रुसमाथिका प्रतिबन्धमा ट्रम्पको रोक

अमेरिका।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथिका आर्थिक प्रतिबन्ध र शुल्क कार्यान्वयनमा ६० दिन रोक लगाएका छन्। विश्व अर्थतन्त्रमा त्यसको प्रभाव अध्ययन गर्न निर्णय गरिएको विदेशमन्त्री मार्को रुबियोले बताएका छन्। तर, यसबाट रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई फाइदा पुग्ने भन्दै अमेरिकी सांसद र युक्रेनले आलोचना गरेका छन्। रुबियोका अनुसार इरानमाथिको युद्ध र यमनका हुथी समूहका आक्रमणलगायत द्वन्द्वले विश्वव्यापी तेल तथा डिजेलको मूल्य बढाएको छ। यस्ता घटनाले समग्र अर्थतन्त्रमा असर पारिरहेकाले प्रतिबन्ध र शुल्कको प्रभाव विश्लेषण गर्नुपर्ने उनको भनाइ छ। अमेरिकी कङ्ग्रेसले गत महिना पारित गरेको कानूनमा रुसी अधिकारी, धनाढ्य वर्ग र वित्तीय संस्थामाथि प्रतिबन्ध लगाउनुका साथै रुसी तेल तथा ग्यासका प्रमुख खरिदकर्तालाई कारबाही गर्ने अधिकार राष्ट्रपतिलाई दिइएको थियो। युक्रेनविरुद्धको युद्धका लागि रुसले आर्थिक स्रोत जुटाउन नपाओस् भन्ने यसको उद्देश्य थियो। तर, कानून कार्यान्वयन हुनुभन्दा दुई दिनअघि शुक्रबार ट्रम्पले कार्यकारी आदेशमार्फत छुट दिएका थिए। रिपब्लिकन सिनेटर थोम टिलिसले यस निर्णयलाई गैरजिम्मेवार भन्दै ऊर्जा मूल्य घटाउन पुटिनलाई सहयोग गर्नुभन्दा इरानको समस्या समाधान गर्नुपर्ने बताएका छन्। अर्का रिपब्लिकन सिनेटर टेड क्रुजले पनि यसलाई गल्ती भनेका छन्। रुबियोले रुसी डिजेल विश्व बजारमा कुनै न कुनै रूपमा पुग्ने भएकाले अमेरिकाले त्यसको हिस्सा प्राप्त गर्नु व्यावहारिक हुने तर्क गरे। डिजेल सडक निर्माण, कृषि र निर्माण क्षेत्रमा महत्त्वपूर्ण इन्धन हो। इरान युद्धका कारण बढेको इन्धन मूल्य आगामी महिना हुने मध्यावधि निर्वाचनअघि अमेरिकी मतदाताको प्रमुख चिन्ता समेत बनेको छ। युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले अमेरिकाले रुसमाथिका थप प्रतिबन्ध हटाउन सक्ने चिन्ता व्यक्त गर्दै ट्रम्पको निर्णयले पुटिनलाई पुरस्कृत गरेको टिप्पणी गरेका छन्।–रासस /एएफपी
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

युरोपभर अस्थिरता : फ्रान्स, बेल्जियम, इटली र पोर्चुगलमा प्रदर्शन
फ्रान्सको गृह मन्त्रालयका अनुसार फ्रान्सभरका प्रदर्शनमा ५ लाख ५० हजारभन्दा बढी मानिस सहभागी भएका थिए । ठाउँ-ठाउँमा प्रदर्शनकारी र प्रहरीबीच कडा झडप भएको थियो ...

सख्या नाचले गुल्जार गाउँबस्ती
“डानु डाडा डानु रि डाडा डानु डरिउना भली रसखि र डानु रि डाडा डरिउना रि कहिलेटोही मै समिरौ सरस्वती मैयासखि र सरस्वती मैयाँ स्यावा रि मोरी लेओ…” मादल र मञ्जिराको तालसँगै गुञ्जिने सख्या गीतको यही भाकाले यतिबेला थारू गाउँबस्तीलाई उल्लासमय बनाएको छ। दिनभरि खेतबारी र घरायसी काममा व्यस्त हुने थारू युवती साँझ परेपछि हातमा मञ्जिरा लिएर मटावाँको आँगनमा भेला हुन्छन्। उनीहरूको ...

विवाह अघि र पछिको दसैँ
वर्षभरि मानिस जहाँ भएपनि जस्तोसुकै अवस्थामा रहे पनि दसैँ आउँदा मन स्वतः घरतिरै फर्किन्छ । टाढिएका आफन्तहरू नजिक हुने पर्व पनि दसैँ हो । निधारमा सजाइने रातो टीका अनि पहेँलो जमरासँगै... ...

करदातालाई बम्पर उपहार
काठमाडौं।करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत गत असोज १६ देखि ३१ गतेसम्मका १६ जना पाक्षिक उपहार विजेता र बम्पर उपहार विजेता घोषणा गरिएको छ। आज यहाँ आयोजित कार्यक्रममा कलाकार दीपकराज गिरी र दीपाश्री निरौलाले विजेताको नाम घोषणा गरेका हुन्। आन्तरिक राजस्व विभागका महानिर्देशक भीष्मकुमार भुसालका अनुसार कुपन नम्बर ०८१६३२५१५८४९ ले १० लाखको पाक्षिक बम्पर उपहार प्राप्त गरेको छ। त्यसैगरी, कुपन नम्बर ०८८७९०१७०, ०९३८९८३१४८६८, ०८०१६२९७६९३४, ...


