Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

जहाँ बालुवा–गिट्टी कुटेर बिताइन् बाल्यकाल, त्यहीँ शिक्षामन्त्री लिएर पुगिन् सिता बादी

Share:WhatsAppFacebookX (Twitter)Telegram
जहाँ बालुवा–गिट्टी कुटेर बिताइन् बाल्यकाल, त्यहीँ शिक्षामन्त्री लिएर पुगिन् सिता बादी
Photo / Coverage: पर्दाफास

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षामन्त्री सिता बादी आफ्नो बाल्यकाल बिताएको सुर्खेतस्थित झुप्रा खोलामा शिक्षामन्त्री सस्मित पोखरेललाई लिएर पुगेकी छन् । शनिबार बेलुका जन्मभूमि पुगेकी मन्त्री बादीले कुनै समय आफूले बालुवा–गिट्टी कुटेर जीवन बिताएको बस्तीका स्थानीयसँग भेटघाट गर्दै उनीहरूका समस्या र आवश्यकताबारे शिक्षामन्त्री पोखरेललाई जानकारी गराएकी हुन् । भेटघाटका क्रममा स्थानीयले विद्युत्, खानेपानी, शिक्षा, रोजगारी, बस्ती व्यवस्थापन र आधारभूत पूर्वाधारको समस्या उठाएका थिए । बालुवा–गिट्टी कुट्ने पेसा बन्द भएपछि वैकल्पिक रोजगारीको अभावमा जीविकोपार्जन गर्न कठिन भएको उनीहरूको गुनासो थियो । त्यस्तै, जन्मदर्ता नहुँदा १५ जना बालबालिका शिक्षाको अवसरबाट वञ्चित भएको विषयमा पनि मन्त्री बादीले शिक्षामन्त्रीको ध्यानाकर्षण गराएकी थिइन् । शिक्षामन्त्री पोखरेलले ती बालबालिकाको शिक्षामा सहज पहुँच सुनिश्चित गर्न आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए । भेटका क्रममा स्थानीय महिलाको आर्थिक अवस्था सुधारका लागि सीपमूलक तालिम र रोजगारीका अवसर सिर्जना गर्ने विषयमा पनि छलफल भएको थियो । मन्त्री बादीले झुप्रा खोलाका महिलालाई लक्षित गरी छिट्टै सीपमूलक तालिम सञ्चालन गर्ने जानकारी दिइन् । आफूले बाल्यकालमा सङ्घर्ष गरेको बस्तीका समस्या राज्यका जिम्मेवार निकायसम्म पुर्‍याउने उद्देश्यले भ्रमण गरिएको मन्त्री बादीले बताइन् । उनले बालबालिकाको शिक्षामा पहुँच, महिलाको आत्मनिर्भरता र स्थानीयको सम्मानजनक जीवनयापनका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन् । भ्रमणमा प्रधानमन्त्रीका मिडिया व्यवस्थापन संयोजक दीपा दाहाल र प्रतिनिधिसभा सदस्य तारा विश्वकर्मा पनि सहभागी थिए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
गगन थापा लगायतविरुद्ध धम्क्याउँदै बयान पढ्न लगाएको आरोपमाथि संसदीय छानबिन माग
OthersJust now

गगन थापा लगायतविरुद्ध धम्क्याउँदै बयान पढ्न लगाएको आरोपमाथि संसदीय छानबिन माग

आङ्देम्बेले सत्तापक्षबाटै बयानको पटकथा तयार पार्ने, हिरासतमा रहेका इमनलाई तयार पारिएको कागज पढ्न बाध्य पार्ने र नमाने फसाइदिने धम्की दिने काम भएको सत्य भए त्यो विधिको शासनमाथिको गम्भीर प्रहारको रूपमा लिइने बताए । ...

अनलाइन खबर
राप्रपाका १ लाख १० हजार क्रियाशील सदस्यको सदस्यता अद्यावधिक
OthersJust now

राप्रपाका १ लाख १० हजार क्रियाशील सदस्यको सदस्यता अद्यावधिक

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफ्ना करिब एक लाख १० हजार क्रियाशील सदस्यको सदस्यता अद्यावधिक गरेको छ । पार्टीका नेता राजाराम श्रेष्ठका अनुसार सङ्गठनमा आबद्ध रही वडा, नगर, क्षेत्र तथा केन्द्रमा सक्रिय सदस्यको सदस्यता अद्यावधिक गरिएको हो । मङ्सिर २६ देखि २८ गतेसम्म काठमाडौँमा हुने पार्टीको महाधिवेशनलाई लक्षित गरी सदस्यता अद्यावधिक गरिएको उनले बताए । यसअघि राप्रपामा करिब डेढ लाख क्रियाशील सदस्य थिए ...

पर्दाफास
तोलामा २ हजार रुपैयाँ बढ्यो सुन
OthersJust now

तोलामा २ हजार रुपैयाँ बढ्यो सुन

१३ मंसिर, काठमाडौं । आइतबार सुनको भाउ तोलामा २ हजार रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ४८ हजार १ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन सुनको भाउ प्रतितोला २ लाख ४६ हजार १ सय रुपैयाँ थियो । चार दिनमा सुनको मूल्य प्रतितोला ६ हजार… ...

अनलाइन खबर
पर्यटन बोर्डको कार्यकारी प्रमुखका लागि ११ उम्मेदवार छानिए
OthersJust now

पर्यटन बोर्डको कार्यकारी प्रमुखका लागि ११ उम्मेदवार छानिए

११ मंसिर, काठमाडौं । नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख पदका लागि ११ जना उम्मेदवार छनोट भएका छन् । नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख पदका लागि नियुक्ति सिफारिस कार्यविधि, २०८३ को दफा ६ को उपदफा (५) बमोजिम सम्पन्न रणनीतिक कार्ययोजनामा आधारित छनोट प्रक्रियाबाट सुरुमा १६ उम्मेदवार छानिएको थियो । ती १६ मध्येबाट पर्यटन क्षेत्रका विभिन्न समस्या… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement