Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

रारा जिप दुर्घटना अपडेट: थप एकसहित चार जनाको मृत्यु

Share:WhatsAppFacebookX (Twitter)Telegram
रारा जिप दुर्घटना अपडेट: थप एकसहित चार जनाको मृत्यु
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । रारा जिप दुर्घटनामा थप एक जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएकी ललितपुर महानगरपालिका-१५ मा बस्ने ५४ वर्षीया अञ्जु थापाको आज उपचारको क्रममा बिएण्डबी अस्पतालमा मृत्यु भएको हो । रारा जिप दुर्घटनामा अञ्जुको मृत्यु भएसँगै मृतकको सङ्ख्या चार पुगेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक रविराज थपलियाले जानकारी दिए । दुर्घटनामा घाइते भएका जिप चालक ललितपुर-१५ का ५८ वर्षीय कञ्चन थापासहित अञ्जुलाई थप उपचारका लागि आज बिहान नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत हुँदै बिएण्डबी अस्पतालमा पुर्‍याइएको थियो । घाइते कञ्चनको भने सोही अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक थपलियाले जानकारी दिए । उनका अनुसार घटनास्थलमै मृत्यु भएका तीन जना काठमाडौं कलङ्की बस्ने ५० वर्षीय विजय बस्नेत, ५४ वर्षीय रमेश पिडारी र ५० वर्षीय पूर्णकुमार थापाको शवलाई मुगुबाट सेनाको हेलिकप्टरबाट सुर्खेत पुर्‍याइ सुर्खेतबाट शववाहन गाडीमार्फत काठमाडौं लगिएको छ । काठमाडौंबाट रारा तालतर्फ आउँदै गरेको बागमती प्रदेशको बा१७च १८६४ नम्बरको हाइलक्स गाडी आइतबार बेलुका मुगुको छायाँनाथ रारा नगरपालिका-७, टोप्लास्थित रारा जाने सडकको जिमाकाँरा भिरबाट ६०० मिटर तल खसेर दुर्घटना भएको थियो । The post रारा जिप दुर्घटना अपडेट: थप एकसहित चार जनाको मृत्यु appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कोप-३१ को पहिलो साता : हिमाली मुद्दामा सकारात्मक उपलब्धि
Latest NewsJust now

कोप-३१ को पहिलो साता : हिमाली मुद्दामा सकारात्मक उपलब्धि

अन्ताल्या (टर्किए) । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप-३१) को पहिलो साता सम्पन्न हुँदा हिमाल र जलवायु परिवर्तनको मुद्दाले अन्तरराष्ट्रियस्तरमा प्राथमिकता पाएको छ । यद्यपि जलवायु वित्त, अनुकूलन, हानि तथा... ...

रातोपाटी
शेख हसिना फिर्ताका लागि भारतको सर्तमा बंगलादेशको यस्तो जवाफ
Latest NewsJust now

शेख हसिना फिर्ताका लागि भारतको सर्तमा बंगलादेशको यस्तो जवाफ

बंगलादेशकी विदेश राज्यमन्त्री शमा ओबेदले भारत र बंगलादेश सरकारबिच शेख हसिनाका विषयमा कुनै पनि सर्तमा कुराकानी नभएको बताएकी छन्। उनले विदेश मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारको प्रश्नको जवाफमा उक्त अभिव्यक्ति दिएकी हुन्। हालै बीबीसी बंगलादेशमा प्रकाशित रिपोर्टमा भारतीय अधिकारीहरूलाई उद्धृत गर्दै शेख हसिना फिर्ता पठाउन भारतले दुई सर्... ...

नेपालखबर
रसियामा प्रचण्डको सम्बोधन- कुनै पनि राष्ट्र अर्काको सम्मान गर्न नसक्ने गरी शक्तिशाली नहुन्
Latest NewsJust now

रसियामा प्रचण्डको सम्बोधन- कुनै पनि राष्ट्र अर्काको सम्मान गर्न नसक्ने गरी शक्तिशाली नहुन्

नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको भूगोल भूराजनीतिक प्रतिस्पर्धाको क्रिडास्थल नभएर सहयोग र साझा समृद्धिका लागि पुल बन्नुपर्नेमा जोड दिएका छन्। रसियाको मस्कोमा आयोजित ‘राष्ट्रहरूको स्वतन्त्रताका लागि’ अन्तर्राष्ट्रिय आन्दोलनको साधारण सभालाई सम्बोधन गर्दै प्रचण्डले विश्व इतिहास संवेदनशील मोडमा रहेको बताउँदै ... ...

नेपालखबर
सार्वजनिक ऋणको ब्याजमा ९८ अर्ब ८७ करोड रुपैयाँ भुक्तानी
Latest NewsJust now

सार्वजनिक ऋणको ब्याजमा ९८ अर्ब ८७ करोड रुपैयाँ भुक्तानी

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८३-८४ को तीन महिना मसान्तसम्ममा सार्वजनिक ऋणको साँवा खर्च तथा ब्याज भुक्तानीमा ९८ अर्ब ८७ करोड ३५ लाख भुक्तानी गरेको छ । सरकारले चालु आर्थिक वर्षका लागि चार खर्ब १७ अर्ब ८८ करोड विनियोजन गरेकामा सो रकम तीन महिनामा भुक्तानी गरेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको हो । कार्यालयले चालु आर्थिक वर्षको असोज मसान्तसम्म अवधिमा दायित्व ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play