रुस–युक्रेन युद्ध अन्त्य गर्न वार्ताको सम्भावना बढेको ट्रम्पको सङ्केत

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीचको युद्ध अन्त्य गर्ने शान्ति सम्झौता लामो समयपछि पहिलो पटक सम्भावनाको नजिक पुगेको बताएका छन् । उनले वार्ता संवेदनशील अवस्थामा रहेकाले रुसमाथि थप प्रतिबन्ध लगाउँदा कूटनीतिक प्रयास प्रभावित हुन सक्ने उल्लेख गरे । ह्वाइट हाउसबाट दक्षिण क्यारोलिना प्रस्थान गर्नुअघि बुधबार पत्रकारहरूसँग कुरा गर्दै उनले सम्झौताको सम्भावना बढेका बेला प्रतिबन्ध लगाउनु उचित नहुने बताए । आवश्यक परे रुसमाथि प्रतिबन्ध लगाउने अधिकार आफूसँग रहेको उनको भनाइ थियो । इरानविरुद्धको अमेरिकी सैन्य कारबाहीमा रुस र चीनको भूमिका सीमित रहेको दाबी गर्दै राष्ट्रपति ट्रम्पले दुवै देशले उल्लेखनीय हस्तक्षेप नगरेकामा प्रशंसा गरे । उनले रुस र चीनलाई सहभागी गराएर आणविक निशस्त्रीकरणसम्बन्धी बैठक गर्ने सम्भावनालाई पनि सकारात्मक बताए । यसैबीच, युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले युद्ध अन्त्य गर्ने पहलस्वरूप वर्तमान अग्रपङ्क्तिमा लडाइँ रोक्न र कूटनीतिक वार्ता अघि बढाउन युक्रेन तयार रहेको बताएका छन् । फक्स न्युजसँग कुरा गर्दै उनले युद्धविरामपछि अमेरिका र युरोपेली राष्ट्रहरूबाट सुरक्षा प्रत्याभूति खोजिने स्पष्ट पारे । डोनबास क्षेत्र त्यागेर युद्ध अन्त्य गर्ने सम्भावनाबारे सोधिएको प्रश्नमा राष्ट्रपति जेलेन्स्कीले रुसले युद्धमैदानमा विजय हासिल गरिरहेको दाबी अस्वीकार गरे । उनले वर्तमान युद्धक्षेत्रको अवस्थालाई आधार बनाएर वार्ता सुरु गर्नुपर्ने र त्यसबाट व्यापक शान्ति योजना अघि बढाउन सकिने बताए । यसैबीच, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका सहयोगी युरी उशाकोभले अमेरिकी राष्ट्रपति ट्रम्प र पुटिनबीच चीनमा हुने आगामी एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनका क्रममा प्रत्यक्ष भेटवार्ता हुन सक्ने बताएका थिए ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

शान्ति वार्ताको तयारीबीच किएभमा रुसी क्षेप्यास्त्र आक्रमण, १५ जना घाइते
• रुसले युक्रेनसँग शान्ति वार्ता पुनः सुरु गर्न तयार रहेको बताए पनि, युक्रेनको राजधानी किएभमा आक्रमण गर्दै १५ जना घाइते भएका छन्। • अमेरिकी राष्ट्रपति ट्रम्पले रुस र युक्रेनबीच युद्ध अन्त्य गर्ने सहमति नजिक पुगेको बताएका छन्, तर वार्तामा स्पष्ट प्रगति भएको छैन। • युक्रेनले रुसको आक्रमण रोक्न हवाई प्रतिरक्षा प्रणालीको माग गर्दै आएको छ, र युद्ध लम्बिँदै जाँदा सर्वसाधारणको ...

पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान
काठमाडौँ। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी आज चीन प्रस्थान गरेकी छन्। चीनको हपवे प्रदेशको स्योङआनमा आयोजना हुन लागेको ‘ग्लोबल गभर्नेन्स् फोरम’मा सहभागी हुनका लागि उनी आज त्यसतर्फ प्रस्थान गरेकी हुन्। परिवर्तनशील विश्वमा विश्वास र सहकार्यको पुनर्निर्माण ‘थिम’ रहेको उक्त ग्लोबल गभर्नेन्स सम्मेलन यही अक्टोबर २३ देखि २५ सम्म आयोजना हुदैँछ। सो सम्मेलनलाई पूर्व राष्ट्रपति भण्डारीले विशिष्ट अतिथिका रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले ...

म्याग्दीमा विपद्पछिको पुनर्निर्माण चुनौती, स्रोत जुटाउनै सकस
म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित म्याग्दीमा पुनर्निर्माण र पुनःस्थापनाका लागि आर्थिक स्रोत जुटाउनु प्रमुख चुनौती बनेको छ । बाढीपहिरोले मानवीय क्षतिसँगै निजी आवास र भौतिक पूर्वाधारमा ठूलो क्षति पुर्याएपछि स्थानीय तहलाई पुनर्निर्माणको काम अघि बढाउन कठिन भएको हो । असोज ८ देखि ११ गतेसम्मको निरन्तर वर्षापछि आएको बाढीपहिरोले जिल्लाका सडक, पुल, खानेपानी, सिँचाइ, विद्युत् र […] ...

साउदी अरबमा ड्रोनको भग्नावशेष लागेर एक नेपालीसहित दुई जनाको मृत्यु
• साउदी अरबको अराम्को तेल केन्द्रमा ड्रोनको भग्नावशेष खस्दा एक नेपालीसहित दुई जनाको मृत्यु भएको छ। • हालका दिनमा यमनका हुथी विद्रोहीले साउदी अरबका विमानस्थल र ऊर्जा पूर्वाधारलाई लक्षित गरी आक्रमण तीव्र पारेका छन्। • अमेरिकाले साउदी अरबमा रहेका गैरआवश्यक सरकारी कर्मचारी र उनीहरूको परिवारलाई देश छाड्न आदेश दिएको छ। ...


