रास्वपा बैठकमा पत्रकार पक्राउ बारे गृहमन्त्रीको स्पष्टीकरण खोजियो, गुरुङमाथि नै छानबिनको माग

काठमाडौं– रास्वपाको सचिवालय बैठकमा केन्द्रीय सदस्यसमेत रहेका गृहमन्त्री सुदन गुरुङको अनुपस्थितिलाई लिएर बैठकका सहभागीहरुले प्रश्न गरिरहे । शनिबार बसेको सचिवालय बैठकमा गुरुङले पत्रकार पक्राउ जस्तो संवेदनशील बिषयमा बैठकमा आएर स्पष्टीकरण दिनु पर्ने माग गरेका थिए।
प्रहरी प्रशासनको नेतृत्व गर्ने गृह मन्त्रालय र प्रहरीलाई आदेश दिने निकायको विभागीय जिम्मेवारी गृहमन्त्रीकै भएकाले अब अनुसन्धानको सुई उनीतर्फ सोझिएको रास्वपाकै नेताहरूको भनाइ छ। ‘यसबारेमा गृहमन्त्रीमाथि नै छानबिन गर्नुपर्छ, यो चानचुने बिषय होइन’ एक सचिवालय सदस्यको भनाई उदृत गर्दै स्रोतले भन्यो ।
पार्टी प्रवक्ता जगदीश खरेलले पनि शुक्रबारको घटनाबारे सरकारबाट सत्यतथ्य जानकारी आउनुपर्ने पार्टीको माग रहेको बताए। उनका अनुसार रास्वपाले घटनाको निष्पक्ष छानबिनका लागि सरकारलाई दबाब दिइरहेको छ। शनिबारको सचिवालय बैठकको निष्कर्ष पनि यही रहेको उनको भनाइ छ।

प्रधानमन्त्रीले घटनाबारे आफूलाई जानकारी नभएको बताउनु र विभागीय मन्त्रीसमेत यस विषयमा मौन रहनुले गृहमन्त्रीमाथि अनुसन्धान तथा शङ्काको सुई सोझिएको नेताहरू बताउँछन्।
प्रधानमन्त्रीका सल्लाहकारसमेत रहेका असिम शाहले प्रधानमन्त्रीलाई जानकारी नभएको दाबी गरेपछि बैठकमा सहभागी धेरै नेताहरूले गृहमन्त्रीको भूमिकामाथि प्रश्न उठाएका थिए।

‘असिमजीले प्रधानमन्त्रीलाई जानकारी नभएको भनेपछि गृहमन्त्री विभागीय मन्त्री भएको हिसाबले उहाँलाई यसबारे जानकारी हुनुपर्ने हो कि भन्ने धेरैले शङ्का गर्नुभएको छ। हामीले सत्यतथ्य बाहिर आउनुपर्छ भन्ने कुरा राखेका छौँ,’ पार्टीका एक शीर्ष नेताले भने, ‘प्रधानमन्त्रीलाई जानकारी भएन भनेर पन्छिन मिल्दैन। विभागीय मन्त्रीसँग उहाँले सोधखोज गर्नुपर्छ र सत्यतथ्य बाहिर ल्याउनुपर्छ भन्ने हामी सबैको मत छ। हामीले पार्टी सभापतिज्यूलाई पनि त्यहीअनुसार प्रधानमन्त्रीसँग कुरा गर्न भनेका छौँ। सभापतिज्यूले पनि म यस विषयमा गम्भीर छु, कानुनको पालना सबैले गर्नुपर्छ, संविधान सबैले मान्नुपर्छ भन्ने विषयमा स्पष्ट छु भन्नुभएको छ।’

शनिबारको बैठकमा प्रधानमन्त्रीको भूमिकामाथि पनि केही नेताहरूले प्रश्न उठाएका थिए। तर प्रधानमन्त्रीको तुलनामा गृहमन्त्री सुदन गुरुङको भूमिकामाथि बढी शङ्का व्यक्त गरिएको थियो।

बैठकमा धारणा राख्ने अधिकांश नेताहरूले प्रधानमन्त्रीलाई घटनाबारे जानकारी नभएको अवस्थामा सम्बन्धित विभागीय मन्त्रीलाई यसबारे जानकारी थियो कि थिएन भन्ने प्रश्न उठाएका थिए।

जवाफमा रविले आफूले सम्बन्धित निकायलाई घटनाबारे जानकारी गराइसकेको र यसको सत्यतथ्य बाहिर आउनुपर्ने आवाज उठाएको बताएका थिए।

त्यसपछि बैठकमा सहभागी सबैजसो नेताहरूले पत्रकार र सञ्चारगृहमाथि भएको धरपकड तथा पक्राउको घटनाबारे सरकारले नै स्पष्ट रूपमा छानबिन गर्नुपर्ने माग राखेका थिए।

पार्टी प्रवक्ता खरेलले पनि सञ्चारगृहमाथि यस किसिमका गतिविधि कुनै पनि हालतमा स्वीकार्य नहुने भन्दै सरकारले घटनाको सत्यतथ्य सार्वजनिक गर्नुपर्नेमा आफ्नो पार्टी स्पष्ट रहेको बताए।

खरेललाई प्रधानमन्त्री बालेन्द्र शाह र पार्टी सभापति रवि लामिछानेबीचको सम्बन्ध चिसिएको परिणामस्वरूप यस्तो घटना भएको हो कि भन्ने प्रश्न गरिएको थियो।

अन्य नेताहरू पक्राउ पर्दा सामाजिक सञ्जालमार्फत तत्काल प्रतिक्रिया दिने र घटनाबारे जानकारी गराउने गरेका गृहमन्त्री सुदन गुरुङ भने पत्रकारहरू पक्राउ परेको विषयमा अहिलेसम्म मौन छन्।

गृह मन्त्रालयका विभिन्न आधिकारिक माध्यममा समेत यस घटनाबारे कुनै सूचना वा स्पष्टीकरण सार्वजनिक भएको छैन। गृहमन्त्रीको सचिवालयका सदस्यहरू पनि यसबारे अनभिज्ञजस्तै देखिएका छन्।

यद्यपि नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अविनारायण काफ्लेले पत्रकारहरूसँग संवाद हुने ह्वाट्सएप समूहमा एउटा सन्देश जारी गरेका छन्। उक्त सन्देशमा उनले पत्रकारहरूलाई बोलाउनुको कारण खुलाउँदै सञ्चारमाध्यममा निरन्तर एउटा विषय प्रचार भइरहेकाले त्यसप्रति प्रधानमन्त्री कार्यालयले चासो देखाएको उल्लेख गरेका छन्।

यसरी रास्वपा सचिवालय बैठकमा प्रधानमन्त्रीलाई घटनाबारे जानकारी नभएको दाबीपछि छलफलको केन्द्रमा गृहमन्त्री गुरुङको भूमिका परेको छ।

Read Complete Original Article
Published originally on विश्वखबर
Related News

हेर्नुहोस् साताका ७ तस्बिर
काठमाडौँ । गत साता देशभर विभिन्न घटनाक्रम भए । जसमध्ये मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको नियमित प्रस्तुति 'साताका ७ तस्बिर'मा प्रस्तुत गरिएको छ । आइतबार - दसैँपछि काठमाडौँ फर्किने यात्रुको चहलपहल बढ्यो । सोमबार... ...

कांग्रेस सभापति गगन थापाले आज विशेष सम्बोधन गर्ने
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले समसामयिक राजनीतिक परिस्थिति र पार्टीको आगामी कार्यदिशाबारे आज विशेष सम्बोधन गर्ने भएका छन्। १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले पदबहाली गरेपछि पहिलो पटक पत्रकार सम्मेलनमार्फत उनले पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न लागेका हुन्। नेपाली कांग्रेसको केन्द्रीय कार्यालय स्रोतका अनुसार ललितपुरको सानेपास्थित बीपी स्मृति भवनमा आज दिउँसो २ बजे सम्बोधन कार्यक्रम तय गरिएको छ। सम्बोधन गर्नुअघि ...

बंगालको खाडीमा फेरि नयाँ चक्रवात विकास हुँदै
नेपाल मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीमा फेरि नयाँ चक्रवात विकास भइरहेको छ। तर अहिलेसम्मको मौसम विश्लेषणअनुसार त्यसले नेपालको मौसममा उल्लेखनीय प्रभाव पर्ने सम्भावना देखिएको छैन। यद्यपि नेपाल मौसम विज्ञान विभागले उक्त मौसमी प्रणालीलाई निरन्तर निगरानी गरिरहेको छ र आवश्यकताअनुसार थप अद्यावधिक सूचना जार... ...

कालीमाटीमा सबैजसो तरकारीको भाउ बढ्दा च्याउको घट्यो
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शनिबार) का लागि तरकारी तथा फलफूलहरूको मूल्य सूची सार्वजनिक गरेको छ। कालीमाटीमा आज काउली, गोलभेँडा, गाँजर, मुला, बन्दा, भन्टा, करेला, सागसहित सबैजसो तरकारीको भाउ बढेको छ। तर च्याउसहितका तरकारी भने सस्तिएको छ। कालीमाटीमा आज ठूलो भारतीय र नेपाली गोलभेँडाको मूल्य ६५ रुपैयाँ छ। टनेलको सानो थ... ...