Sunday, October 25, 2026||
MultiKhabarMultiKhabar
Home/Others/रास्वपा संघीयता विरोधी पार्टी होइन : मनिष झा

रास्वपा संघीयता विरोधी पार्टी होइन : मनिष झा

10/25/2026, 5:52:13 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
रास्वपा संघीयता विरोधी पार्टी होइन : मनिष झा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले आफ्नो पार्टी संघीयता विरोधी नभएको बताएका छन् । उनले संघीय संरचनालाई थप व्यवस्थित, चुस्त, दुरुस्त र प्रभावकारी बनाउनुपर्ने पक्षमा रास्वपा रहेको स्पष्ट पारेका हुन् । जनकपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सांसद झाले प्रदेशसभा र प्रदेश परिषद्को अवधारणालाई अघि बढाएर संघीयतालाई थप मजबुत बनाउने पार्टीको सोच रहेको बताए । ‘हामी संघीयताको विरोधी होइनौँ, बरु हामी संघीयतालाई अझ व्यवस्थित, चुस्त र दुरुस्त बनाउन चाहन्छौँ । हामी प्रदेशसभा र प्रदेश परिषद्को परिकल्पनातर्फ जान चाहन्छौँ,’ उनले भने । उनले राजनीतिक दलभित्र आपसी विवाद र आरोप–प्रत्यारोपमा अल्झिनुभन्दा अध्ययन, विचार र संस्कारमा आधारित राजनीतिक अभ्यासलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । ‘आफ्नै–आफ्नै बीचमा झगडा गर्न थालियो भने, एकअर्कामाथि झुटा आरोप–प्रत्यारोप लगाउन थालियो भने हामी कहीँ पुग्न सक्दैनौँ,’ झाले भने, ‘हामीले एउटा सुसंस्कृत राजनीतिक अभ्यास, अध्ययन, विचार र संस्कारमा आधारित राजनीति गर्दै अगाडि बढ्नुपर्छ ।’ सांसद झाले मधेसमा गत निर्वाचनमा रास्वपाले उल्लेख्य मत प्राप्त गरेको उल्लेख गर्दै आगामी स्थानीय तहको निर्वाचनमा पनि एकजुट भएर पार्टीको पक्षमा माहोल बनाउन आग्रह गरे । उनले मधेसी समुदायभित्र आपसी विवाद गर्ने तथा एकअर्कामाथि आरोप–प्रत्यारोप लगाउने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताए । राजनीतिक उद्देश्य हासिल गर्न आपसी एकता, वैचारिक स्पष्टता र सुसंस्कृत राजनीतिक व्यवहार आवश्यक रहेको उनको भनाइ थियो । संघीयताबारे थप व्याख्या गर्न आवश्यक नरहेको उल्लेख गर्दै झाले यसको प्रभावकारिता बढाउने विषयमा केन्द्रित हुनुपर्ने बताए । उनले पार्टीका नेता तथा कार्यकर्तालाई आपसी मतभेदभन्दा माथि उठेर विचार र राजनीतिक संस्कारका आधारमा अघि बढ्न आग्रह गरे ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

विदेशमा बस्दैमा वंशजको नागरिकता खोस्न मिल्दैन : मित्र काफ्ले
OthersJust now

विदेशमा बस्दैमा वंशजको नागरिकता खोस्न मिल्दैन : मित्र काफ्ले

गैरआवासीय नेपाली संघ(एनआरएनए)क्यानडाका संस्थापक तथा पूर्वअध्यक्ष डा.मित्र काफ्लेले विदेशमा रहेका नेपालीको वंशजको नागरिकता निरन्तरताका लागि राज्यले आवश्यक व्यवस्था गर्नुपर्ने माग गरेका छन्। विदेशमा बसोबास गर्दैमा नेपालीले आफ्नो देशप्रतिको माया, जिम्मेवारी र सम्बन्ध नत्याग्ने उल्लेख गर्दै उनले वंशजको नागरिकता निरन्तरताको विषयलाई गम्भीर रूपमा लिनुपर्ने बताए । नेपाल न्यूज बैंकसँगको कुराकानीमा काफ्लेले विदेशमा रहेका नेपालीले शिक्षा, रोजगारी, तालिम तथा अन्य अवसरको खोजीमा देश छाड्नुपरेको ...

पर्दाफास
सप्तकोशीमा पानीबोट दुर्घटना : तीन जना अझै बेपत्ता
OthersJust now

सप्तकोशीमा पानीबोट दुर्घटना : तीन जना अझै बेपत्ता

८ कात्तिक, धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–१० त्रिवेणीस्थित सप्तकोशी नदीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार आइतबार दिउँसो भोजपुरको हतुवागढी गाउँपालिका–९ कोप्चेबाट चालकसहित १५ जना लिएर सुनसरीको बराहक्षेत्रस्थित चतरातर्फ जाँदै गरेको ओबीएम कम्पनीको पानीबोट ब्रेक फेल भएर दुर्घटनामा परेको हो ।… ...

अनलाइन खबर
लिफ्टसहितको कुसुन्तीको आकाशे पुल दुई महिनाभित्र सञ्चालनमा आउने
OthersJust now

लिफ्टसहितको कुसुन्तीको आकाशे पुल दुई महिनाभित्र सञ्चालनमा आउने

ललितपुर महानगरपालिका–१३ कुसुन्ती हाइटस्थित चक्रपथमा निर्माण भइरहेको लिफ्टसहितको आकाशे पुल दुई महिनाभित्र सञ्चालनमा आउने भएको छ । ललितपुर महानगरपालिकाकी प्रेस संयोजक रमा लुईटेलले नेपाल न्यूज बैंकसँगको कुराकानीमा पाँच करोड रुपैयाँ लगानीमा पुल निर्माणको काम तीव्र गतिमा भइरहेको र करिब दुई महिनाभित्र सम्पन्न गरी सञ्चालनमा ल्याउने तयारी रहेको बताइन् । उनका अनुसार अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, बिरामी तथा अन्य पैदलयात्रीलाई सडक वारपार ...

पर्दाफास
सुनसरीको बर्जुमा बोराभित्र पुरुषको शव फेला
OthersJust now

सुनसरीको बर्जुमा बोराभित्र पुरुषको शव फेला

८ कात्तिक, सुनसरी । सुनसरीको बर्जु गाउँपालिका–२ भीमपुरस्थित केसेलिया खोलामा बोराभित्र हालिएका अवस्थामा एक पुरुषको शव फेला परेको छ । भारतको बनारस घर भई हाल विराटनगर महानगरपालिका–६ मा बस्दै आएका लालजीप्रसाद गुप्ताको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए । मृतक गुप्ता विगत ४० वर्षभन्दा बढी समयदेखि नेपालमा… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play