रुपन्देहीमा १० हजार भूमिहीन र ७१ हजार बढी अव्यवस्थित बसोबासी

रुपन्देहीमा हालसम्म १० हजार बढी भूमिहीन सुकुम्बासी र ७१ हजार जना बढी अव्यवस्थित बसोबासीको विवरण प्रविष्टि (इन्ट्री) गरिएको छ । जिल्ला भूमि समस्या समाधान समिति, रुपन्देहीका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालका अनुसार हालसम्म जिल्लामा १० हजार १ सय ६५ भूमिहीन र ७१ हजार ९ सय ४२ अव्यवस्थित बसोबासीको लगत प्रविष्टि भएको छ । समितिका अनुसार बुटवल उपमहानगरपालिकामा १ हजार २ सय ८१, देवदह नगरपालिकामा ४ सय ९२, गैडहवा गाउँपालिका ७ सय ३६, कञ्चन गाउँपालिकामा ३ हजार १ सय २६, लुम्बिनी साँस्कृतिक नगरपालिकामा १ सय ८३, मायादेवी गाउँपालिकामा ३ सय १, सैनामैना नगरपालिकामा ७ सय २९, सम्मरीमाई गाउँपालिकामा ७४, सिद्धार्थनगर नगरपालिकामा २ सय ४२, सियारी गाउँपालिकामा १ सय ८३, शुद्धोदन गाउँपालिकामा ३ सय ३० र तिलोत्तमा नगरपालिकामा २ हजार ४ सय ८८ भूमिहीन छन् । त्यस्तै बुटवलमा १५ हजार ९ सय ७१, देवदहमा १६ हजार २४, गैडहवामा ३ हजार ८ सय ४६, कञ्चनमा १० हजार ४ सय ७७, लुम्बिनीमा २ सय ९९, मायादेवीमा ६ सय ७८, सैनामैनामा १५ हजार ६ सय ६३, सम्मरीमाईमा १, सिद्धार्थनगरमा ६५, सियारीमा १ हजार २ सय २३, शुद्धोदनमा १ हजार ५ सय १२ र तिलोत्तमामा ६ सय १ सय ८३ अव्यवस्थित बसोबासी छन् । जिल्लाको रोहिणी, ओमसतिया, मर्चवारीमाई र कोटहीमाई गाउँपालिकामा भने एउटा पनि भूमिहीन र अव्यवस्थित बसोबासीको विवरण छैन । रुपन्देहीमा १६ वटा स्थानीय तहहरु छन् । प्रमुख जिल्ला अधिकारीले अर्यालले अब सदाका लागि भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्नुपर्छ भनेर नेपाल सरकारले प्राथमिकताका साथ काम अघि बढाएको बताए । सो मुताविक स्थानीय तहहरुले काम पनि गरिरहेको उनको भनाइ छ । गत जेठ २१ गतेको निर्णयबाट जिल्ला समितिको गठन भएको थियो । यो समिति गठन भइसकेपछि असार २५ गतेभित्र भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको प्रमाणीकरण गरेर पठाइदिन स्थानीय तहहरुलाई पत्राचार तथा अनुरोध गरिएको उनले बताए । ‘सो मुताविक कतिपय पालिकाले पठाउनुभएको छ, कतिपयले अझै केही केलाउँदै हुनुहुन्छ । पहिचान गर्नका लागि केही समय लाग्ने भएकोले त्यो काम भइरहेको छ,’उनले भने । कञ्चन गाउँपालिका, सैनामैना नगरपालिका, देवदह नगरपालिका र बुटवल उपमहानगरपालिकामा प्राथमिकता दिएर काम अगाडि बढेको उहाँको भनाइ छ । अब यो काम भनेको स्थानीय तहले कति सक्रियता देखाउँछ भन्नेमा निर्भर रहेको उनले बताए । ‘स्पष्ट रुपमा त्यहाँ तोकिएको छ, ५ हजारभन्दा माथिको संख्यामा भएको लाभग्राहीहरुको हकमा ५ सय दिनभित्र हामीले काम सम्पन्न गर्नुपर्ने हुन्छ, ’उनले भने ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

भारतीय इतिहासकै ठूलो आईपीओ ल्याउँदै जियो
भारतीय डिजिटल तथा दूरसञ्चार कम्पनी जियोले सार्वजनिक सेयर निष्कासन प्रक्रिया अघि बढाएको छ । रिलायन्स इन्डस्ट्रिज लिमिटेडको सहायक कम्पनी जियोले बुधबारदेखि तीन खर्ब दुई अर्ब भारतीय रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्नेछ । यो भारतीय इतिहासकै सबैभन्दा ठूलो सेयर निष्कास रहेको बताइएको छ। अहिले भारतीय सेयर बजारमा मन्दीको वातावरण छ । नेशनल स्टक एक्सचेन्जले यसअघि २.४ अर्ब डलरको आईपीओ निष्कासन गरेको थियो । ...

नेपालसँग नियमित खेल्ने यी चार टोली, जसले खेलेका छन् ओडीआई विश्वकप
नेदरल्यान्ड्स, स्कटल्यान्ड, यूएई र नामिबिया- यी चारै टोली विश्वकपको मुख्य प्रतियोगिता खेलिसकेका टोली हुन् । फरक समय र फरक परिवेशमा यी टोलीहरूले विश्वकप खेलेका छन् । ...

मटिहानीस्थित लक्ष्मीनारायण मठबाट विजयादशमीको शोभायात्रा निकालियो
महोत्तरीको मटिहानीस्थित ऐतिहासिक लक्ष्मीनारायण मठ (मन्दिर) बाट विजयादशमीको अवसरमा प्रत्येक वर्ष निकालिँदै आएको परम्परागत शोभायात्रा आज विधिवत् रूपमा निकालिएको छ। विजयादशमीको पावन अवसरमा बाजागाजासहित भगवान् श्री लक्ष्मीनारायणलाई डोलामा विराजमान गराई मन्दिरबाट निकालिएको शोभायात्राले मटिहानी र भारतको मधवापुर क्षेत्रका विभिन्न भागको परिक्रमा गरेको थियो। धार्मिक आस्था, परम्परा र सांस्कृतिक महत्त्व बोकेको उक्त जात्रामा भक्तजन तथा स्थानीयवासीको सहभागिता रहेको थियो। यसैबीच, विजयादशमीकै दिन लक्ष्मीनारायण ...

बाढीले खोस्यो दसैंको टीका, बेपत्ता आफन्तको पर्खाइमा खाली निधार
४ कात्तिक, बर्दिया । बडादसैँमा अभिभावकका हातबाट टीका र जमरा लगाएर आशीर्वाद थाप्ने रहर कसलाई पो हुँदैन र ? वर्षभरि जहाँ भए पनि दसैँमा घर फर्किएर परिवारसँग टीका लगाउने र खुसी साटासाट गर्ने प्रतीक्षामा रहेका बर्दियाको गेरुवा गाउँपालिका–५ सुखारका केही परिवारका लागि यस वर्ष दसैँको खुसी आएन। भोटेकोशी नदीमा आएको बाढीले आफन्त बेपत्ता बनाएपछि उनीहरूको… ...

