रंगीन पर्दा, न प्रकाशको झिलिमिली। केवल आवाज छ, शान्त, गहिरो र शब्दलाई बिस्तारै भावमा बदल्दै जाने आवाज। त्यो आवाज सुनेर एउटा पुस्ता हुर्कियो। कसैले राति ओछ्यानमा पल्टिएर सुन्यो। कसैले पढाइबाट थाकेको बेला सुन्यो। कसैले प्रेममा परेर सुन्यो। कसैले विदेशमा एक्लै हुँदा सुन्यो। कसैले गाउँको सानो रेडियोमा सुनेको त्यही आवाजलाई वर्षौंपछि मोबाइलको स्क्रिनमा खोज्यो। नाम थियो, अच्युत घिमिरे। तर धेरैका लागि त्यो नामभन्दा पहिले एउटा परिचय थियो, ‘बुलबुल’। रेडियोले उनलाई सुरुमा ‘आवाज’का लागि चिनेन। उनी कार्यक्रम निर्माण र अडियो लाइब्रेरीसँग सम्बन्धित काममा लागे। यो नाम उनले जन्मँदै बोकेर आएका थिएनन्। रेडियोले उनलाई यो नाम दियो। रेडियोमै उनको आवाजले आकार पायो। त्यही आवाजले पछि उनलाई नेपालभित्र मात्र होइन, संसारका विभिन्न कुनामा रहेका नेपालीसम्म पुर्यायो। अच्युत घिमिरे रेडियोमा आउँदा उनी कुनै स्थापित सञ्चारकर्मी थिएनन्। रेडियोमा बोल्ने सपना बोकेर स्टुडियो धाएका पनि थिएनन्। उनको बाटो अर्कै थियो। उनी पढ्थे। राम्रो पढ्थे। त्यसैले विद्यार्थीहरूलाई ट्युसन पढाउँथे। गणित र विज्ञान पढाएर आफ्नो पढाइको खर्च जुटाइरहेका थिए। आवाज भने त्यसबेला उनको पेसा थिएन, सामान्य जीवनको एउटा हिस्सा मात्रै थियो। अच्युत घिमिरे ‘बुलबुल’। तर विद्यार्थीहरूले उनको बोल्ने शैलीमा केही देखेका थिए, जुन स्वयं अच्युतले देखेका थिएनन्। उनीहरूकै जोडबलले एक दिन अच्युत एचबीसी रेडियोको ढोकासम्म पुगे। आवेदन दिने मन थिएन। रेडियोमा बोल्न सकिन्छ भन्ने आत्मविश्वास पनि थिएन। तर आवेदन फाराम भरियो। परीक्षा भयो। अन्तर्वार्ता भयो। सयौँ प्रतिस्पर्धीमध्ये थोरै छनोट भए। तीमध्ये अच्युत पनि थिए। त्यसपछि उनको रेडियो यात्रा सुरु भयो। रोचक कुरा के भने, रेडियोले उनलाई सुरुमा ‘आवाज’का लागि चिनेन। उनी कार्यक्रम निर्माण र अडियो लाइब्रेरीसँग सम्बन्धित काममा लागे। स्टुडियोमा बसेर अरूका आवाज र संगीत व्यवस्थापन गर्ने क्रममा उनले रेडियोभित्रको संसार नजिकबाट बुझ्न थाले। रेडियो सञ्चालन गर्ने आत्मविश्वाससँग पनि जोडियो। त्यही वातावरणमा एउटा नयाँ विचार जन्मिँदै थियो। उनीसँग अर्को एउटा जिज्ञासा पनि थियो, प्राविधिक कुरा सिक्ने। मिक्सरका अनेक फेडर, बटन र नियन्त्रणहरू उनलाई सुरुमा निकै जटिल लाग्थे। तर जिज्ञासाले उनलाई बिहानै रेडियो पुर्याउन थाल्यो। अरू आउनुअघि उनी पुग्थे। सिक्थे। प्रयोग गर्थे। सिक्न हजार दिन लाग्ला जस्तो लागेको उपकरण उनले केही दिनमै चलाउन सिके। त्यो सिकाइ उनको आवाजसँग मात्र जोडिएन। रेडियो सञ्चालन गर्ने आत्मविश्वाससँग पनि जोडियो। त्यही वातावरणमा एउटा नयाँ विचार जन्मिँदै थियो। त्यतिबेला रेडियोमा प्रेमपत्र, गीत र हल्का मनोरञ्जनात्मक सामग्री प्रशस्तै सुनिन्थे। अच्युतलाई भने साहित्यका पुस्तक र शास्त्रीय संगीतलाई एउटै ठाउँमा ल्याउने रहर भयो। उनले संगीत सुने। पुस्तक पढे। कुन धुनमा कुन शब्द सुहाउँछ भनेर परीक्षण गरे। कहिले धुन अघि सार्थे, कहिले पछाडि। कहिले एउटा अनुच्छेदसँग एउटा संगीत मिलाउँथे, कहिले अर्को। रेडियोमा कार्यक्रम प्रस्तुत गर्दै अच्युत घिमिरे ‘बुलबुल’। यो केवल कार्यक्रम बनाउने काम थिएन। आवाज, शब्द र संगीतबीचको सम्बन्ध खोज्ने अभ्यास थियो। त्यही प्रयोगबाट जन्मियो, ‘श्रुति संवेग’। पहिलो वाचन गुरुप्रसाद मैनालीको ‘चिताको ज्वाला’बाट सुरु भयो। एउटा सामान्य परीक्षणजस्तो लाग्ने त्यो प्रयास बिस्तारै रेडियो इतिहासकै लोकप्रिय साहित्यिक वाचन कार्यक्रम बन्न पुग्यो। अच्युतको आवाजले कथा मात्रै पढेन, कथाको वातावरण बनाउन थाल्यो। शब्द जहाँ पुग्थ्यो, आवाज त्यहीँ पुग्थ्यो। कथामा दुःख थियो भने आवाजमा त्यसको कम्पन सुनिन्थ्यो। प्रेम थियो भने स्वर नरम हुन्थ्यो। तनाव थियो भने गति बदलिन्थ्यो। कसैले आफ्नो गाउँको कुरा लेख्थे। कसैले आफू बसेको ठाउँको। कसैले कथा पठाउँथे। कसैले कविता। श्रोता सुन्दै गए। पहिले केही रेडियोबाट प्रसारण हुने कार्यक्रम बिस्तारै धेरै रेडियोको रोजाइ बन्यो। देशका विभिन्न ठाउँमा एउटै समयमा एउटै आवाज सुनिन थाल्यो। त्यसबेला सामाजिक सञ्जाल थिएन। प्रतिक्रिया दिन ‘कमेन्ट’ थिएन। ‘लाइक’ थिएन। श्रोताको प्रेम कागजमा आउँथ्यो, चिठीमा। अच्युतको नाममा आउने चिठीहरू बिस्तारै चाङ बन्न थाले। कसैले आफ्नो गाउँको कुरा लेख्थे। कसैले आफू बसेको ठाउँको। कसैले कथा पठाउँथे। कसैले कविता। कसैले आफ्नै मनको कुरा। रेडियोमा बोल्ने एउटा युवकलाई देशका अपरिचित ठाउँबाट अक्षरहरू आउन थाले। यहीँबाट अच्युतको अर्को परिचय जन्मियो, ‘बुलबुल’। गजल र सिर्जनालाई केन्द्रमा राखेर उनले अर्को कार्यक्रम सुरु गरे। ‘श्रुति संवेग’मा कथा, उपन्यास र साहित्यिक वाचनको एउटा गम्भीर संसार थियो भने ‘बुलबुल’मा अनेक आवाज, अनेक गजल र श्रोतासँगको प्रत्यक्ष भावनात्मक सम्बन्ध थियो। उनलाई लाग्यो, आवाज सुन्ने मानिसले आफ्नो मनमा बनाएको अच्युतलाई जोगाइराख्न पाए राम्रो। दुवै कार्यक्रमले अच्युतलाई एउटै कुरा सिकाए, आवाज देखिँदैन, तर आवाजको पनि अनुहार हुन्छ। श्रोताले आफ्नो कल्पनामा अच्युतको अनुहार बनाए। कोही उनलाई अग्लो ठान्थे। कोही होचो। कोही फरक रूप कल्पना गर्थे। उनलाई भेट्न चाहने पनि धेरै भए। तर अच्युत भने आफूलाई देखाउन हतारिएनन्। उनलाई लाग्यो, आवाज सुन्ने मानिसले आफ्नो मनमा बनाएको अच्युतलाई जोगाइराख्न पाए राम्रो। अनुहार देखेपछि कल्पनाको त्यो संसार भत्किन सक्छ। त्यसैले लामो समयसम्म अच्युत घिमिरेको आवाज सार्वजनिक थियो, अनुहार लगभग निजी। तर समय रोकिएन। रेडियो बदलियो। प्रविधि बदलियो। माध्यम बदलियो। एचबीसी बन्द भयो। उनी अर्को सञ्चार संस्थातिर पुगे। केही समय एन्टेना फाउन्डेसन नेपालमा काम गरे। त्यसपछि उज्यालो रेडियो नेटवर्कसँग जोडिए। ‘श्रुति संवेग’ र ‘बुलबुल’ले नयाँ रेडियो घर पाए। स्टेसन फेरिए, तर आवाज फेरिएन। श्रोता पनि फेरिँदै गए। सामाजिक सञ्जालमा आएको परिवर्तनले उनका वर्षौंका सम्पर्क र सामग्रीसमेत प्रभावित भए। रेडियोको पुस्ता मोबाइलको पुस्तामा प्रवेश गर्यो। चिठी लेख्ने हातले इमेल लेख्न थाल्यो। पछि फेसबुकमा सन्देश पठाउन थाल्यो। अच्युत पनि डिजिटल संसारबाट टाढा रहेनन्। उनका पुराना कार्यक्रमका रेकर्ड इन्टरनेटमा पुग्न थाले। अरूले उनको नाममा सामग्री राख्न थाले। उनको आवाज उनको अनुमतिबिना विभिन्न डिजिटल प्लेटफर्ममा फैलिन थाल्यो। एक हिसाबले यो अनौठो समय थियो। रेडियोले बनाएको आवाज अब रेडियोको सीमाभन्दा बाहिर निस्किसकेको थियो। तर डिजिटल संसारले आफ्नै चुनौती पनि ल्यायो। पुराना सामग्री, अधिकार र स्वामित्वका प्रश्न उठ्न थाले। त्यसमाथि सामाजिक सञ्जालमा आएको परिवर्तनले उनका वर्षौंका सम्पर्क र सामग्रीसमेत प्रभावित भए। ‘बुलबुल’को यात्रा त्यहाँ रोकिएन। रेडियोबाट जन्मिएको आवाजले नयाँ मञ्च खोज्यो, युट्युब। उनको लोकप्रिय फेसबुक पेज हरायो। धेरै फलोअर, धेरै सन्देश र वर्षौंको डिजिटल सम्बन्ध एकैपटक हराउँदा त्यो केवल एउटा पेज हराउनु थिएन। त्यो उनको यात्राको एउटा डिजिटल अभिलेख हराउनु पनि थियो। तर ‘बुलबुल’को यात्रा त्यहाँ रोकिएन। रेडियोबाट जन्मिएको आवाजले नयाँ मञ्च खोज्यो, युट्युब। रेडियोमा कार्यक्रम प्रस्तुत गर्दै अच्युत घिमिरे ‘बुलबुल’। पहिले रेडियो स्टुडियो थियो। अब क्यामेरा र डिजिटल स्क्रिन पनि मञ्च बने। पहिले श्रोता रेडियोको वरिपरि थिए। अब संसारभर छरिएका नेपाली कान थापेर बसेका छन्। अच्युतले उपन्यास पढे। कथा पढे। कविता पढे। अडियोबुक बनाए। लेखकहरूसँग अनुमति लिने र व्यावसायिक सम्झौता गर्ने अभ्यास अघि बढाए। यसले उनको भूमिकालाई रेडियो प्रस्तोताबाट विस्तार गरेर अडियोबुक वाचक र डिजिटल सामग्री निर्मातासम्म पुर्यायो। उनको आवाज अब एउटा कार्यक्रमको आवाज मात्र रहेन। यो पुस्तक र पाठकबीचको पुल बन्यो। अच्युत घिमिरेको यात्रा केवल व्यक्तिगत लोकप्रियताको कथा होइन। यो नेपाली साहित्यको श्रव्य यात्राको कथा पनि हो। कतिपय पुस्तक बजारमा धेरै नचल्दा उनको वाचनपछि पाठकले खोज्न थाले। लेखकका सिर्जना नयाँ श्रोतासम्म पुगे। पुस्तक पढ्न नसक्नेले सुन्न पाए। सुनेपछि पुस्तक हातमा लिएर पढ्ने इच्छा गर्नेहरू पनि भेटिए। यस अर्थमा अच्युत घिमिरेको यात्रा केवल व्यक्तिगत लोकप्रियताको कथा होइन। यो नेपाली साहित्यको श्रव्य यात्राको कथा पनि हो। रेडियोको एउटा कुनाबाट सुरु भएको आवाज आज देशको सीमाभन्दा बाहिर पुगेको छ। अमेरिकाको कोलोराडोमा ‘बुलबुल नोस्टाल्जिया’का लागि दर्शक जम्मा हुँदा यसको प्रमाण देखियो। कहिल्यै रेडियोबाट मात्र सुनेको आवाज मञ्चमा प्रत्यक्ष सुन्न मानिसहरू पुगे। त्यहाँ उनले आफ्ना सिर्जना पढेनन्। अरू लेखकका कविता, कथा र रचनालाई आफ्नो आवाज दिए। मञ्चमा उनी लेखक थिएनन्। अभिनेता पनि थिएनन्। तर शब्दलाई जीवन दिने कलाकारका रूपमा उपस्थित थिए। आज ‘बुलबुल’ एउटा कार्यक्रमको नाम मात्रै होइन। यो रेडियोले जन्माएको एउटा आवाजको लामो यात्रा हो। त्यो दृश्यले एउटा पुरानो प्रश्न फेरि सम्झायो, कलाकार हुन अनुहार देखिनैपर्छ र? अच्युत घिमिरेको यात्राले यसको आफ्नै उत्तर दिइसकेको छ। उनको शक्ति अनुहारमा होइन, आवाजमा छ। उनको परिचय एउटै स्टुडियोमा सीमित छैन। एचबीसीको त्यो पुरानो रेडियो कक्षदेखि उज्यालोको स्टुडियोसम्म, चिठी बोकेर आउने श्रोतादेखि फेसबुकका फलोअर हुँदै युट्युबका दर्शकसम्म, नेपालको गाउँदेखि अमेरिकाको रंगमञ्चसम्म उनको आवाजले माध्यम बदल्दै यात्रा गरिरहेको छ। आज ‘बुलबुल’ एउटा कार्यक्रमको नाम मात्रै होइन। यो रेडियोले जन्माएको एउटा आवाजको लामो यात्रा हो। माध्यम फेरिए, प्रविधि फेरियो, पुस्ता फेरियो। तर अच्युत घिमिरेको आवाजले बनाएको परिचय उस्तै छ। कहिल्यै रेडियोमा बोल्छु भन्ने नसोचेका एक जना ट्युसन शिक्षकलाई विद्यार्थीहरूले रेडियोको ढोकासम्म पुर्याए। रेडियोले उनलाई माइक दियो। उनले माइकलाई आवाज दिए। आवाजले कथालाई जीवन दियो। कथाले श्रोता जोड्यो। श्रोताले ‘बुलबुल’ जन्मायो। र, त्यो बुलबुल आज पनि उडिरहेको छ। पहिले रेडियोको तरंगमा, अहिले युट्युब र अडियोबुकको डिजिटल संसारमा। माध्यम फेरिए, प्रविधि फेरियो, पुस्ता फेरियो। तर अच्युत घिमिरेको आवाजले बनाएको परिचय उस्तै छ। अचेल उनी आफैँ भन्छन्, “एक दिन सुन्दरता सकिएर जान्छ तर आवाज कहिले मर्दैन।” आवाजले बनाएको परिचय नेपाली साहित्यमा युगयुगसम्म बाँचिरहनेछ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News
_tWG7QDpAe2.webp)
एसईई र रजिस्ट्रेसनका नाममा सरकारी दोहोरो चरित्र : नियमावली विपरीत राजस्व असुली
काठमाडौँ । नेपालको वर्तमान संविधान धारा ३१ मा माध्यमिक तह (कक्षा १२) सम्मको शिक्षा निःशुल्क हुने स्पष्ट व्यवस्था भए पनि सरकार आफैँले विद्यार्थीबाट दर्जनभन्दा बढी शीर्षकमा बर्सेनि गैरकानुनी शुल्क असुल... ...

न्यायालय शुद्धीकरणका लागि संसदबाटै कदम चाल्न निर्देशन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चार क्षेत्रमा प्रहरी प्रशासनमार्फत भएका भनिएका गतिविधिप्रति आपत्ति जनाउँदै गैरजिम्मेवार आदेश दिने व्यक्तिहरूको पहिचान गरी कडा कारबाही गर्न सरकारसँग माग गरेको छ। साथै, न्यायालयभित्र देखिएका विकृति र अनुचित साँठगाँठका घटनालाई विधिसम्मत रूपमा निरूपण गर्न संसदबाट निर्णायक कदम चाल्न संसदीय दललाई निर्देशन दिएको छ। पार्टी सभापति रवि लामिछानेको सभापतित्वमा आज केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले ...

वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक सञ्चालन
मुस्ताङ । भारी वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक मर्मतपछि सञ्चालनमा आएको छ । अर्नब चक्रवात प्रभावका कारण शुक्रबार रातिदेखि परेको भारी वर्षाले बारागुङ मुक्तिक्षेत्र–३ चैले सडक भासिदा आज बिहानैदेखि अवरुद्ध भएको थियो... ...

सुदूरपश्चिम र विराटनगरबिच खेल हुने, टस राति ९ बजे
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्सबीचको खेलको टस राति ९ बजे हुने भएको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानको खराब अवस्थाका कारण निर्धारित समयमा खेल... ...


