यू–१९ महिला विश्वकप क्रिकेट जनवरी २१ देखि, नेपालका सबै खेल घरेलु मैदानमा

काठमाडौं । यू–१९ महिला विश्वकप क्रिकेट आगामी जनवरी २१ देखि फेब्रुअरी ६ सम्म आयोजना हुने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको खेल तालिकाअनुसार प्रतियोगिता नेपाल र बंगलादेशमा सञ्चालन हुनेछ । प्रतियोगितामा १६ टोली सहभागी हुनेछन् । सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपाल, भारत, आयरल्यान्ड र वेस्ट इन्डिज छन् । समूह ‘बी’ मा दक्षिण अफ्रिका, न्युजिल्यान्ड र समोआ रहेका छन् । त्यस्तै, समूह ‘सी’ मा अस्ट्रेलिया, बंगलादेश, नाइजेरिया र यूएई छन् भने समूह ‘डी’ मा इंग्ल्यान्ड, श्रीलंका, अमेरिका र स्कटल्यान्ड छन् । सहआयोजक नेपालले समूह चरणका आफ्ना सबै खेल घरेलु मैदानमा खेल्नेछ । नेपालले जनवरी २२ मा आयरल्यान्ड, जनवरी २४ मा भारत र जनवरी २६ मा वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्नेछ । नेपालका तीनवटै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने तालिका छ । प्रतियोगिताअन्तर्गत नेपालमा १५ खेल सञ्चालन हुनेछन् । ती खेल त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा आयोजना हुनेछन् । बाँकी २६ खेल बंगलादेशमा खेलाइनेछ । समूह चरणपछि प्रतियोगिता सुपर सिक्स चरणमा प्रवेश गर्नेछ । प्रत्येक समूहबाट तीन–तीन टोली सुपर सिक्समा पुग्नेछन् । सुपर सिक्समा छनोट भएका टोलीलाई दुई समूहमा विभाजन गरिनेछ । दुवै समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । प्रतियोगिताका सेमिफाइनल खेल फेब्रुअरी ४ मा बंगलादेशको वीर श्रेष्ठ सहिद फ्लाइट लेफ्टिनेन्ट मतिउर रहमान क्रिकेट रंगशालामा हुनेछन् । प्रतियोगिताको फाइनल खेल फेब्रुअरी ६ मा बंगलादेशमै आयोजना हुनेछ । The post यू–१९ महिला विश्वकप क्रिकेट जनवरी २१ देखि, नेपालका सबै खेल घरेलु मैदानमा appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

नाइजेरियामा इबोलाको पहिलो सङ्क्रमण
काठमाडाैँ। अफ्रिकामा फैलिएको इबोला प्रकोप नाइजेरियासम्म पुगेको छ । युगान्डाबाट आएकी एक महिलामा सङ्क्रमण पुष्टि भएको छ भने केन्यामा सङ्क्रमितको सङ्ख्या नौ पुगेको छ । नाइजेरियाका स्वास्थ्यमन्त्री मुहम्मद अली पाटेका अनुसार,... ...

‘सडकहरू खाली भएर के भयो त ? मनहरू यसैगरी भरिइरहुन्, टीका र जमराको रङ्ग कहिल्यै नखुइलियोस्’ (फोटो फिचर)
काठमाडौं । बडादशैँको मुख्य दिन विजयादशमीमा मान्यजनबाट रातो टीका, पहेँलो जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम सुरु भएसँगै काठमाडौं उपत्यकाका सडकमा सर्वसाधारणको चहलपहल बढेको छ। घटस्थापनादेखि सुनसानप्रायः बनेका राजधानीका मुख्य सडक तथा चोकमा टीका र आशीर्वाद थाप्न आफन्तकहाँ जानेहरूको आवागमन दिउँसोदेखि बाक्लिएको हो। विजयादशमीका दिन बिहान घरघरमा कुलदेवताको पूजाआराधना गरी टीका लगाएपछि सर्वसाधारण नजिकका नातागोता तथा आफन्तकहाँ पुग्ने गरेका छन्। यसले बिहानको ...

क्यासिनोबाट पाँच जना पक्राउ
पर्सा।क्यासिनोभित्र नेपाली प्रवेश गराई जुवा खेल्ने–खेलाउने कार्यमा संलग्न पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। वीरगञ्ज महानगरपालिका–१४ गण्डकस्थित गोल्डेन फिङ्गर गेमिङ जोन प्रालिमा नेपाली प्रवेश गराई जुवा खेलाइरहेको भन्ने सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए। बारा जिल्ला पचरौता नगरपालिका–४ का रामचन्द्र साह, प्रसौनी गाउँपालिका–३ का अच्छेलाल प्रसाद, प्रसौनी गाउँपालिका–१ का सुवासकुमार र परवानीपुर ...

बाढीले खोस्यो दशैंको टीका, बेपत्ता आफन्तको पर्खाइमा खाली निधार
• बर्दियाको गेरुवा गाउँपालिका–५ सुखारका परिवारहरू यस वर्षको दशैंमा खुसी मनाउन सकेका छैनन्, किनभने भोटेकोशी नदीमा आएको बाढीले आफन्त बेपत्ता बनाएको छ। • बाढीले प्रभावित परिवारका सदस्यहरू दशैंको टीका र आशीर्वादको परम्परामा भाग लिन असमर्थ छन्, जसले गर्दा उनीहरूको मनमा शोक र पीडा छ। • बर्दियामा ७६ जना बेपत्ता भएका छन्, र ती परिवारहरू आफन्तको पर्खाइमा छन्, जसले गर्दा चाडपर्वको ...


