Sunday, November 1, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/कांग्रेस सभापति गगन थापाले आज विशेष सम्बोधन गर्ने

कांग्रेस सभापति गगन थापाले आज विशेष सम्बोधन गर्ने

Share:WhatsAppFacebookX (Twitter)Telegram
कांग्रेस सभापति गगन थापाले आज विशेष सम्बोधन गर्ने

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले समसामयिक राजनीतिक परिस्थिति र पार्टीको आगामी कार्यदिशाबारे आज विशेष सम्बोधन गर्ने भएका छन्। १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले पदबहाली गरेपछि पहिलो पटक पत्रकार सम्मेलनमार्फत उनले पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न लागेका हुन्। नेपाली कांग्रेसको केन्द्रीय कार्यालय स्रोतका अनुसार ललितपुरको सानेपास्थित बीपी स्मृति भवनमा आज दिउँसो २ बजे सम्बोधन कार्यक्रम तय गरिएको छ। सम्बोधन गर्नुअघि महामन्त्री थापाले पार्टीका प्रमुख पदाधिकारीहरूसँग छलफल गर्ने कार्यक्रम रहेको छ। यस सम्बोधनमा पार्टीको पछिल्लो साङ्गठनिक अवस्था, नवनिर्वाचित केन्द्रीय कार्यसमितिको कार्ययोजना तथा देशको विद्यमान आर्थिक र राजनीतिक परिवेशमा नेपाली कांग्रेसको भूमिकाबारे थापाले आफ्नो दृष्टिकोण प्रस्ट पार्ने बुझिएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

हुलाकमार्फत घरमै पुग्यो सिमकार्ड
ताजा खबरJust now

हुलाकमार्फत घरमै पुग्यो सिमकार्ड

हेटौँडा, कात्तिक १५ गते । सरकारी सेवा घरघरमा पु¥याउने अभियानअन्तर्गत मकवानपुरमा पहिलो पटक हुलाक कार्यालयमार्फत नेपाल टेलिकमको सिमकार्ड सेवाग्राहीको घरमै पु¥याउन थालिएको छ । जिल्ला... ...

गोरखापत्र
शुक्लाफाँटामा जंगली हात्तीलाई रेडियो कलर लगाउने प्रक्रिया अघि बढ्यो
ताजा खबरJust now

शुक्लाफाँटामा जंगली हात्तीलाई रेडियो कलर लगाउने प्रक्रिया अघि बढ्यो

कञ्चनपुर। कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा लामो समयदेखि बस्तीमा प्रवेश गरी जनधन तथा बालीनालीमा क्षति पुर्‍याउँदै आएका जंगली हात्तीको निगरानीका लागि रेडियो कलर जडान गर्ने प्रक्रिया अघि बढाइने भएको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयलाई रेडियो कलर जडानको कार्य अगाडि बढाउन निर्देशन दिएको हो। जंगली हात्तीको आवतजावतसम्बन्धी सूचना संकलन गरी मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि रेडियो कलर ...

नेपालन्युज
माैसम खुलेसँगै टल्कियो टेम्के डाँडा
ताजा खबरJust now

माैसम खुलेसँगै टल्कियो टेम्के डाँडा

• मौसममा सुधार आएपछि भोजपुरबाट टेम्के डाँडा देखिएको छ। • टेम्के डाँडा मुन्दुम पदमार्ग क्षेत्रमा पर्ने ३,११० मिटर उचाइको डाँडा हो। ...

नेपालबहस
रसुवा बन्द भएपछिको मुस्ताङ भन्सारः ११ अर्ब ४५ करोड राजस्व उठ्यो, साढे २८ करोडको निकासी
ताजा खबरJust now

रसुवा बन्द भएपछिको मुस्ताङ भन्सारः ११ अर्ब ४५ करोड राजस्व उठ्यो, साढे २८ करोडको निकासी

• मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षको साढे तीन महिनामा ११ अर्ब ४५ करोड ४७ लाख राजस्व संकलन गरेको छ, जुन लक्ष्यभन्दा दुई अर्ब ४५ करोड ४७ लाख बढी हो। • कोरलानाकाबाट २६ अर्ब १ करोड २३ लाख मूल्यबराबरको मालवस्तु आयात भएको छ, जसमा ६ हजार ५०१ विद्युती सवारीसाधनको भन्सार जाँचपास भएको छ। • रसुवागढीनाका र तातोपानीनाका बन्द हुँदा कोरलानाकाबाट ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play