‘राजनीतिकर्मी अनुसन्धानकर्ता पनि हुनुपर्छ’

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले राजनीतिकर्मीले राजनीति मात्रै नगरेर अनुसन्धान पनि गर्नुपर्ने बताएका छन् । भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्याको समापन गर्दै उहाँले राजनीतिक क्षेत्रमा सफल हुन अरूको अनुभवबाट सिक्नुपर्ने बताए । उनले राजनीतिमा सक्रिय हुने व्यक्तिले समाजका समस्या बुझ्न, वास्तविकता पहिचान गर्न र त्यसको समाधान खोज्न आफैँले अध्ययन तथा अनुसन्धान गर्नुपर्ने बताए । बिजुक्छेले राजनीतिक कार्यकर्ताको मूल्याङ्कन पार्टीको सदस्यताका आधारमा मात्र नभई उसको अध्ययन, अनुभव, अनुसन्धान र व्यवहारमा देखिने कार्यक्षमताका आधारमा हुनुपर्नेमा जोड दिए । सम्मेलनमा किसान अगुवा मोहनबहादुर कुस्मा, लालाखिं गुरु मोतीबहादुर खायमली, समाजसेवी कृष्णदेवी वाङायो र सामाजिक अगुवा टेकबहादुर पलिखेललाई बिजुक्छेले नगदसहित दोसल्ला ओढाइ सम्मान गरेका थिए । बिजुक्छेले साहित्यतर्फ कथा र कवितामा उत्कृष्ट हासिल गर्ने साहित्यकारलाई पुरस्कार वितरण गर्नुभयो । निर्णायक मण्डलको निर्णयअनुसार कवितातर्फ सकुन्तला महर्जन, हरिसुन्दर पोतामहाँ, शिल्भिया प्रजापति, ओमकृष्ण श्रेष्ठ क्रमशः प्रथम, द्वितीय, तृतीय र चौथो हुनुभयो । कथा विधातर्फ कमलकेशरी थुयाजु, सूर्यनारायण फाँजु, श्रीया पहिजु र एलके सुन्दर क्रमशः प्रथम, द्वितीय, तृतीय र चौथो स्थान हासिल गरेको घोषणा गरियो । यसअघि पहिलो दिन शुक्रबार तःमुंज्याको मुखपत्रका रुपमा प्रकाशित तःमुंज्या ख्वपौँको विमोचन बिजुक्छेले गरेका थिए भने हरिबहादुर श्रेष्ठ (नारायणमान बिजुक्छे)द्वारा लिखित ‘नयाँ पुस्ता’ पुस्तक वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले गरेका थिए । सम्मेलनमा नेमकपाका अध्यक्ष नारायणमान बिजुक्छे, नेमकिपाका केन्द्रीय सचिव प्रेम सुवाल, भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापति, नेमकिपा केन्द्रीय सदस्य नन्दबहादुर शाही, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, जलस्रोतविद् रतन भण्डारी, डा धनरत्न शाक्य, डा सरोज धिताल, डा तारालाल श्रेष्ठ तथा साहित्यकार हरिहर तिमल्सिना, अभय श्रेष्ठ र कृष्णकुमार वैद्यलगायत विभिन्न क्षेत्रका विज्ञ तथा साहित्यकारले साहित्यको महत्त्वमाथि प्रकाश पारेका थिए । ‘जनता म्वाःसा भाषा म्वाई’ अर्थात् ‘जनता बाँचे भाषा बाँच्छ’ भन्ने मूल नाराका साथ भक्तपुर नगरपालिका–७, गोमारीस्थित यातामा आयोजित दुईदिने साहित्य सम्मेलनमा नेपालभाषा, साहित्य, कला, संस्कृति र समसामयिक सामाजिक तथा राजनीतिक विषयमा अन्तरक्रिया गरिएको थियो ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

तीन जनाको मृत्युपछि पत्ता लाग्यो– दर्ताबिनै बोटहरू चलिरहेका थिए
विराटनगर । सप्तकोशी नदीमा अनधिकृत रूपमा सञ्चालन हुँदै आएको डुङ्गा (बोट) पल्टिएर आइतबार दिउँसो तीन जनाको मृत्यु भयो । बोट पल्टिएर डुबेका तीन जनाको शव सुनसरीको चतरा क्षेत्रबाट निकालिएको सुनसरी प्रहरीका... ...
_ImiemsL76Y.jpg)
कात्तिक ११ गतेसम्म मौसम ठिकठाक, १२ गते वर्षा
काठमाडौं । देशभर कात्तिक ११ गतेसम्म मौसममा ठूलो परिवर्तन नदेखिए पनि कात्तिक १२ गते बिहीबारदेखि वर्षा र हिमपातको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक... ...

फ्रान्समा एक हजार ३१४ जना प्रदर्शनकारी पक्राउ
पेरिस, फ्रान्स । फ्रान्सभरि भएका प्रदर्शनहरूबाट शुक्रबार र शनिबारमा प्रहरीले एक हजार ३१४ जनालाई पक्राउ गरेको फ्रान्सको आन्तरिक मन्त्रालयले आइतबार बताएको छ । झडपमा ५३ जना प्रहरी घाइते भएका बताइएको छ । जीवनयापनको उच्च लागत विरुद्ध फ्रान्सका प्रमुख सहरहरूमा भएका ठूला प्रदर्शनहरूको क्रममा हिंसा भड्किएपछि शनिबार धेर मानिसलाई पक्राउ गरिएको हो । यो फ्रान्समा सप्ताहन्तमा भएको लगातार दोस्रो अशान्ति हो । देशमा ...

एनपिएलको पुरस्कार राशि घोषणा, विजेताले डेढ करोड पाउने
काठमाडौँ, कात्तिक ८ गते । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको उपाधि जित्ने टोलीले रु एक करोड ५० लाख प्राप्त गर्ने भएको छ ।अघिल्लो संस्करणको तुलनामा यसपटक विजेता टोलीको... ...


