काठमाडौं। एसिया कप राइजिङ स्टार्समा संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै नेपालका कप्तान सन्दीप लामिछाने प्लेयर अफ द म्याच घोषित भएका छन्। कतारको दोहामा आइतबार सम्पन्न खेलमा नेपालले यूएईलाई ६ विकेटले पराजित गरेको छ। सन्दीपले आफ्नो १० ओभरको बलिङ स्पेलमा ३ मेडन ओभर राख्दै मात्र ११ रन खर्चेर ३ विकेट लिएका थिए। उनको किफायती १.१० इकोनोमीले यूएईको ब्याटिङ लाइनअपलाई दबाबमा राखेको थियो। उनले हरप्रीत सिंह, आफताब आलम र इथान डिसुजालाई आउट गरेका थिए। सन्दीपको बलिङले यूएईलाई ठूलो योगफल बनाउनबाट रोक्न महत्त्वपूर्ण भूमिका खेलेको थियो। हरप्रीत सिंहले ३२, आफताब आलमले ४ र इथान डिसुजाले ६ रन बनाएका थिए। सन्दीपले विकेट लिनुका साथै विपक्षी ब्याटरहरूलाई रन बनाउनबाट पनि रोकेका थिए। नेपालको जितमा सन्दीपको बलिङका साथै कुशल भुर्तेलको अर्धशतक पनि निर्णायक रह्यो। भुर्तेलले ५७ रनको योगदान दिएका थिए।
यूएईविरुद्ध सन्दीप लामिछाने बने प्लेयर अफ द म्याच

Read Complete Original Article
Published originally on नेपालन्युज






