Friday, November 13, 2026||
MultiKhabarMultiKhabar

राष्ट्रिय भेलामा स्थानीय निर्वाचनलाई केन्द्रमा राखेर छलफल हुन्छ : पोखरेल

Share:WhatsAppFacebookX (Twitter)Telegram
राष्ट्रिय भेलामा स्थानीय निर्वाचनलाई केन्द्रमा राखेर छलफल हुन्छ : पोखरेल
Photo / Coverage: नेपालन्युज

काठमाडौं।नेकपा (एमाले) ले महासचिव शंकर पोखरेलले स्थानीय निर्वाचनलाई केन्द्रमा राखेर पार्टीका नेता तथा कार्यकर्तामाझ एकीकृत सन्देश प्रवाह गर्न राष्ट्रिय कार्यकर्ता भेला गर्न लागिएको बताएका छन्। आगामी मंसिर २ र ३ गते काठमाडौंमा आयोजना हुने भेलाको तयारीलाई अन्तिम रूप दिन पार्टी केन्द्रीय कार्यालय, च्यासलमा भएको तयारी समितिको बैठकमा महासचिव पोखरेलले पार्टीको आन्तरिक जीवन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति, जनजीविकाका सवाल र आगामी राजनीतिक चुनौतीबारे साझा बुझाइ निर्माण गर्न भेलाले सन्देश दिने पनि स्पष्ट गरे। पार्टीका सचिव तथा संगठन विभाग प्रमुख भानुभक्त ढकालको अध्यक्षतामा भएको बैठकमा विभिन्न प्रदेशबाट सहभागी हुने प्रतिनिधिको अवस्था, व्यवस्थापन र कार्यक्रम सञ्चालनसम्बन्धी तयारीबारे विस्तृत समीक्षा गरिएको थियो। संगठन विभागका प्रमुख ढकालले भेलालाई सफल बनाउन विभिन्न तहमा जिम्मेवारी बाँडफाँट गरी समन्वयात्मक रूपमा काम भइरहेको जानकारी दिए। भेलामा देशभरबाट पार्टीका नेता, जनप्रतिनिधि तथा विभिन्न तहका संगठनका प्रतिनिधिसहित तीन हजार ४१४ जनाको सहभागिता रहनेछ। प्रमुख ढकालका अनुसार भेलामा ३४६ केन्द्रीय सदस्य, ८१ केन्द्रीय निकायका प्रतिनिधि, ५५ प्रदेश, भारत प्रवास तथा प्रवासी नेपाली मञ्चका प्रतिनिधि, ४४० जिल्ला तहका प्रतिनिधि र एक हजार ५०६ पालिका कमिटीका प्रतिनिधि सहभागी हुनेछन्। त्यसैगरी संघीय संसद तथा राष्ट्रियसभाका ३५, प्रदेशसभाका १५५, स्थानीय तहका प्रमुख तथा अध्यक्ष १०६, उपप्रमुख तथा उपाध्यक्ष ३४२ र जनसंगठनका नौ प्रतिनिधिको सहभागिता हुने जनाइएको छ। बैठकमा पार्टीका सचिव पद्मा अर्याल, स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीलगायत नेता सहभागी थिए। काठमाडौंमा हुने राष्ट्रिय भेलालाई सो पार्टीका अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता विद्यादेवी भण्डारीसहित नेताले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
रुखबाट लडेर ६० वर्षीय लिम्बुको मृत्यु
Latest NewsJust now

रुखबाट लडेर ६० वर्षीय लिम्बुको मृत्यु

सङ्खुवासभा । सङ्खुवासभाको सभापोखरी गाउँपालिका–२ देउराली हुत्तिखिममा चिउरीको रुखमा चढेर घाँस काट्ने क्रममा लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६० वर्षीय लेकबहादुर लिम्बु रहेका छन् । आज... ...

रातोपाटी
जनकपुर बोल्ट्सको ब्याटिङ ध्वस्त, २३ रनमै गुमायो चार विकेट
Latest NewsJust now

जनकपुर बोल्ट्सको ब्याटिङ ध्वस्त, २३ रनमै गुमायो चार विकेट

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज जारी २५औँ खेलमा जनकपुर बोल्ट्सले खराब सुरुवात गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको जनकपुरले ७ ओभरको खेल सकिँदा ४ विकेट गुमाएर २३ रन मात्रै बनाएको छ । जनकपुरका ब्याटरहरू लगातार आउट हुँदा टोली दबाबमा परेको छ । पछिल्लो पाँच ओभरमा टोलीले १५ रन जोड्दा तीन ...

केन्द्रबिन्दु
नेपालको जलवायु वित्तमा ६१ प्रतिशत ऋण, अनुदान बढाउन जोड
Latest NewsJust now

नेपालको जलवायु वित्तमा ६१ प्रतिशत ऋण, अनुदान बढाउन जोड

जलवायु परिवर्तनको असर न्यूनीकरण तथा अनुकूलनका लागि नेपालले प्राप्त गर्ने अन्तर्राष्ट्रिय जलवायु वित्तको ठूलो हिस्सा ऋणका रूपमा रहेको भन्दै सरोकारवालाले त्यसलाई अनुदानमा आधारित बनाउनुपर्नेमा जोड दिएका छन्।  कोप–३१ अन्तर्गत नेपाल पेभेलियनमा शुक्रबार आयोजित ‘नेपालमा जलवायु वित्तको पहुँच, गुणस्तर र समता’ विषयक छलफलमा सहभागी वक्ताले जलवायु परिवर्... ...

नेपालखबर
जनकपुरले गुमायो चाैथाे विकेट
Latest NewsJust now

जनकपुरले गुमायो चाैथाे विकेट

काठमाडाैँ ।नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनाेजसँगकाे खेलमा जनकपुर बाेल्ट्सले चाैथाे विकेट गुमाएकाे छ। शुक्रबार त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा जनकपुरले ५ ओभरकाे समाप्तिमा खेलमा ४ विकेट गुमाएकाे हाे।... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play