Friday, October 30, 2026||
MultiKhabarMultiKhabar
Home/Politics/रजाैरिया र रिजालकाे पक्राउप्रति इन्जिनियर्स एसाेसियशनकाे कडा आपत्ति

रजाैरिया र रिजालकाे पक्राउप्रति इन्जिनियर्स एसाेसियशनकाे कडा आपत्ति

Share:WhatsAppFacebookX (Twitter)Telegram
रजाैरिया र रिजालकाे पक्राउप्रति इन्जिनियर्स एसाेसियशनकाे कडा आपत्ति

काठमाडाै, कात्तिक १३ । जलस्राेत तथा सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया र सुनकोसी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाका निर्देशक कृष्णप्रसाद रिजालको गिरफ्तारीमा नेपाल इन्जिनियर्स एसोसिएसनले गम्भीर असहमति जनाएको छ। एसोसिएसनका अध्यक्ष सुवासचन्द्र बरालले प्रेस विज्ञप्ति जारी गरी रजौरिया र रिजालको गिरफ्तारीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशनमा प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएको थियो। उनीहरूले प्रधानमन्त्रीको कार्यालयमा उपस्थित गराइएको थियो। प्रधानमन्त्री कार्यालयकाे साे कामलाई लिएर इन्जिनियर्स एसोसिएसनले शुक्रबार असहमति जनाएको हो। एसोसिएसनले कुनै पनि व्यक्तिलाई नियन्त्रणमा लिँदा विधि र प्रक्रिया अवलम्बन गर्नुपर्नेमा जोड दिएको छ। ‘कानुनी शासन, विधिको प्रक्रिया तथा व्यक्तिको मौलिक हकको सम्मान गर्दै कुनै पनि व्यक्तिलाई नियन्त्रणमा लिँदा स्थापित कानुनी प्रक्रिया र आवश्यक आधारको पूर्ण पालना हुनुपर्ने एशोसिएसनको स्पष्ट धारणा छ,’ विज्ञप्तिमा भनिएको छ, ‘आधिकारिक कारण तथा कानुनी आधार सार्वजनिक नगरी गरिने गिरफ्तारीले विधिको शासन र पेशागत मर्यादामाथि नै प्रश्न उठ्ने भएकाले यसप्रति एशोसिएसन गम्भीर असहमति व्यक्त गर्दछ।’ उनीहरूलाई पक्राउ गर्नुको कानुनी आधार सार्वजनिक गर्न पनि एसोसिएसनले माग गरेको छ। यससँगै दुवै जनाको मानव अधिकार र कानुनी अधिकारको पूर्ण प्रत्याभूति गर्न पनि एसोसिएसनले आग्रह गरेको छ। ‘एसोसिएसन सम्बन्धित निकायसँग गिरफ्तारीको कानुनी आधार र कारण तत्काल सार्वजनिक गर्न तथा वहाँहरूको मानव अधिकार र कानुनी अधिकारको पूर्ण प्रत्याभूति गर्न जोडदार माग गर्दै कानून बमोजिम निष्पक्ष, पारदर्शी र विधिसम्मत अनुसन्धान प्रक्रिया अवलम्बन गर्न आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

भर्जिनियामा भेडाको अनौठो चर्तिकला, समातिएपछि मालिक खोज्दै प्रहरी
राजनीतिJust now

भर्जिनियामा भेडाको अनौठो चर्तिकला, समातिएपछि मालिक खोज्दै प्रहरी

अमेरिकाको भर्जिनिया राज्यमा एउटा भेडाले प्रहरीलाई नै हैरान बनाएको छ। आवासीय क्षेत्रमा एक्लै डुलिरहेको भेडालाई नियन्त्रणमा लिन प्रहरी परिचालन गर्नुपरेको हो। भेडा समातिए पनि त्यसको मालिक भने पत्ता लाग्न सकेको छैन। घटना बुधबार (२८ अक्टोबर) को हो। मनासस पार्कस्थित ब्लूम्स क्रसिङ समुदायको न्यान्सी स्ट्रिट आसपास एउटा भेडा खुला रूपमा डुलिरहेको सूचना पाएपछि प्रहरी घटनास्थल पुगेको थियो। तर, भेडालाई नियन्त्रणमा लिने काम प्रहरीका ...

फरकधार
जनावर हेर्न गएकाहरू नै पिंजडामा छिर्नुपर्ने एम्स्टर्डमको अनौठो संग्रहालय
राजनीतिJust now

जनावर हेर्न गएकाहरू नै पिंजडामा छिर्नुपर्ने एम्स्टर्डमको अनौठो संग्रहालय

चिडियाखाना भन्नेबित्तिकै पिंजडाभित्र थुनिएका जनावर र बाहिरबाट तिनलाई नियालिरहेका मानिसको दृश्य सम्झना आउँछ । तर नेदरल्यान्ड्सको राजधानी एम्स्टर्डममा एउटा यस्तो संग्रहालय छ, जहाँ ठीक उल्टो दृश्य देख्न पाइन्छ । यहाँ मानिसहरू पिंजडाभित्र पुग्छन् भने जनावरहरू बाहिर स्वतन्त्र देखिन्छन् । एम्स्टर्डमको ‘आर्ट जू म्युजियम’ले चिडियाखानाको परम्परागत अवधारणालाई उल्ट्याएर आगन्तुकलाई नौलो अनुभव दिइरहेको छ । यद्यपि यहाँ देखिने जनावर जीवित भने होइनन्। प्राकृतिक ...

फरकधार
अमेरिकाको क्यारोलिनामा लुगा धुने पसलमा मृगको अनौठो इन्ट्री, लुगा धुन आयो कि हंगामा मच्चाउन ?
राजनीतिJust now

अमेरिकाको क्यारोलिनामा लुगा धुने पसलमा मृगको अनौठो इन्ट्री, लुगा धुन आयो कि हंगामा मच्चाउन ?

अमेरिकाको उत्तरी क्यारोलिनामा एउटा मृगले लुगा धुने पसलमा प्रवेश गरेर भागदौड मच्चाएको छ। तीव्र गतिमा दौडिएको मृगले एक महिलालाई ठक्कर दिनुका साथै पसलको सिसाको झ्याल फुटाएर भित्र पसेपछि त्यहाँ रहेका ग्राहकहरू अत्तालिएका थिए। घटना मंगलबार (२७ अक्टोबर) विन्स्टन–सलेम सहरको साउथ मेन स्ट्रिटस्थित ‘विशी वाशी लन्ड्री’ मा भएको हो। पसलको सुरक्षा क्यामेरामा कैद भएको घटनाको भिडियो सार्वजनिक भएपछि यसले चर्चा पाएको छ। सुरक्षा ...

फरकधार
ग्वाटेमालामा बनाइयो झन्डै दुई हजार किलोको सलाद, गिनिज बुकमा विश्वरेकर्ड
राजनीतिJust now

ग्वाटेमालामा बनाइयो झन्डै दुई हजार किलोको सलाद, गिनिज बुकमा विश्वरेकर्ड

मध्य अमेरिकी देश ग्वाटेमालामा झन्डै दुई हजार किलोग्राम तौलको विशाल सलाद तयार पारेर नयाँ विश्वरेकर्ड कायम गरिएको छ। स्थानीय शेफ र स्वयंसेवकहरूको समूहले परम्परागत परिकार ‘फिएम्ब्रे’ बनाएर गिनिज वर्ल्ड रेकर्ड्समा नाम लेखाएको हो। ग्वाटेमालाको राजधानी ग्वाटेमाला सिटीमा अक्टोबर २४ मा आयोजित कार्यक्रममा तयार पारिएको सलादको तौल १ हजार ९६२ दशमलव २ किलोग्राम अर्थात् चार हजार तीन सय २५ दशमलव नौ पाउन्ड रहेको ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play