Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

रारा गइरहेकाे हाइलक्स खस्यो, तीन जनाको मृत्यु

Share:WhatsAppFacebookX (Twitter)Telegram
रारा गइरहेकाे हाइलक्स खस्यो, तीन जनाको मृत्यु
Photo / Coverage: केन्द्रबिन्दु

मुगु । मुगुमा हाइलक्स गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार शुक्रबार दिउँसो करिब ४ः४५ बजे छायानाथ रारा नगरपालिका–७ टोप्लास्थित ताल्चा–रारा कच्ची सडकखण्डमा गाडी दुर्घटना भएको हो । सुर्खेतबाट रारातर्फ जाँदै गरेको बा १७ च १८६४ नम्बरको हाइलक्स गाडी अनियन्त्रित भएर सडकबाट करिब ६ सय मिटर तल खसेको थियो । दुर्घटनामा काठमाडौंको कलंकीका ५० वर्षीय विजय बस्नेत, ५४ वर्षीय रमेश बिडारी र ५० वर्षीय पूर्णकुमार थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक रवि राज थपलियाले जानकारी दिएका छन् । दुर्घटनामा ललितपुर महानगरपालिका–१५ का ५८ वर्षीय चालक कञ्चन थापा र सोही ठाउँकी ५४ वर्षीया अञ्जु थापा मध्यम घाइते भएका छन् । दुर्घटनापछि घटनास्थल पुगेको प्रहरी टोलीले गाडीमा सवार पाँचै जनाको उद्धार गरी जिल्ला अस्पताल मुगु पुर्‍याएको थियो । अस्पतालले तीन जनालाई मृत घोषणा गरेको हो । गाडी दुर्घटना हुनुको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
नेपाल प्रिमियर लिग: पाेखराले काठमाडौंलाई हरायाे
Latest NewsJust now

नेपाल प्रिमियर लिग: पाेखराले काठमाडौंलाई हरायाे

• पोखरा एभेन्जर्सले एनपीएलको दोस्रो खेलमा काठमाडाैं गोर्खाजलाई हराउँदै २२५ रनको कीर्तिमानी लक्ष्य राखेको छ। • काठमाडाैंले १९.५ ओभरमा १६९ रन बनाउँदै खेल समाप्त गर्यो, जहाँ साहिल पटेलले ३४ र राशिद खानले ३१ रन बनाए। • पोखराले २० ओभरमा २२४ रन बनाएको थियो, जसमा कुशल भुर्तेलले ९९ र युवराज सामराले ८९ रनको योगदान दिए। ...

नेपालबहस
आगामी मंसिर १ गते राप्ती नदी दिवस मनाइँदै
Latest NewsJust now

आगामी मंसिर १ गते राप्ती नदी दिवस मनाइँदै

चितवन । राप्ती नदीको संरक्षण र स्वच्छता प्रवर्द्धन गर्ने उद्देश्यले आगामी मंसिर १ गते राप्ती नदी दिवस मनाइँदैछ । चितवन उपत्यकामार्फत पूर्वदेखि पश्चिमसम्म बग्ने राप्ती दिवसका अवसरमा मकवानपुरको भीमफेदीबाट चितवनको... ...

रातोपाटी
जोर्डनमा चर्चमाथि आक्रमण गर्ने तीन जनालाई मृत्युदण्ड
Latest NewsJust now

जोर्डनमा चर्चमाथि आक्रमण गर्ने तीन जनालाई मृत्युदण्ड

अम्मान । जोर्डनको एक अदालतले चर्चमा भएको घातक गोलीकाण्डमा संलग्न तीन जनालाई आइतबार मृत्युदण्डको सजाय सुनाएको छ । आक्रमणमा मारिएकाहरूप्रति शोक तथा पीडित परिवारसँग ऐक्यबद्धता जनाउँदै देशभरका क्रिसमस उत्सवसमेत रद्द गरिएको... ...

रातोपाटी
तेस्रो वर्ष पनि नेपालको रेटिङ ‘बीबी माइनस’, किन सुध्रिएन ?
Latest NewsJust now

तेस्रो वर्ष पनि नेपालको रेटिङ ‘बीबी माइनस’, किन सुध्रिएन ?

भ्रष्टाचार र सुशासनविरुद्ध भदौ २०८२ मा भएको जेन–जी आन्दोलन, त्यसपछिको अन्तरिम सरकार र निर्वाचनमार्फत बहुमत प्राप्त रास्वपाको सरकार बनेपछि मुलुकमा सुधारको अपेक्षा गरिए पनि रेटिङको नतिजाले त्यस्तो देखाएन ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play