रवि लामिछाने तीर्थाटनका लागि भारत प्रस्थान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शुक्रबार तीनदिने निजी तथा पारिवारिक तीर्थाटनका लागि भारत जाने भएका छन्। उनको निजी सचिवालयका अनुसार लामिछाने पत्नी निकिता पौडेलसहित धनगढी हुँदै भारत प्रस्थान गर्ने कार्यक्रम छ। सचिवालयले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै लामिछानेको भारत भ्रमणबारे जानकारी दिएको हो। भ्रमण पूर्णतः निजी तथा पारिवारिक र आध्यात्मिक उद्देश्यमा केन्द्रित रहेको सचिवालयले जनाएको छ। तीनदिने भ्रमणका क्रममा लामिछानेले भारतको उत्तराखण्ड राज्यअन्तर्गत नैनीतालमा रहेको प्रसिद्ध कैँची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा परिवारसहित पूजाअर्चना गर्ने कार्यक्रम छ। नैनीतालस्थित कैँची धाम बाबा नीम करौलीसँग सम्बन्धित प्रसिद्ध धार्मिक स्थल हो भने कामाख्या मन्दिर हिन्दू धर्मावलम्बीको प्रमुख शक्तिपीठमध्ये एक मानिन्छ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

थोरङला पास हुँदै दुई सातामा ७७२ पर्यटक मुस्ताङमा
मुस्ताङ । लमजुङको बेँसीसहरबाट मनाङ हुँदै थोरङला पास छिचोल्दै पछिल्लो दुई सातामा ७७२ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय मुस्ताङको जोमसोमस्थित चेकपोस्टले भारी... ...

थोरङला पास हुँदै भित्रिए ७७२ पर्यटक
मुस्ताङ।लमजुङको बेंसीसहरबाट मनाङ हुँदै थोरङला पास छिचोल्दै पछिल्लो दुई सातामा ७७२ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएका छन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय मुस्ताङको जोमसोमस्थित चेकपोस्टले भारी हिमपातपछिको दुई सातामा ४३ जना सार्क राष्ट्र र ७२९ जना अन्य राष्ट्रका विदेशी पर्यटक मुस्ताङ भित्रिएको जनाएको छ। समुद्री सतहको पाँच हजार ४१६ मिटरको उचाइमा अवस्थित राउण्ड अन्नपूर्ण चक्रीय पदमार्गको थोरङला पास पिक छिचोल्दै ...

नेपालीको ज्यान असामान्य घटनामा गुम्दा मात्रै हाम्रो राज्यको संवेदना किन जाग्छ ?
प्रश्न यति मात्रै होइन । नेपालीको ज्यान असामान्य घटनामा गुम्दा मात्रै हाम्रो राज्यको संवेदना किन जाग्छ ? ...



