काठमाडौँ । कीर्तिपुरस्थित राष्ट्रिय आविष्कार केन्द्रमा चोरी भएको छ। बुधवार बिहान एक व्यक्ति झ्यालबाट केन्द्रभित्र प्रवेश गरी कम्प्युटर र ड्रोनमा प्रयोग हुने ब्याट्री चोरी गरेर फरार भएका छन्। केन्द्रका संस्थापक महावीर पुनले सामाजिक सञ्जालमार्फत चोरीको घटनाबारे जानकारी दिएका हुन्। उनले घटनाको सीसीटीभी फुटेजसमेत सार्वजनिक गरेका छन्। फुटेजमा बिहान उज्यालो हुनुअघि एक व्यक्ति झ्यालबाट भित्र प्रवेश गरेको र सामान लिएर बाहिरिएको देखिन्छ। कीर्तिपुर प्रहरी वृत्तका अनुसार केन्द्रबाट एक थान कम्प्युटर र ड्रोनमा प्रयोग हुने ब्याट्री चोरी भएको छ। घटनाबारे प्रहरीमा उजुरी परिसकेको छ। प्रहरीले सीसीटीभी फुटेजका आधारमा चोरीमा संलग्न व्यक्तिको पहिचान गर्ने काम अघि बढाएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
राष्ट्रिय आविष्कार केन्द्रमा चोरी, झ्यालबाट छिरेर कम्प्युटर र ड्रोनको ब्याट्री लगियो

Read Complete Original Article
Published originally on लुम्बिनी सञ्चार



.jpg)


