राप्तीसोनारीमा दुई कार एकआपसमा ठोक्किँदा एकको मृत्यु, ६ जना घाइते

बाँकेको राप्तीसोनारी गाउँपालिका–१ सौरीस्थित पूर्व–पश्चिम राजमार्गमा दुईवटा कार एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । भने ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा कैलालीको धनगढी उपमहानगरपालिका–५ घर भई हाल काठमाडौं बस्दै आएका ७३ वर्षीय टेकबहादुर शाही रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका शाहीलाई उपचारका क्रममा १०ः८ बजे चिकित्सकले मृत घोषणा गरेका हुन् । प्रहरीका अनुसार आज बिहान करिब ९ बजे कोहलपुरबाट काठमाडौंतर्फ आउँदै गरेको बा।प्र। ०१–०३२ च ३६१८ नम्बरको कार र दाङको घोराहीबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा.प्र. ०१–०३० च ८४९६ नम्बरको कार एकआपसमा ठोक्किएका थिए । दुर्घटनामा बा.प्र.०१–०३२ च ३६१८ नम्बरको कारमा सवार ४० वर्षीया कुसुम शाही, १६ वर्षीय शुभम शाही र कार चालक डोटीको साविक मुदेगाउँ गाविस–७ घर भएका ४५ वर्षीय नरेन्द्रबहादुर शाही घाइते भएका छन् । घाइते चालक नरेन्द्रबहादुरको नेपालगञ्जस्थित सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेजमा उपचार भइरहेको छ भने कुसुम र शुभमको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । त्यसैगरी, अर्को कार बा.प्र. ०१–०३० च ८४९६ मा सवार दाङको घोराही उपमहानगरपालिका–७ निवासी ५५ वर्षीय ओमभक्त योगी, ५५ वर्षीया प्रीति योगी र २३ वर्षीया सुप्रिया गिरी घाइते भएका छन् । उनीहरूको नेपालगञ्जस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ । सोही कारका चालक घोराही–७ सौरियार बस्ने करिब ४० वर्षीय सम्राट नाथ योगीलाई भने चोटपटक लागेको छैन । उनलाई इलाका प्रहरी कार्यालय कुसुम, बाँकेले नियन्त्रणमा लिएको छ । दुर्घटनाका कारण केही समय अवरुद्ध भएको राजमार्ग १०ः१५ बजे देखि पूर्ण रूपमा सञ्चालनमा आएको प्रहरीले जानकारी दिएको छ ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

नेकपाको डेढ महिने ‘राष्ट्रिय जागरण अभियान’ सुरु, आत्मसमीक्षासहित गाउँ पस्दै
नेपाली कम्युनिष्ट पार्टीले विद्यमान राजनीतिक, आर्थिक तथा सामाजिक संकट, बढ्दो महँगी र जनजीविकाका सवालहरूलाई सम्बोधन गर्न देशव्यापी ‘राष्ट्रिय जागरण अभियान’ शुरु गरेको छ । शनिवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडाबाट शनिवारदेखि मङ्सिर २५ गतेसम्मका लागि डेढ महिने देशव्यापी ‘राष्ट्रिय जागरण अभियान’ शुरु गरेको हो । कार्यक्रममा पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेतृत्व गाउँ, वडा र बस्ती तहसम्म पुगेर नागरिकसँग प्रत्यक्ष ...

मोरङ, सर्लाही, बर्दिया र डोटीमा ४ व्यक्ति मृत भेटिए
७ कात्तिक, काठमाडौं । मोरङ, सर्लाही, बर्दिया र डोटीमा ४ व्यक्ति मृत भेटिएका छन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, मोरङको पथरी शनिश्चरे नगरपालिका–८ स्थित डाँस खोलामा सोही ठाउँ बस्ने ७७ वर्षीय कृष्णा माझी शुक्रबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै, सर्लाहीको बलरा नगरपालिका–८ गडहिया बजारमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी… ...

एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल एकता सम्भव छैन : प्रचण्ड
७ कात्तिक, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा (एमाले) सँग राष्ट्रिय मुद्दाहरूमा सहकार्य हुनसक्ने भएपनि तत्काल पार्टी एकताको कुनै सम्भावना नरहेको बताएका छन् । पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिवार आयोजित ‘पार्टी जागरण अभियान’ शुभारम्भ कार्यक्रममा पत्रकारहरूसँग कुरा गर्दै संयोजक दाहालले आफ्नो दल भ्रष्टाचारविरुद्ध उभिएको र एमाले सुशासनको विपक्षमा देखिएकाले… ...

एससीटी र डिप्रोक्स लघुवित्तबीच डिजिटल भुक्तानी सेवासम्बन्धी सम्झौता
काठमाडौं । स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाबीच कार्ड सेवा सञ्चालन तथा डिजिटल भुक्तानी सुविधा विस्तार गर्ने सम्झौता भएको छ । असोज ३० गते भएको सम्झौतासँगै डिप्रोक्स लघुवित्तका ग्राहक तथा सदस्यले पनि कार्डमार्फत भुक्तानी गर्न सक्ने भएका छन् । एससीटीका अनुसार कार्ड सेवा सुरु गर्ने डिप्रोक्स पहिलो लघुवित्त संस्था हो । […] ...


