Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

राप्रपाका १ लाख १० हजार क्रियाशील सदस्यको सदस्यता अद्यावधिक

Share:WhatsAppFacebookX (Twitter)Telegram
राप्रपाका १ लाख १० हजार क्रियाशील सदस्यको सदस्यता अद्यावधिक
Photo / Coverage: पर्दाफास

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफ्ना करिब एक लाख १० हजार क्रियाशील सदस्यको सदस्यता अद्यावधिक गरेको छ । पार्टीका नेता राजाराम श्रेष्ठका अनुसार सङ्गठनमा आबद्ध रही वडा, नगर, क्षेत्र तथा केन्द्रमा सक्रिय सदस्यको सदस्यता अद्यावधिक गरिएको हो । मङ्सिर २६ देखि २८ गतेसम्म काठमाडौँमा हुने पार्टीको महाधिवेशनलाई लक्षित गरी सदस्यता अद्यावधिक गरिएको उनले बताए । यसअघि राप्रपामा करिब डेढ लाख क्रियाशील सदस्य थिए । महाधिवेशनका लागि देशभरका क्रियाशील सदस्यबाट प्रतिनिधि छनोट प्रक्रिया पनि अन्तिम चरणमा पुगेको छ । प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रबाट तीन महिलासहित नौ जना प्रतिनिधि निर्वाचित हुने व्यवस्था गरिएको छ । पार्टीले महाधिवेशनका लागि ७६ जिल्ला अधिवेशन र पाँच प्रदेश अधिवेशन सम्पन्न गरिसकेको छ । पालिका, प्रदेशसभा निर्वाचन क्षेत्र, जिल्ला र प्रदेश अधिवेशनबाट निर्वाचित अध्यक्षहरू पदेन प्रतिनिधिका रूपमा सहभागी हुनेछन् । त्यस्तै, प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रबाट निर्वाचित हुने प्रतिनिधिमध्ये कम्तीमा एक जना ४० वर्षमुनिका युवा अनिवार्य सहभागी हुने व्यवस्था गरिएको पार्टी नेता केशव श्रेष्ठले जानकारी दिए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
जहाँ बालुवा–गिट्टी कुटेर बिताइन् बाल्यकाल, त्यहीँ शिक्षामन्त्री लिएर पुगिन् सिता बादी
OthersJust now

जहाँ बालुवा–गिट्टी कुटेर बिताइन् बाल्यकाल, त्यहीँ शिक्षामन्त्री लिएर पुगिन् सिता बादी

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षामन्त्री सिता बादी आफ्नो बाल्यकाल बिताएको सुर्खेतस्थित झुप्रा खोलामा शिक्षामन्त्री सस्मित पोखरेललाई लिएर पुगेकी छन् । शनिबार बेलुका जन्मभूमि पुगेकी मन्त्री बादीले कुनै समय आफूले बालुवा–गिट्टी कुटेर जीवन बिताएको बस्तीका स्थानीयसँग भेटघाट गर्दै उनीहरूका समस्या र आवश्यकताबारे शिक्षामन्त्री पोखरेललाई जानकारी गराएकी हुन् । भेटघाटका क्रममा स्थानीयले विद्युत्, खानेपानी, शिक्षा, रोजगारी, बस्ती व्यवस्थापन र आधारभूत ...

पर्दाफास
गगन थापा लगायतविरुद्ध धम्क्याउँदै बयान पढ्न लगाएको आरोपमाथि संसदीय छानबिन माग
OthersJust now

गगन थापा लगायतविरुद्ध धम्क्याउँदै बयान पढ्न लगाएको आरोपमाथि संसदीय छानबिन माग

आङ्देम्बेले सत्तापक्षबाटै बयानको पटकथा तयार पार्ने, हिरासतमा रहेका इमनलाई तयार पारिएको कागज पढ्न बाध्य पार्ने र नमाने फसाइदिने धम्की दिने काम भएको सत्य भए त्यो विधिको शासनमाथिको गम्भीर प्रहारको रूपमा लिइने बताए । ...

अनलाइन खबर
तोलामा २ हजार रुपैयाँ बढ्यो सुन
OthersJust now

तोलामा २ हजार रुपैयाँ बढ्यो सुन

१३ मंसिर, काठमाडौं । आइतबार सुनको भाउ तोलामा २ हजार रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ४८ हजार १ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन सुनको भाउ प्रतितोला २ लाख ४६ हजार १ सय रुपैयाँ थियो । चार दिनमा सुनको मूल्य प्रतितोला ६ हजार… ...

अनलाइन खबर
पर्यटन बोर्डको कार्यकारी प्रमुखका लागि ११ उम्मेदवार छानिए
OthersJust now

पर्यटन बोर्डको कार्यकारी प्रमुखका लागि ११ उम्मेदवार छानिए

११ मंसिर, काठमाडौं । नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख पदका लागि ११ जना उम्मेदवार छनोट भएका छन् । नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख पदका लागि नियुक्ति सिफारिस कार्यविधि, २०८३ को दफा ६ को उपदफा (५) बमोजिम सम्पन्न रणनीतिक कार्ययोजनामा आधारित छनोट प्रक्रियाबाट सुरुमा १६ उम्मेदवार छानिएको थियो । ती १६ मध्येबाट पर्यटन क्षेत्रका विभिन्न समस्या… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement