काठमाडौं । भोटेकोशी एवम् कालीगण्डकी करिडोरमा गएको विपद्बारे अध्ययन तथा अनुगमन गर्न गठित राष्ट्रिय सभा संसदीय विशेष समितिको बैठक आज बस्दै छ । समितिको बैठक कात्तिक १८ गते बिहान ११ बजे संघीय संसद् सचिवालयअन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिको सभा कक्षमा बस्ने जानकारी दिएको छ । बैठकमा भोटेकोशी एवम् कालीगण्डकी करिडोर क्षेत्रमा गएको विपद्का सम्बन्धमा शिक्षा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय योजना आयोगको सचिवालयका पदाधिकारीहरूसँग छलफल गर्ने कार्यसूची रहेको छ । The post राष्ट्रिय सभाको विपदबारेको संसदीय विशेष समितिको बैठक बस्दै appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
राष्ट्रिय सभाको विपदबारेको संसदीय विशेष समितिको बैठक बस्दै

Read Complete Original Article
Published originally on कर्पोरट खबर






