रायो साग खेतीबाट दुई महिनामै साढे दुई लाख आम्दानी

धनगढीमा रायो साग खेतीबाट राम्रो आम्दानी गर्न सकिने उदाहरण बनेका छन् प्रेम राना । कृष्णपुर नगरपालिका पिपरिया–९ का राना परिवारका लागि रायो खेती आर्थिक उपार्जनको गतिलो माध्यम बन्दै गएको छ । रानाको रायो सागका तीन ठूला बारीका फाँटहरु छन । बारीमा उत्पादन भएको साग दिनहुँ टिपेर किलोका हिसाबले धनगढी बजारमा बिक्री गर्ने गरिएको छ। साग टिप्ने र बजारसम्म पुर्याउने काममा प्रेम रानासँगै उनका परिवारका सदस्यहरू पनि खटिने गरेका छन् । परिवारका सबै सदस्य मिलेर खेतीपातीमा लाग्दा घरखर्च चलाउन सहज भएको उनको भनाइ छ । परिवारमा ११ सदस्य छन् । रानाको बारीबाट दैनिक एक सयभन्दा बढी एक किलोका मुठा रायो साग टिपेर बिक्री हुने गरेको छ । उनले दुई महिनाको अवधिमा साग बिक्रीबाट साढे दुई लाख रुपैयाँ आम्दानी गरेको बताए । साग खरिद गर्न ग्राहकहरू खेतबारीमै पुग्ने र आफैँले टिपेर लैजानेसमेत गरेका छन्। यसले बजारमा सागको माग राम्रो रहेको देखाउँछ। प्रेमका अनुसार करिब चार महिनासम्म रायो साग टिपेर बिक्री गर्न सकिने भएकाले यो खेतीबाट थप आम्दानी हुने अपेक्षा छ । खेतीबाट अझै पूर्ण सफलता हासिल गरिनसकेको बताउने राना आफ्नो कामप्रति भने उत्साहित छन् । आफ्नो कामबाट पूर्ण सफलता पाएपछि मात्र सार्वजनिक रूपमा बोल्ने बताउँदै उनी हाँस्दै आफ्ना अनुभव सुनाइरहेका थिए। उनको यो भनाइले खेतीबाट केही राम्रो आम्दानी भए पनि अझै अगाडि बढ्ने चाहना रहेको देखाउँछ। प्रेम रानाले एउटै मौसममा मात्र नभई मौसमअनुसार साग खेती गर्दै आएको बताएका बताए । रायो सागसँगै अन्य फलफूल खेतीबाट पनि आम्दानी हुने गरेको उनको भनाइ छ। परिवारका सदस्यहरू मिलेर खेतीमा काम गर्दा घरपरिवार पाल्न सहज भएको उनी बताउँछन्। मेहनत, निरन्तरता र बजारको मागलाई ध्यानमा राखेर खेती गर्न सके कृषि व्यवसायबाट पनि राम्रो आम्दानी गर्न सकिने उनको अनुभव छ ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

साइबर सुरक्षा जोखिम बढेपछि राष्ट्र बैंकका तीन प्रणालीको गुनासो सुनुवाइ इमेलबाट मात्रै
नेपाल राष्ट्र बैंकले साइबर सुरक्षा जोखिम बढेको जनाउँदै आफ्ना विभिन्न विद्युतीय प्रणालीसँग सम्बन्धित गुनासो तत्कालका लागि इमेलमार्फत मात्र संकलन गर्ने व्यवस्था गरेको छ। राष्ट्र बैंकको बालुवाटारस्थित कार्यालयले जारी गरेको जरुरी सूचनाअनुसार विश्वभर फैलिएको पीएचपीसँग सम्बन्धित साइबर सुरक्षा जोखिमका कारण बैंकबाट उपलब्ध हुँदै आएका गुनासो सुनुवाइ पोर्टल, एनसीटीएस तथा एलसी र एफएक्सओएल प्रणालीसँग सम्बन्धित गुनासो व्यवस्थापनमा वैकल्पिक व्यवस्था गरिएको हो। बैंकले अर्को प्रणाली ...

सिद्धबाबा नजिकै बसको ठक्करले स्कुटरमा सवार महिलाको मृत्यु
मृत्यु हुनेमा गुल्मीको धुर्कोट गाउँपालिका ४ जैसीथोक निवासी ३७ वर्षीया माया कुवँर रहेको प्रहरीले जनाएको छ । ...

हानि–नोक्सानी कोषबाट तीन अर्ब ल्याउन के छ नेपालको तयारी ?
रसुवा बाढीको दुई महिना पुग्न केही दिन बाँकी हुँदा ५ कार्तिकमा बसेको बोर्डको विशेष बैठकले उपलब्ध गराउने भनेको अनुदान सहयोगबारे नेपाल सरकारको तयारी के छ त ? ...



