रुस, युक्रेन र अमेरिकाबीच अबु धाबीमा वार्ता हुने

एजेन्सी । रुस, युक्रेन र संयुक्त राज्य अमेरिकाबीच आगामी नोभेम्बरमा संयुक्त अरब इमिरेट्स (यूएई) को राजधानी अबु धाबीमा त्रिपक्षीय वार्ता गर्ने योजना रहेको क्रेमलिनले जनाएको छ । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै युक्रेन युद्ध अन्त्य गर्ने उद्देश्यले वार्ताको अर्को चरण अबु धाबीमा आयोजना गर्ने योजना रहेको बताएका हुन् । यस साता सेन्ट पिटर्सबर्गमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी विशेष दूत स्टिभ विटकफबीच भएको भेटवार्तापछि वार्ता प्रक्रिया पुनः सुरु गर्ने सम्भावना बढेको हो । वर्षको सुरुदेखि अवरुद्ध रहँदै आएको वार्तालाई अघि बढाउन रुसले पनि तत्परता देखाएको छ । पेस्कोभका अनुसार वार्ता मध्य नोभेम्बरमा हुने योजना छ र त्यसमा रुस, युक्रेन तथा अमेरिकाको सहभागिता रहनेछ । रुसले नोभेम्बर १० आसपास वार्ता हुन सक्ने सङ्केत गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले युद्ध अन्त्यका लागि कूटनीतिक प्रयास तीव्र पारिरहेका बेला यो घोषणा आएको हो । अमेरिकी विशेष दूत विटकफले पुटिनसँग भेट गर्नुअघि मङ्गलबार नर्वेको ओस्लोमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र युरोपेली नेताहरूसँग छलफल गरेका थिए । यी भेटवार्तापछि किएभ र मस्को दुवैले अमेरिकी मध्यस्थतामा प्रत्यक्ष वार्ता पुनः सुरु गर्न आफूहरू तयार रहेको सङ्केत दिएका छन् । सन् २०२२ को फेब्रुअरीमा रुसले युक्रेनमाथि पूर्णस्तरको आक्रमण सुरु गरेपछि जारी युद्ध पाँचौँ वर्षतर्फ अघि बढिरहेको छ । युद्ध अन्त्य गर्ने उद्देश्यले हुन लागेको सम्भावित वार्तालाई महत्वपूर्ण कूटनीतिक पहलका रूपमा हेरिएको छ । यद्यपि, वार्ता कहिले सुरु हुने भन्ने विषयमा दुवै पक्षको प्राथमिकतामा केही भिन्नता देखिएको छ । रुसले नोभेम्बरको दोस्रो सातालाई सम्भावित समयका रूपमा अघि सारेको छ भने युक्रेनी राष्ट्रपति जेलेन्स्कीले वार्ता जतिसक्दो चाँडो हुनुपर्नेमा जोड दिएका छन् । यसैबीच, बिहीबार राति प्रसारित एक टेलिभिजन अन्तर्वार्तामा राष्ट्रपति पुटिनले सम्भावित त्रिपक्षीय वार्ता छोटो अवधिको युद्धविराममा मात्र केन्द्रित नहुने बताएका छन् । उनका अनुसार छलफलको मुख्य विषय अन्तिम शान्ति सम्झौतासँग सम्बन्धित सुरक्षा व्यवस्थाहरू हुनेछन् ।
Read Complete Original Article
Published originally on विश्वखबर
Related News

आहा रारा पोखरा गोल्डकप माघ पहिलो सातादेखि
आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण आगामी माघ पहिलो साता सुरु हुनेभएको छ। प्रतियोगिता माघ ५ देखि १६ गतेसम्म पोखरा रङ्गशालामा सञ्चालन हुने आयोजक सहारा क्लब पोखराले जानकारी दिएको छ। ‘खेलकुदको विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटन सहरका रूपमा स्थापित गरौँ’ भन्ने नारासहित सञ्चालन हुँदै आएको यस प्रतियोगिताले नेपाली फुटबलको... ...

बंगलादेशका ब्याटिङ अलराउन्डर शामीम हुसेन लुम्बिनी लायन्समा
काठमाडाैँ । लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को आगामी सिजनका लागि बंगलादेशका प्रतिभाशाली ब्याटिङ अलराउन्डर शामीम हुसेनलाई टोलीमा अनुबन्ध गरेको छ। बायाँहाते आक्रामक ब्याटिङ र आवश्यक पर्दा अफ स्पिन... ...

जुम्ली किसानलाई वर्षे बाली भित्र्याउन भ्याइनभ्याइ
जुम्ला। जुम्लाका किसानलाई यो याममा बर्खे बाली भित्र्याउन चटारो परेको छ । दसैँको रौनक सकिनै लाग्दा हिमाली जिल्ला जुम्लाका किसानहरूलाई भने पाकेको कोदो, धान, फापर, सिमी र मकै लगायतका बाली भित्र्याउन भ्याइनभ्याइ भएको तिला गाउँपालिका-८ का वडाध्यक्ष आसे बस्नेतले बताएका छन् । मौसम सफा भएकाले पाकेको बाली थन्क्याउन अहिले यहाँका किसान खेतबारीका काममा व्यस्त रहेका छन् । दसैँभन्दा पनि किसानहरूलाई बाली भित्र्याउने ...

साइबर ठगीका १९ प्रवृत्ति : कसरी जोगिने ठगिनबाट ?
काठमाडौँ । निजामती सेवाबाट अवकाश पाएका एक जना पूर्व कर्मचारीलाई अपरिचित नम्बरबाट यस्तो फोन आयो, ‘म बैङ्कबाट बोलेको तपाईँको केवाईसी अपडेट गर्नुपर्ने रहेछ ।’ सेवा अवधिभरको कमाई जम्मा गरेर राखेको... ...


