Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

रास्वपाको राजनीति र सरकारको सकस

Share:WhatsAppFacebookX (Twitter)Telegram
रास्वपाको राजनीति र सरकारको सकस
Photo / Coverage: हिमालय टाइम्स

नेपालको समकालीन राजनीति यतिबेला गम्भीर, ऐतिहासिक र पेचिलो दोबाटोमा पुगेर उभिएको छ । विगत तीन दशक बढीको समयदेखि सत्ताको साँचो आलोपालो हातमा लिएर बसेका नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)जस्ता परम्परागत राजनीतिक दलहरूको संस्थागत भ्रष्टाचार, बिचौलियाप्रथा, नातावाद र आमनागरिकका आधारभूत समस्याप्रतिको चरम संवेदनहीनताका कारण मुलुकमा व्याप्त गहिरो जनआक्रोशले आजको यो राजनीतिक अवस्थाको विकास हुनपुगेको हो । नक्कली भुटानी शरणार्थीकाण्डमा उच्चस्तरीय राजनीतिक नेतृत्वको संलग्नता, ललिता निवासको सार्वजनिक जग्गा हडप्ने गिरोहलाई दिइएको राजनीतिक संरक्षण, गिरिबन्धु टि–स्टेट प्रकरण, एनसेलको शेयर बिक्रीमा भएको अर्बौंको कर छली र नेपाल वायुसेवा निगमको वाइडबडी जहाज खरिदकाण्ड जस्ता अनगिन्ती घटनाक्रमले राज्यका अंगहरूलाई कसरी बिचौलिया र दलाल पुँजीपतिको क्रीडास्थल बनाइएको थियो भन्ने नांगो सत्य भुइँमान्छेले पनि अनुभूत गर्ने तहमा बदनाम हुन पुगेको थियो । यस चौतर्फी निराशा, वितृष्णा र परिवर्तनको तीव्र हुटहुटीको जगमा’ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अप्रत्याशित र द्रुत गतिमा उदय हुनपुगेको हो । रास्वपाभित्र पार्टी संरचनाका विभिन्न तहमा जिम्मेवार रहेका तर राजनीतिक रूपमा अयोग्य, अवसरवादी र अनैतिक नेतृत्व र जनप्रतिनिधिलाई अनुशासनको कडाकारबाही गर्दै, सुशासन र सुदृढ प्रशासनिक सुधारका लागि निर्मम कदम चाल्नु नै आजको आवश्यकता हो । जनताले २०८२ भाद्रमा हिंसात्मक प्रदर्शन गर्दै भ्रष्ट बिचौलियामुखी, कुशासनका पर्यायका रूपमा रहेका दलहरूको प्रतिनिधित्व गर्दै सत्तामा हालिमुहाली गरेको तत्कालिन एमाले नेतृत्वको अहंकारी, नालायक र भ्रष्ट सत्ता खोस्नुका साथै फाल्गुनमा भएको जननिर्वाचनमा यी पुराना दलहरूबाट मुलुकको विकास, सुशासन र आर्थिक रूपान्तरण सम्भव नभएको निष्कर्ष निकाल्दै ‘घण्टी’ चुनाव चिह्न बोकेको नयाँ शक्तिलाई सत्ताको साँचो सुम्पेको कुरा राजनीतिक रूपमा उल्लेख्य घटना हो । रास्वपाको यो उदय केवल एउटा नयाँ पार्टीको गठन र उदय वा चुनाव जित्नुमात्र हो भन्ने निष्कर्ष निकाल्दा नेपालमा दशकौंदेखि जरा गाडेर बसेको भ्रष्ट सिण्डिकेटको राजनीतिविरुद्ध नागरिकले जनक्रान्ति नै सम्पन्न गरेका हुन् भन्ने तथ्य अस्वीकार गरेको ठहर्छ । यस निर्वाचनमा जनमतको व्यापक स्वीकृतिसहित सत्ताको बागडोर हातमा लिएको रास्वपाले कानुनी रूपमा भताभुंग, आर्थिक रूपमा जर्जर, ऋणको भारले किचिएको र प्रशासनिक रूपमा दलीयकरणले थलिएको राज्य संयन्त्र विरासतमा पाएको थियो । पुरातन प्रवृत्तिको पुनरावृत्तिरास्वपाले २०७९ मा भएको निर्वाचनमा पाएको अप्रत्यासित जनसमर्थनपछि देशभर राजनीतिक संगठन विस्तारका लागि अभियान नै सञ्चालन गरेको थियो । यहीँ संगठन विस्तारको काम पार्टीका लागि पहिलो र जटिल वैचारिक तथा संरचनात्मक प्रस्थानका लागि पहिलो अवरोध सावित हुनपुगेको अनुभूति रास्वपाका सबै समर्थकमा छ । छोटो समयमा गाउँ-गाउँसम्म कमिटी गठन गर्ने र देशभर जनसमर्थन बढाउन भएको होडबाजीका कारण रास्वपाले हरेक तहमा विचार, निष्ठा र विगतको आचरणको सूक्ष्म परीक्षण नगरिकनै इच्छुक सबैका लागि राजनीतिक अवसरको ढोका खुल्ला गरिदिएको थियो । यस परिघटनाले पुराना दलहरूमा टिकट नपाएका, राजनीतिक रूपमा पाखा लगाइएका, दलीय गुटबन्दीका कारण मातृ दलमा अवसर नपाएर कुण्ठित बनेका र आपराधिक वा अपारदर्शी पृष्ठभूमि लुकाएर बसेका थुप्रै अवसरवादी पात्रहरू ‘युवा’, ‘स्वतन्त्र’ र ‘परिवर्तन’को आकर्षक नारा ओढेर रास्वपामा हुलका हुल प्रवेश गरेका थिए । यी राजनीतिक पात्रहरू पुराना दलका विकृत अभ्यास, पदीय मोलमोलाई र ‘तर मार्ने’ संस्कारमा हुर्किएका थिए भन्ने कुरामा कुनै शंका छैन । तर रास्वपामा प्रवेश गरेका यी नवागन्तुक कार्यकर्ता आजपर्यन्त आफ्नो पुरातन राजनीतिक डिएनए हुबहु कायम राख्दै रास्वपाको अभियानमा सामेल भएका छन् । ‘पार्टी विस्तारका नाममा वैचारिक स्पष्टता र निष्ठाको परीक्षणबिना भित्र्याइएका पात्रहरूले नयाँ शक्तिका रूपमा रहेको रास्वपालाई रूपान्तरण गर्नुको साटो उल्टै पुरानै दलका विकृत संस्कार र पदीय बार्गेनिङको पुरानो भाइरस नयाँ पार्टीभित्र प्रवेश’ गराउन अग्रसरता लिइरहेको शंका यथार्थ परिघटना बन्दै गएको छ । नयाँ दलका रूपमा काठमाडौं उपत्यकाका तत्कालिन मेयर बालेन्द्र साहको रास्वपा भएको समायोजन नै रास्वपाका हकमा डिपार्चरको मूल बिन्दु बन्न पुगेको हो । उनको प्रवेशसँगै जेन–जी राजनीतिक क्रान्तिपछिको निर्वाचनमा रास्वपाले नेपाली जनताको अपार समर्थनसहित संसद्मा स्पष्ट बहुमत हासिल गरेर आफ्नै एकल सरकार बनाउने ऐतिहासिक अवसर प्राप्त गर्‍यो । यसपछि भने पार्टीमा जोडिन पुगेका अवसरवादी तप्काको मूल प्रवृत्ति उदांगीन प्रारम्भ भएको छ । नयाँ राजनीतिक संस्कृति निर्माण गर्ने, राज्यका भ्रष्ट संयन्त्रहरू ढाल्ने र जनतालाई प्रत्यक्ष राहत दिने नीतिगत काममा अहोरात्र तल्लिन हुनुका साटो मन्त्रालयको संख्या बढाएर भए पनि मन्त्री बन्ने, लाभका संवैधानिक वा राजनीतिक निकायमा आफ्ना मान्छे भर्ती गर्ने र पुराना तर हाल साना दलका सांसदहरूले झैं ‘सांसद विकास कोष’को नाममा बजेट हात पार्ने चाहना पूरा नहुँदा रास्वपाका धेरैजसो माननीयहरूबाट असन्तुष्टिका स्वरहरू दलको हितभन्दा बढी चर्को सुनिन लागेको छ ।नयाँ शक्तिका रूपमा जनउभारसहित राजनीतिमा एकछत्र जनप्रभाव कायम गरेको रास्वपामा विगतमा देखिएको ७० लाख रुपैयाँ घुसबारे ढाकाकुमार श्रेष्ठको अडियोकाण्ड प्रकरण होस् या पार्टीका पूर्वमहामन्त्री डा.मुकुल ढकालले बुझाएको समीक्षा प्रतिवेदनमा उल्लेखित पार्टीभित्र रहेको भनिएको अधिनायकवादी र स्वार्थी शैलीबारेको कपोलकल्पित आरोपयुक्त कुत्सित स्टण्डवाजी जस्ता घटनाक्रमले नयाँ शक्तिभित्र विकृति बोकेरै प्रवेश गरेका र नेतृत्व तहको जिम्मेवार पदमा पुग्न सफल भएकामा यद्यापि पदलोलुप र अनैतिक भ्रष्ट प्रवृत्ति कायम छ भन्ने कुरा पुष्टि गर्दछन् । गत फाल्गुनमा प्रचण्ड बहुमतसहित गठित सरकारले अनावश्यक रहेको मन्त्रालयको संख्या घटाउने, अनावश्यक खर्च कटौती गर्ने, बजेटको दलीय स्वार्थयुक्त बाँडफाँड रोक्ने र मन्त्री चयनमा नेतृत्वको भिजनसँग समकक्षता राख्नसक्ने क्षमता तथा विशेषज्ञता भएका जनप्रतिनिधिलाई मन्त्री बनाउने मापदण्ड तय गर्ने कडा नीति लिएको थियो । पार्टी र सरकारको यस जनपक्षीय निर्णयमाथि मन्त्री बन्न नपाएका र लाभको पद नपाएका आफ्नै असन्तुष्ट सांसदहरूबाट सरकारविरुद्ध पार्टीभित्र र सार्वजनिक रूपमा पार्टीको साखमाथि शंका उत्पन्न गराउने तहमा अभिव्यक्ति प्रकट गर्न प्रारम्भ भएको छ । यसले विगतमा व्यक्तित्व र व्यवहारको सघन परीक्षण नगरी जिम्मेवारी दिनमा गरिएको हतारको परिणाम राजनीतिक रूपमा आत्मघाती हुनसक्ने राजनीतिक शिक्षा रास्वपाले पाएको हुनुपर्छ । हालसम्म रास्वपा गठनको मिसन र भिजनबारे प्रशिक्षित हुन नसकेका जिम्मेवार जनप्रतिनिधिहरू र पार्टीका विभिन्न सोपानका जिम्मेवार पदमा रहेका नेतृत्वहरूमा यो प्रवृत्ति यद्यापि कायम छ । ‘राजनीतिक मसला’ र जनतामा निराशाविसं २०७४ सालमा भएको आमनिर्वाचनमा तत्कालिन वामपन्थी दलको नेतृत्वमा उदाएका केपी शर्मा ओलीको एकल बहुमतको सरकार नै गणतन्त्र स्थापनापछिको सबल सरकार थियो । तर, वामपन्थीहरूमा रहने बालसुलभ एकलकाँटे मनपरीतन्त्रात्मक राजकाजका तुलोमा स्वयं अफाप भएको वाम दलपछि जनताले रास्वपामाथि नै असीम विश्वास गरी दुईतिहाइ निकटको एकल सरकार गठनको जनादेश दिएका थिए । तर, यस अद्वीतिय रूपमा जनसमर्थन प्राप्त आफ्नै एकल बहुमतको सरकार हुँदाहुँदै आफ्नै जनप्रतिनिधिले व्यक्तिगत स्वार्थ पूरा नभएको झोंकमा संसद्भित्र र सार्वजनिक मिडियामा सरकारको आलोचना गर्नु, सरकारले ल्याएका सुशासन र सुधारका लागि अत्यावश्यक विधेयकमा समन्वय नगर्नु । घुमाउरो पाराले बालेनको नेतृत्वमा रहेको आफ्नै सरकारका विरुद्धमा विष बमन गर्ने कुरा राजनीतिक रूपमा अनैतिकताको चरम पराकाष्ठा हो । रास्वपाका आफ्नै सांसदहरूको यो अनुशासनहीनता र विगतका पुराना दलहरूमा रहँदा विकास भएका आशक्तियुक्त मानसिकतासहित पदीय घमण्डको प्रदर्शन भने पुराना तर साना कांग्रेस, एमाले, माओवादीजस्ता दलहरूका लागि जीवन त्राणदायी ‘राजनीतिक मसला’ बन्न पुगेको छ । यी पुराना दलहरूले रास्वपाभित्र देखिएको यहीँ आन्तरिक समस्याप्रति शंका गर्दै, जनतामाझ ‘हेर ! नयाँ भनिएकाहरू हामीभन्दा फरक छैनन्, यिनीहरू त झन् अलकाँचा र पदलोभी हुन् है !’ भन्ने भ्रम छरेर जनधारणा सिर्जना गर्दै नयाँ राजनीतिक उभारलाई असफल सिद्ध गर्ने प्रायोजित दुष्प्रचार प्रारम्भ गरेका छन् । नेपालको समग्र राजनीतिक इतिहासको परिदृष्यमा विगतदेखि वर्तमानसम्म पद र सत्ताप्रतिको आशक्तियुक्त दृष्टिकोणलाई नियाल्दा पुराना भ्रष्ट दलहरू र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा विगतमा चारित्रिक तथा आर्थिक जीवनको परीक्षणबिना सहवरण गरिएका अवसरवादी राजनीतिक नेतृत्व र जिम्मेवार जनप्रतिनिधिहरूबीच प्रवृत्तिको पुनरावृत्ति हुबहु रहेको देखिन्छ । पुराना दलहरूले सत्तालाई भागबण्डा, मन्त्रालयको खरिदबिक्री र बिचौलियाहरूको सेटिङ मिलाउने माध्यमका रूपमा प्रयोग गर्दै आएका हुनाले जनतहमा चरम असन्तुष्टि रहेको थियो । यता, राजनीतिमा नयाँको नारा लिएर आएको रास्वपाभित्र दलका जनप्रतिनिधिमा रहेको अवसरवादी चरित्र र कसैगरी मन्त्री र लाभका पदहरू पाउनै पर्ने अनैतिक चाहना र गुटगत लबिङ गर्ने प्रवृत्तिको पुनरावृत्तिले सत्तालिप्साको पुरानै प्रवृत्तिलाई निरन्तरता दिइरहेको छ । विगतमा पुराना दलले देखाएको संसदीय भूमिका र कानुन निर्माणको प्रक्रियाप्रतिको उदासिनता रास्वपाका जनप्रतिनिधिको व्यवहारमा उत्तिकै गैरजिम्मेवार रूपमा प्रतिबिम्बित हुन खोजिरहेको देखिन्छ । बिगतमा संसदीय परम्परामा निपूर्ण पुराना दलका जनप्रतिनिधिहरू प्रस्तावित विधेयकका प्रावधानबारे गम्भीर अध्ययन नगरी ताली बजाउने र बिनियोजित वार्षिक बजेट बाँडचुँडको खेलमा अल्झिने विकृत परम्परामा रमाइरहेका थिए । राजनीतिक रूपमा त्यसैको सिको गर्दै रास्वपाका नवप्रवेशी र नयाँ राजनीतिबारे अप्रशिक्षित जनप्रतिनिधिहरूले नीतिगत र ऐन-कानुनको गहन बिचारविमर्श तथा अध्ययनमा ध्यान दिइरहेको पाइँदैन । उनीहरूको मूल ध्येय विधेयक निर्माणभन्दा सामाजिक सञ्जालमा स्टण्डबाजी देखाएर व्यक्तिगत लोकप्रियता हासिल गर्ने र आफ्नै सरकार साथै दलविरुद्ध मोलाहिजा गरेर राजनीतिक रूपमा व्यक्तिगत लाभ हासिल गर्ने उन्मुख रहेको देखिन थालेको छ । नेपालको समग्र राजनीतिक इतिहासको परिदृष्यमा विगतदेखि वर्तमानसम्म पद र सत्ताप्रतिको आशक्तियुक्त दृष्टिकोणलाई नियाल्दा पुराना भ्रष्ट दलहरू र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा विगतमा चारित्रिक तथा आर्थिक जीवनको परीक्षणबिना सहवरण गरिएका अवसरवादी राजनीतिक नेतृत्व र जिम्मेवार जनप्रतिनिधिबीच प्रवृत्तिको पुनरावृत्ति हुबहु रहेको देखिन्छ । बिगतदेखि रास्वपासम्मको वर्तमान असन्तुष्टिभित्रको अन्तर्यलाई विश्लेषण गर्दा दुवै पक्षका कारण उस्तै अनैतिक धरातलमा उभिएका छन् भन्न किञ्चित अप्ठ्यारो मान्नुपर्ने देखिँदैन । पुराना दलहरूमा गुटगत भागबण्डा नपुग्दा वा भ्रष्टाचारका बाटाहरू साँघुरिँदा नेतृत्वप्रति असन्तुष्टि पोखिने गर्दथ्यो । ठीक त्यसैगरी, आज पनि नयाँ दलका रूपमा उदाएको रास्वपाभित्रका अवसरवादी तत्त्वहरूमा व्यक्तिगत महत्त्वाकांक्षा पूरा नहुनु र पुरानै शैलीमा राज्यको दोहन गर्न नपाउनु असन्तुष्टिको मुख्य कारक बनेको छ । यस प्रवृत्तिले निष्ठा र आदर्श राजनीतिक पद्धतिको प्रारम्भभन्दा राजनीतिमा व्यक्तिगत स्वार्थलाई नै प्राथमिकतामा राखिएको हो कि भन्ने आशंका उत्पन्न गरेको छ । अबको निर्विकल्प बाटोनेपाली राजनीतिमा बाह्य रूपमा पुराना दलहरूको एकाधिकारयुक्त भ्रष्टतन्त्र, बिचौलिया सञ्जालको सक्रियता र आन्तरिक रूपमा रास्वपाका आफ्नै पार्टीभित्रका पदलोभी, अनैतिक सांसदहरूको घुर्की र अनैतिक दबाबयुक्त परिस्थिति विद्यमान छ । यस अवस्थामा नयाँ दल र नयाँ राजनीति प्रारम्भ गर्नुपर्ने जनदवाबका बीच सरकारको नेतृत्वमा रहेका बालेन साह र पार्टी नेतृत्वमा रहेका रवि लामिछानेका अगाडि दुईवटा विकल्प बाँकी रहन्छन् : या आन्तरिक र बाह्य अवसरवादीहरूसँग सम्झौता गरेर परम्परागत राजनीति र भ्रष्ट सत्ताकै निरन्तरतायुक्त अर्को संस्करण बन्ने कि सम्पूर्ण घेराबन्दी तोडेर थप निर्मम, सम्झौताहीन र विधि स्थापनाका लागि खरो रूपमा प्रस्तुत हुने । आजको नेपाल र नेपाली जनताका लागि लिनुपर्ने भनेको एकमात्र वैकल्पिक बाटो दोस्रो बाटो हो । प्रधानमन्त्री बालेन साहले काठमाडौँ महानगरपालिकाको नेतृत्व गर्दा देखाएको ‘एकलव्य दृष्टि’ र विगतमा पार्टी सभापति रवि लामिछाने गृहमन्त्री हुँदा देखाएको विधिको शासनयुक्त कार्यप्रणालीलाई अब राष्ट्रिय शासकीय व्यवस्थामा अझ बढी निर्मम ढंगले लागू गर्नु जरुरी छ । बालेनले अनधिकृत संरचना र अतिक्रमणमाथिको कारबाही तथा कर बक्यौता असुली र राजस्व अनुशासनमा देखाएको प्रशासनिक कडाइ अनुकरणीय थियो । बालेन साहले काठमाडौं महानगरमा जस्तो खालको विधि केन्द्रित कडा र निर्मम अडान लिएका थिए, त्यसले कानुनको पालना गराउँदा कसैको दबाब वा प्रभावबाट मुक्त रहनु जरुरी हुन्छ भन्ने देखाउँदछ । अब प्रधानमन्त्रीका रूपमा बालेन साहले यहीँ निर्ममता आफ्नै पार्टीभित्रका अनैतिक चरित्रयुक्त जन प्रतिनिधि र राष्ट्रियस्तरका बिचौलियाहरूमाथि प्रयोग गर्नैपर्छ । यदि आफ्नै पार्टीका सांसदले मन्त्री नपाएको झोंकमा वा अनैतिक उद्देश्ययुक्त अधिकार दुरुपयोग गर्न नपाएको झोंकमा सरकार वा दलको नेतृत्वसँग मोलाहिजा गर्ने वा धम्क्याउँछन् भने, उनीहरूलाई तत्काल निर्देश जारी गर्ने, उल्लंकन गरेमा सांसद पदबाटै निलम्बन गर्नेजस्ता पार्टी अनुशासनको कडा डण्डा चलाउन पार्टी सभापति र संसदीय दलको नेता एक सेकेण्ड पनि हिचकिचाउनु हुँदैन । मुलुकलाई विगत ३५ वर्षको भ्रष्ट विरासतबाट मुक्त गराउन र नयाँ राजनीतिप्रति विश्वास जगाउनका लागि पनि पार्टी सभापति रवी लामिछाने र प्रधानमन्त्री बालेन साह कुनै पनि आन्तरिक वा बाह्य मोलाहिजाका अगाडि निहुरिन छुट छैन । अब पनि पार्टीभित्र रहेका पदलोलुप पदाधिकारी र जनप्रतिनिधिहरूको तुष्टिकरणका लागि नीतिगत र कार्यशैलीगत पक्षमा सम्झौता गर्ने हो भने नयाँ र पुराना दलको राजनीतिक दृष्टिकोण र उद्देश्यबीचको भिन्नता समाप्त हुनेछ । रास्वपाभित्र पार्टी संरचनाका विभिन्न तहमा जिम्मेवार रहेका तर राजनीतिक रूपमा अयोग्य, अवसरवादी र अनैतिक नेतृत्व र जनप्रतिनिधिलाई अनुशासनको कडा कारबाही गर्दै, सुशासन र सुदृढ प्रशासनिक सुधारका लागि निर्मम कदम चाल्नु नै आजको राष्ट्रिय आवश्यकता हो । जनताले रास्वपा र यसको संसदीय दलका नेता बालेन साहलाई अनावश्यक लचकता वा अन्तहीन सम्झौताका लागि नभएर भ्रष्ट र बिचौलिया-सञ्चालित लोकतान्त्रिक प्रणालीलाई जरैदेखि उखेलेर जनलोकतान्त्रिक कानुनी शासन कायम गराउनका लागि चाहिने ‘निर्मम नेतृत्व’का रूपमा चुनेका हुन् । रास्वपा र यसको पार्टी तथा सरकारको नेतृत्व यसै बाटोमा अघि बढ्नु नै राष्ट्रको हितमा हुनेछ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
साझा आर्थिक समृद्धिको यात्रामा सहभागी हुन भारतीय लगानीकर्तालाई महासंघका अध्यक्ष श्रेष्ठको आह्वान
Latest NewsJust now

साझा आर्थिक समृद्धिको यात्रामा सहभागी हुन भारतीय लगानीकर्तालाई महासंघका अध्यक्ष श्रेष्ठको आह्वान

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले नेपाल लगानीका लागि खुला रहेको उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले भारतीय उद्योगी व्यवसायीलाई नेपालमा लगानी, संयुक्त उद्यम तथा व्यावसायिक सहकार्यका अवसर उपयोग गरी साझा आर्थिक समृद्धिको यात्रामा सहभागी हुन आह्वान गर्नुभएको छ । प्रधानमन्त्री बालेन्द्र शाहको विदेश भ्रमणका अवसरमा नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग परिसंघ (सीआईआई) को संयुक्त आयोजनामा नयाँ दिल्लीमा ...

कर्पोरट खबर
गौरिया धान खेती र चामल बिक्रीबाट वार्षिक चार लाख आम्दानी गर्दै चक्रपाणि
Latest NewsJust now

गौरिया धान खेती र चामल बिक्रीबाट वार्षिक चार लाख आम्दानी गर्दै चक्रपाणि

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–५ पीपलबोटका ६१ वर्षीय चक्रपाणि भण्डारीले गौरिया धान खेती र चामलको व्यापारबाट वार्षिक चार लाख रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएका छन् । पुख्र्यौली खेतीकिसानीलाई निरन्तरता दिएका भण्डारीले यस वर्ष ७० मुरी धान उत्पादन गरेका छन् । भण्डारी परिवार पीपलबोट क्षेत्रमा सबैभन्दा धेरै धान उत्पादन गर्ने किसानका रूपमा परिचित छ । उनले बाउबाजेको पालादेखि २३ रोपनी जग्गामा गौरिया ...

केन्द्रबिन्दु
नेपालका उद्योगको संरक्षणमा भारतको प्रोत्साहन आवश्यक छ: अध्यक्ष श्रेष्ठ
Latest NewsJust now

नेपालका उद्योगको संरक्षणमा भारतको प्रोत्साहन आवश्यक छ: अध्यक्ष श्रेष्ठ

काठमाडौं: नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जनकुमार श्रेष्ठले नेपाल र भारतबीचको आर्थिक साझेदारीलाई थप बलियो बनाउनुपर्नेमा जोड दिएका छन्। प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा आयोजित बिजनेस राउन्ड टेबलमा उनले दुई देशबीचको सम्बन्ध भूगोल र इतिहासले जोडेको उल्लेख गर्दै अब समृद्धिका लागि साझेदारी आवश्यक रहेको बताएका हुन्। अध्यक्ष श्रेष्ठले नेपाल-भारत आर्थिक सहकार्यका लागि व्यापार, पारवहन, सम्पर्क सञ्जाल, पूर्वाधार, ऊर्जा, लगानी र ...

नेपालन्युज
कोरोनापछि थलिएको निगाले सिमेन्ट उद्योग अझै सञ्चालनमा आउन सकेन
Latest NewsJust now

कोरोनापछि थलिएको निगाले सिमेन्ट उद्योग अझै सञ्चालनमा आउन सकेन

धनकुटा । आर्थिक संकट, कच्चा पदार्थको अभाव र उत्पादन लागत बढ्दै गएपछि बन्द भएको धनकुटाको एकमात्र ठूलो सिमेन्ट उद्योग ‘निगाले सिमेन्ट’ लामो समय बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन । कोरोना महामारीसँगै बन्द भएको उद्योग पुनः सञ्चालन हुने सम्भावना न्यून देखिएपछि त्यहाँ कार्यरत १५० भन्दा बढी कर्मचारी तथा मजदुर बेरोजगार बनेका छन् । उद्योग बन्द हुँदा कोशी प्रदेशका पहाडी जिल्लामा सिमेन्ट ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement