Friday, October 23, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/यो सरकारको केटाकेटीपन र अपरिपक्वताले देश चल्दैन -नेता सुदेश पराजुली

यो सरकारको केटाकेटीपन र अपरिपक्वताले देश चल्दैन -नेता सुदेश पराजुली

Share:WhatsAppFacebookX (Twitter)Telegram
यो सरकारको केटाकेटीपन र अपरिपक्वताले देश चल्दैन -नेता सुदेश पराजुली

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का युवा नेता सुदेश पराजुलीले वर्तमान सरकारको अपरिपक्वता र विवादास्पद कदमविरुद्ध आफ्नो दलले सडकबाटै सशक्त खबरदारी गर्ने चेतावनी दिएका छन् । रिपोर्टर्स क्लब नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेता पराजुलीले बालेन शाह नेतृत्वको रास्वपा नेतृत्वको सरकारले जनअधिकारको कटौती र बेवास्ता गरेको आरोप लगाएका हुन् । नेता पराजुलीले दुई छिमेकी मुलुक भारत र चीनसँगको सन्तुलित सम्बन्धमा सरकारले खलल पुर्‍याएको दावी गरे । निर्वाचनका बेला रास्वपाले गरेका बाचाहरू भाषणमै सीमित भएको उनको टिप्पणी थियो। रास्वपा सरकारको केटाकेटीपन र अपरिपक्वताले देश नचल्ने दाबी गर्दै उनले सरकारलाई आफ्ना गल्ती सुधार्न सुझाव दिए । नेकपाले सुरु गर्न लागेको जागरण अभियानमार्फत सरकारका गलत कदमहरूबारे जनताका बीचमा पुगेर खबरदारी गरिने उनको भनाइ छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

नेपालमा ३९७ हिउँचितुवा, बासस्थानमा चुनौती
ताजा खबरJust now

नेपालमा ३९७ हिउँचितुवा, बासस्थानमा चुनौती

काठमाडौं।दुलर्भ हिउँचितुवाको संरक्षणका निम्ति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित २३ अक्टोबरमा अन्तर्राष्ट्रिय हिउँ चितुवा दिवस मनाइन्छ। ‘उच्च हिमाली पारिस्थितिकीय प्रणालीको संरक्षक, हिमचितुवाको संरक्षण’ नाराका साथ यस वर्षको हिउँ चितुवा दिवस विश्वभर मनाइएको छ। नेपालसहित विश्वका १२ देशमा मात्र पाइने हिउँचितुवा स्वच्छ हिमाली पर्यावरणको सूचक मानिन्छ। हिउँचितुवा नेपाल, अफगानिस्तान, भूटान, चीन, काजकिस्तान, किर्गिस्तान, भारत, मङ्गोलिया, रसिया, पाकिस्तान, ताजकिस्तान र उज्वेकिस्तानमा पाइन्छ। कृषि, वन तथा पर्यावरण ...

नेपालन्युज
वर्षापछि अवरुद्ध बेँसीसहर-चामे सडक पुनः सञ्चालन
ताजा खबरJust now

वर्षापछि अवरुद्ध बेँसीसहर-चामे सडक पुनः सञ्चालन

मनाङ । मनाङ मस्र्याङ्दी हाइड्रोपावर कम्पनीको सहयोगमा अविरल वर्षापछि अवरुद्ध बेँसीसहर–चामे सडक पुनः सञ्चालनमा आएको छ । हाइड्रोपावर कम्पनीले आवश्यक उपकरण, जनशक्ति, इन्धन तथा अन्य सामग्री परिचालन गरी छ दिनमै सो सडक खुलाएको हो । दुर्गम हिमाली जिल्ला मनाङमा गत असोजमा चार दिनसम्म लगातार परेको भारी वर्षाका कारण सो सडकखण्डका विभिन्न स्थानमा पहिरो खस्नाका साथै बाढीले सडक कटान गरेको थियो । सडकखण्डको ...

केन्द्रबिन्दु
प्रविधि, नैतिकता र मानवीय रूपान्तरणको यात्रा(अनुभूति)
ताजा खबरJust now

प्रविधि, नैतिकता र मानवीय रूपान्तरणको यात्रा(अनुभूति)

आज म आफ्नै अन्तरात्माको कठघरामा उभिएर एउटा असहज प्रश्न गरिरहेको छु—मानिसले विकास गरेको हो कि विकासका नाममा मानिस स्वयं... ...

सिंहदरबार न्युज
हानि–नोक्सानी कोषको निर्णय कार्यान्वयनका लागि नेपालले प्रस्ताव पेस गर्ने
ताजा खबरJust now

हानि–नोक्सानी कोषको निर्णय कार्यान्वयनका लागि नेपालले प्रस्ताव पेस गर्ने

भोटेकोशी–त्रिशूली नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित समुदायको राहत, पुनर्मूल्याङ्कन, पुनःस्थापना र पुनर्निर्माणका लागि सो रकम उपयोग गरिनेछ। ...

हाम्राकुरा
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play