राष्ट्रपति पाैडेलले गरे नवदुर्गाको विशेष पूजा तथा प्रसाद ग्रहण

काठमाडौं । बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसरमा आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले भक्तपुरको नवदुर्गा मन्दिरमा सरिक भई नवदुर्गा भवानीको पूजाअर्चना गरी प्रसाद ग्रहण गरेका छन् । प्रथम महिला सविता पौडेलसहित राष्ट्रप्रमुखका रूपमा नवदुर्गा मन्दिरमा दिउँसो पुगेका राष्ट्रपति पौडेलले नवदुर्गाको विशेष पूजा गरी फर्किएका हुन् । राष्ट्रपति पौडेललाई रमेश कर्माचार्यले नवदुर्गाको संकल्प पूजा गराएका थिए । राष्ट्रपति पौडेलले नवदुर्गा देवगणका मूर्ति अवलोकन गरी दर्शनगरेका थिए । नवदुर्गाका मूल नाइके इन्द्रबहादुर बनमालाले नवदुर्गाको प्रसादस्वरूप प्रदान गरेकाे नवदुर्गा भवानीको जमरा एवं टीका प्रसाद, फूलमाला, बिमिरो र पञ्चरङ्गी धागो उनले ग्रहण गरे । नवदुर्गाका २८ जना देवगण, पुजारी तथा तलेजुका मूल नाइकेलाई राष्ट्रपति पौडेलले दक्षिणा प्रदान गरे । राष्ट्रपति पौडेललाई बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगर, प्रदेशका उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री राजेन्द्र प्रजापति, भक्तपुर क्षेत्र नं. १ का संघीय सांसद रुकेश रञ्जित, गंगालक्ष्मी अवाल, प्रमुख जिल्ला अधिकारी विनोदबहादुर खड्कालगायत जिल्लाका सुरक्षा निकायका प्रमुख, गुठी संस्थान कार्यालय भक्तपुरका प्रमुखलगायत विभिन्न व्यक्तिहरूले स्वागत गरेका थिए । एक लाख नगदसहित सम्मान बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले भक्तपुरको नवदुर्गा देवगण जात्रा तथा मन्दिर व्यवस्थापन संस्थालाई बागमती प्रदेश सरकारका तर्फबाट एक लाख रुपैयाँ नगद प्रदान गरेका छन् । सम्मानपत्र राष्ट्रपति पौडेलले समितिलाई हस्तान्तरण गरे । नवदुर्गा जात्रा सञ्चालनका लागि हरेक वर्ष आर्थिक कठिनाइ हुँदै आएको अवस्थामा अब प्रदेश सरकारले उद्योग तथा पर्यटन मन्त्रालयअन्तर्गत एक लाख रुपैयाँसहित सम्मान गरेको मुख्यमन्त्री थापामगरले बताए । नवदुर्गा जात्रा संरक्षणका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने उनले बताए । विसं २०४५ मा भूकम्प गएपछि दैवीप्रकोपका घटनाले देश र जनताको हित एवं कल्याणका निमित्त तत्कालीन राष्ट्रप्रमुखले यो पूजाअर्चनालाई निरन्तरता दिन थालेको नवदुर्गा मन्दिर व्यवस्थापन समितिका सल्लाहकार नारायणप्रसाद वनमालाले जानकारी दिए । नवदुर्गाअन्तर्गत ब्रह्मायणी, महेश्वरी, कुमारी, वैष्णवी, बाराही, महाकाली, महालक्ष्मी, त्रिपुरासुन्दरी र भद्रकालीको पूजा गरिन्छ ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

त्रिभुवन आदर्श क्याम्पसमा संस्थापक अध्यक्ष गोपालमान श्रेष्ठको अर्धकदको प्रतिमा राखिने
स्याङ्जा । स्याङ्जा सदरमुकामस्थित त्रिभुवन आदर्श बहुमुखी क्याम्पसका अध्यक्ष अधिवक्ता तुलसी गिरीको अध्यक्षतामा आइतबार बसेको संचालक समितिको बैठकले क्याम्पसका... ...

एसिया कपमा छनोट टोलीलाई ३० लाख पुरस्कार
• नेपाल क्रिकेट सङ्घले एसिया कपमा स्थान बनाएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई रु ३० लाख पुरस्कार दिने घोषणा गरेको छ। • नेपालले युएईलाई हराएर दोस्रोपटक एकदिवसीय एसिया कपमा स्थान बनाएको छ, जुन नेपाली क्रिकेटका लागि महत्त्वपूर्ण उपलब्धि हो। • क्यानका अध्यक्ष चतुरबहादुर चन्दले एनपिएलको वित्तीय पारदर्शिता र अडिट प्रक्रियामा सुधार भएको जानकारी दिएका छन्। ...

एनपीएलमा पाकिस्तानी खेलाडीको सहभागिता अनिश्चित
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) मा पाकिस्तानी खेलाडीहरूको सहभागिता अनिश्चित बनेको छ । क्रिकइन्फोका अनुसार एनपीएलमा सहभागी हुने पाकिस्तानी खेलाडीहरूको एनओसीको सम्बन्धमा समस्या देखिएको छ । यसअघि एनओसी पाइसकेका खेलाडीलाई समेत... ...

पाकिस्तानी अलराउन्डर नवाज चितवनबाट एनपीएल खेल्ने
काठमाडौं । पाकिस्तानका अलराउन्डर मोहम्मद नवाजले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण चितवन राइनोजबाट खेल्ने भएका छन् । ३२ वर्षीय नवाज बायाँहाते ब्याटिङ र बायाँहाते स्पिन बलर नवाजलाई एनपीएलको तेस्रो सिजनका लागि अनुबन्ध गरेको घोषणा गरेको हो । नवाजले पाकिस्तानका लागि टेस्ट, एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन् । उनले पाकिस्तानबाट ९८ टी–२० अन्तर्राष्ट्रिय खेलमा ९११ रन बनाउनुका साथै बलिङमा ...


