रसुवा र नुवाकोटका धार्मिक तथा पर्यटकीय क्षेत्र भ्रमणका लागि सुरक्षित

रसुवा। भोटेकोशी र त्रिशूली नदीमा भदौमा गएको बाढीका कारण बगे–भत्केका सडक मर्मतसम्भार भएसँगै नदी तटीय क्षेत्रबाहेक अन्यत्रको जनजीवन लयमा फर्केको छ । रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङका अनुसार बाढीले सखाप पारेका रसुवा र नुवाकोट जिल्लाका नदी तटीय क्षेत्रबाहेक अन्यत्रको जनजीवन सामान्यतर्फ फर्केको छ । अहिले त्रिशूली–वेत्रावतीसम्मको सडक यातायात सञ्चालन भएको छ भने शाखा सडकहरू पनि बनाइएको अवस्था छ । यसैबीच होटल तथा रेस्टुरेन्ट व्यवसायी सङ्घ नुवाकोट र होटल तथा पर्यटन व्यवसायी सङ्घ रसुवाले नदी तटीय क्षेत्रबाहेक अन्यत्र सबै ठाउँ सुरक्षित र सहज भएकाले भ्रमण गर्न सकिने बताएको छ । दुवै संस्थाका तर्फबाट बिनाहिच्किचावट घुमफिर गर्न अनुरोध छ । यसअघि जस्तै सबैखालको सुविधा दिन तयार छौँ भनिएको छ । नागरिक समाजका अध्यक्ष तामङले बाह्य तथा आन्तरिक पर्यटकहरूलाई स्वागत गर्न रसुवावासी तयार रहेको बताउँदै यात्रामा कुनै कठिनाइ उत्पन्न नहुने भएकाले ढुक्क भएर भ्रमण गर्न अनुरोध गरेका छन् । यसैगरी, होटल तथा पर्यटन व्यवसायी सङ्घ रसुवाका अध्यक्ष विशाल घलेले रसुवाका धार्मिक तथा पर्यटकीय स्थल जाने सबै रूट पूर्ण रूपमा सुरक्षित रहेकाले भ्रमणमा रमाउन सम्बद्ध पक्षको ध्यानाकर्षण गरे । होटल व्यवसायी महासङ्घ नेपालका वरिष्ठ उपाध्यक्ष सन्तोष उप्रेतीले पर्यटकीय गतिविधि, व्यावसायिक काम वा व्यक्तिगत यात्राका लागि नुवाकोट तथा रसुवा आउन चाहनेहरूलाई अनावश्यक डर, त्रास वा द्विविधा नराख्न आग्रह गरेका छन् । रसुवाका प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले बाढीपछि धादिङको पृथ्वी राजमार्ग गल्छी हँदै देवीघाट–ढुङ्गे–त्रिशूली–वेत्रावती सडक पूर्ण रूपमा सञ्चालनमा आइसकेको, स्याफ्रुबेँसीमा फड्को पुल बनेको र बेलिब्रिज जडान गर्ने तयारी रहेको जानकारी दिए । उनले यातायात सञ्चालन आएको, होटल व्यवसाय पनि सञ्चालन हुन थालेको तथा शान्तिसुरक्षाको अवस्था मजबुत बनाइकाले यात्रा गर्न असहज ।नहुने बताए ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

विजयादशमीले भौगोलिक, सांस्कृतिक र भाषिक विविधतायुक्त समाजलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री साह
नेपालीहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको मङ्गलमय शुभकामना व्यक्त गरेका छन्। ...

आज टीका लगाउन मौसमको साथ, यस्तो छ मौसम महाशाखाको अपडेट
मौसम पूर्वानुमान महाशाखाले आज बुधबार बिहान ८ बजे अद्यावधिक गरेको बुलेटिनअनुसार हाल देशका हिमाली र पहाडी भेगमा मौसम मुख्यतया सफा रहेको छ। तराई, उपत्यका तथा खोँचहरूका थोरै स्थानमा भने अहिले बिहान हुस्सु/कुहिरो लागेको छ। मौसम महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली र पहाडी क्षेत्रको आकाशमा आंशिक बादल लाग्नेछ भने तराईमा मौसम ... ...

विजयादशमीले सांस्कृतिक सम्बन्ध पुस्तान्तरणमा सहयोग पुर्याउँछ : मुख्यमन्त्री कार्की
काठमाडौं। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विजयादशमी पर्वले पारिवारिक आत्मीयता र आपसी सम्मान अभिवृद्धि गर्दै सांस्कृतिक सम्बन्धलाई पुस्तान्तरण गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् । विजयादशमीका अवसरमा सम्पूर्ण नेपालीलाई सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायुको शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री कार्कीले असत्यमाथि सत्यको विजयका रूपमा मनाइने यस पर्वले सबैलाई सत्यको मार्गमा अघि बढ्न प्रेरणा प्रदान गर्ने बताएका हुन् । विजयादशमीको अवसरमा ...

विजयादशमीमा काष्ठमण्डप क्षेत्रमा जमरा किन्नेको भीड, मुठाको १०० देखि १५० रुपैयाँसम्म
विजयादशमीका दिन नवदुर्गा भवानीको प्रसादका रूपमा शिरमा लगाइने जमरा बिक्री भइरहेको छ। काष्ठमण्डप क्षेत्रमा बिहानैदेखि जमरा किन्ने र बेच्ने मानिसको भीड लागेको छ। ...


